Successfully Copied

हेरिटेज पेजेन्टस परिन्दा र परिसा

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टसका लागि ग्रिन आर्ट मिडियाले पुल्चोक स्थित भिभान्त होटलमा परिन्दा श्रेष्ठ मिसेस हेरिटेज इन्टरनेसल र परिसा रानाभाटले मिस हेरिटेज इन्टरनेसल २०२० को क्राउन लगाइदिएका थिए ।

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टसका लागि ग्रिन आर्ट मिडियाले पुल्चोक स्थित भिभान्त होटलमा परिन्दा श्रेष्ठ मिसेस हेरिटेज इन्टरनेसल र परिसा रानाभाटले मिस हेरिटेज इन्टरनेसल २०२० को क्राउन लगाइदिएका थिए । हेरिटेज पेजेन्ट २०२० मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुँदैछ ।

सो कार्यक्रममा नेपाल लगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरुको प्रतियोगितामा सहभागीता रहनेछ । प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गर्दै आएको हो ।

नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्रफी रहने प्रतियोगीता आयोजनाको उदेश्य विश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लानेट प्रा।लिका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ बाट सुरु भएको हो । पहिलो संस्करण नेपालमा आयोजना भएको प्रतियोगिता भारतको नयाादिल्ली, श्रीलंकामा, सिंगापुर हुादै अहिले मलेसियामा आयोजना हुन लागेको हो ।

 

 Image