Successfully Copied

मिस नेपाल २०२० को घोषणा

पछिल्लो २५ वर्षदेखि सौन्दर्य प्रतियोगताको आयोजना गर्दै आइरहेको संस्था ‘दी हिडन ट्रेजर’ले मिस नेपाल २०२० को घोषणा गरेको छ । काठमाडौंमा सोमबार अघिल्लो वर्षका ५ अन्र्तराष्ट्रिय टाइटल विजेताहरूको उपस्थितिमा आगामी वर्षका लागि आवेदन खुला भएको घोषणा गरेको हो । 

जसमा मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ २०१९ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल २०१९ मीरा कक्षपति र मिस नेपाल सुपरनेसनल २०१९ रोज राणा उपस्थित थिए । 

तर मिस नेपाल २०२० मा यी ५ अन्र्तराष्ट्रिय टाइटलमध्ये एक ‘मिस युनिभर्स २०२०’ नहुने भएको छ । अर्थात योपटकको मिस नेपालमा मात्रै ४ अन्र्तराष्ट्रिय टाइटलहरू हुने छन् । जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस सुपरनेसनल र मिस इन्टरनेसनल रहनेछन् ।

मिस नेपाल २०२० को घोषणा गर्दै आयोजक टिमले केही दिनअघि मात्रै मिस युनिभर्सका आयोजक संस्थाले इमेलमार्फत योपटकको ‘दी हिडन ट्रेजर’को लाइसेन्स नवीकरण नगर्ने जानकारी पठाएको बताए । 

नेपालले मिस युनिभर्समा सहभागिता जनाएको गत वर्षसहित ३ वर्ष मात्र भएको छ । मिस युनिभर्समा सहभागिता जनाउन प्रत्येक देशले हरेक वर्ष लाइसेन्स नवीकरण गरिरहनुपर्छ । पहिलो मिस नेपाल युनिभर्स २०१७ नग्मा श्रेष्ठ, दोस्रो (२०१८) मनिता देवकोटा र (२०१९) प्रदीप्ता अधिकारी बनेकी थिइन् ।

 Image