Successfully Copied

लोकप्रिय कक्टेल

भोड्का ६० एमएल, कोकोनट सिरप १० एमएल, ब्लु क्युकारो १० एमएल, लाइमजुस १५ एमएल, पाइनएप्पल जुस ३० एमएल, मार्टिनी, कलर ब्लु, गार्निस पाइनएप्पल विथ चेरी तथा आवश्यक ग्लास ।

कोको फुज

सामग्री : भोड्का ६० एमएल, कोकोनट सिरप १० एमएल, ब्लु क्युकारो १० एमएल, लाइमजुस १५ एमएल, पाइनएप्पल जुस ३० एमएल, मार्टिनी, कलर ब्लु, गार्निस पाइनएप्पल विथ चेरी तथा आवश्यक ग्लास ।

विधि : सबैलाई एकसाथ मिसाएर सेक गरी ग्लासमा राख्ने अनि गार्निस गरेर सर्भ गर्ने । 

पेन किलर 

सामग्री : डार्क रम ४५ एमएल, कोकोनट क्रिम ३० एमएल, भुइँकटरको जुुस ३० एमएल, सुन्तलाको जुस ३० एमएल, एगेस्टुरा बिटर ।

विधि : सबैलाई एकसाथ मिसाएर सेक गरी ग्लासमा राख्ने अनि गार्निस गरेर सर्भ गर्ने ।

मोहितो

सामग्री : भोड्का, सुगर सिरप, पुदिनाको पात, पाँचवटा कागती ।

विधि: पुदिनाका पातलाई हत्केलामा राखेर अर्को हातले हिर्काउने । यसो गर्दा पुदिनाको वासना सबैतिर फैलिन्छ । त्यसलाई खाली गिलासमा हाल्ने, ४ देखि ६ पिस कागती हाल्ने । पुदिना र कागतीलाई “मडल” गर्ने, त्यसपछि ६० मिलिलिटर भोड्का हाली सुगर सिरप वा चिनी हाल्ने । त्यसपछि आफ्नो इच्छानुसार आइस हाल्ने ।

फिडेल क्यास्ट्रो

सामग्री : ६० मिलिलिटर डार्क खुकुरी रम, जिन्जर एली, कागतीको रस ।

विधि : ६० मिलिलिटर खुकुरी रम एउटा गिलासमा हाल्ने, त्यसपछि १५ मिलिलिटर कागतीको रस हाल्ने, इच्छानुसार आइस क्युब राख्ने, जिन्जर एले हालेर राम्रोसँग चलाएपछि फिडेल क्यास्ट्रो तयार हुन्छ । 

टिरामिसु

सामग्री : बकार्डी ह्वाइट रम ४० एमएल, कहलुआ ३० एमएल, एक्सप्रेसो ३० एमएल, फ्रेस क्रिम ६० एमएल, कोका पाउडर थोरै, तासिएको चकलेट थोरै, चकलेट सिरप १५ एमएल ।

विधि : सेकरमा बकार्डी ह्वाइट रम, कहलुवा, एक्सप्रेसो, फ्रेस क्रिम तथा चकलेट सिरप हाल्ने र बेस्सरी हल्लाउने । केही बेर हल्लाएपछि तासिएको चकलेट पोतिएको ककटेल गिलास वा मार्टिनीमा ककटेल खन्याएर सर्व गर्ने । यो ककटेल गुलियो हुन्छ । 

 Image