Successfully Copied

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’ सार्वजनिक 

लेखक दुर्गा कार्कीको पहिलो किताब ‘कुमारी प्रश्नहरू’ शुक्रबार सार्वजनिक भयो । नेपालय प्रकाशनद्वारा प्रकाशित आरशालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल तथा लेखकले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

लेखक दुर्गा कार्कीको पहिलो किताब ‘कुमारी प्रश्नहरू’ शुक्रबार सार्वजनिक भयो । नेपालय प्रकाशनद्वारा प्रकाशित आरशालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल तथा लेखकले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफू उत्साहित भएको बताइन् । 

कार्यक्रममा पत्रकार अमित ढकालले कथाकार दुर्गाको लेखनीमा विशेष शैली भएको कुरा बताए ।

पुस्तक लेख्दा धेरै मान्छेका भावना महसुस गर्ने मौका पाएको कथाकार दुर्गाले बताइन् । यसैगरी पात्रका भावना मार्फत् समाजका विविध पक्षलाई केलाउने मौका पाएको पनि उनले बताइन् ।

दुर्गाका अनुसार उनलाई आख्यान तथा गैर आख्यान दुवै विधामा रुचि छ । कार्यक्रमको अन्त्यमा नेपालयकी सम्पादक भूषिता वशिष्ठले प्रकाशित पुस्तकका बारेमा लेखकसँग अन्तरसंवाद गरेकी थिइन् । 

 Image