Successfully Copied

प्रसूतिगृहमा अनलाइन टिकट प्रणाली सुरु 

थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा अनलाइन टिकट प्रणाली सुरु भएको छ । यो प्रणाली सुरु भएसँगै बिरामीले आफूले चाहेको समयमा स्वास्थ्य जाँच गराउन घरबाटै टिकट काट्न सक्नेछन् ।

थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा अनलाइन टिकट प्रणाली सुरु भएको छ । यो प्रणाली सुरु भएसँगै बिरामीले आफूले चाहेको समयमा स्वास्थ्य जाँच गराउन घरबाटै टिकट काट्न सक्नेछन् ।

प्रसूतिगृहले आइतबारदेखि अनलाइन टिकट प्रणाली सुरु गरेसँगै घण्टौंसम्म लाइन बसेर टिकट काट्नुपर्ने वाध्यताको अन्त्य भएको छ । भीड व्यवस्थापन गर्न र बिरामीको सहजताका लागि अनलाइन टिकट प्रणाली सुरु गरिएको अस्पतालका निर्देशक प्राद्यापक डाक्टर जागेश्वर गौतमले बताए । 

अनलाइनबाट टिकट काट्नका लागि बिरामीले गुगलको प्ले स्टोरबाट प्रभु पे एप डाउनलोड गर्नुपर्छ । उक्त एपभित्र हस्पिटल अप्सन हुन्छ । हस्पिटलभित्र अनलाइन टिकट प्रणाली लागू गरिएका विभिन्न अस्पतालको सूची आउँछ । जसमा बिरामीले प्रसूतिगृहमा क्लिक गरी एपले निर्देश गरेअनुसार फर्म भर्नुपर्ने हुन्छ । दैनिक ६ देखि ७ सय जना बिरामी उपचारका लागि प्रसूतिगृह पुग्छन् । 

यसअघि सिभिल, सहिद गंगालाल अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले अनलाइन टिकट प्रणाली सुरु गरिसकेको छ । 

 Image