Successfully Copied

मधुमेह र आँखा 

अहिले विश्वभरि नै २० देखि ७४ वर्षका मानिसमा डाइबेटिक रेटिनोपेथी अन्धोपनको प्रमुख कारण रहेको तथ्यांकले प्रमाणित भइसकेको छ । नेपालमा मधुमेहका बिरामीमध्ये १९ देखि ४७ प्रतिशतमा डाइबेटिक रेटिनोपेथी भएको देखिएको छ ।

मधुमेहले शरीरका विभिन्न अंग तथा आँखामा समेत असर पार्छ । मधुमेहले आँखाको भित्री नसामा पनि असर पार्छ । यसलाई ‘डाइबेटिक रेटिनोपेथी’ भनिन्छ । 

अहिले विश्वभरि नै २० देखि ७४ वर्षका मानिसमा डाइबेटिक रेटिनोपेथी अन्धोपनको प्रमुख कारण रहेको तथ्यांकले प्रमाणित भइसकेको छ । नेपालमा मधुमेहका बिरामीमध्ये १९ देखि ४७ प्रतिशतमा डाइबेटिक रेटिनोपेथी भएको देखिएको छ । नेपालमा मधुमेह एक प्रमुख स्वास्थ्य समस्या रहेको र हाल अनुमानित १० लाख मानिस यसबाट प्रभावित भएको पाइन्छ । 

मधुमेहले खासगरी शरीरका विभिन्न रक्तनलीमा असर पार्ने गर्छ । डाइबेटिक रेटिनोपेथीको असर बढ्न थालेपछि रेटिनाको रक्तनलीमा रक्तश्राव हुने, रेटिना सुन्निने र नयाँ हानिकारक रक्तनलीको विकास भई आँखाभित्र अधिक रक्तश्राव हुने गर्छ । यस्तो अवस्थामा उपचार नभएमा रेटिना पूर्ण रूपमा नष्ट भई आँखा अन्धो हुने सम्भावना समेत रहन्छ । डाइबेटिक रेटिनोपेथीले आँखाको रेटिनामा धेरै असर गरिसकेपछि उपचारपश्चात् पनि पहिलेको अवस्थामा फर्काउन सकिँदैन । मधुमेह भएको समय बित्दै जाँदा डाइबेटिक रेटिनोपेथीको जोखिम पनि बढ्दै जान्छ । 

मधुमेह नियन्त्रणमा नहुनेहरू, उच्च रक्तचाप भएकाहरू तथा रगतमा खराब चिल्लोको मात्रा बढी हुनेहरूलाई डाइबेटिक रेटिनोपेथीले छिट्टै असर पार्छ । त्यसैले मधुमेहका बिरामीले अन्धोपनबाट बच्नका लागि निम्न उपाय अपनाउनुपर्छ

    नियमित व्यायाम गर्नुपर्छ, तौल नियन्त्रणमा राख्नुपर्छ ।

    स्वास्थ्यवद्र्धक खाना खानुपर्छ । मद्यपान तथा धूम्रपान गर्नु हुँदैन । 

    प्रत्येक वर्ष नियमित रूपमा आँखा परीक्षण गराउनुपर्छ । 

    रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ । उच्च रक्तचाप तथा रगतमा चिल्लो मात्रा नियन्त्रणमा राख्नुपर्छ । 

    मधुमेह भएका महिलाले गर्भवती हुनुअघि आँखा परीक्षण गराउनुपर्छ । 

    मधुमेहमा रक्तअल्पता भएका बिरामीले समयमै आँखा उपचार गराउनुपर्छ । मधुमेहका बिरामीले नियमित आँखा परीक्षण र उपचार नगरेमा डाइबेटिक रेटिनोपेथी भई दृष्टिविहीन बनाइदिन सक्छ, तर नियमित आँखा परीक्षण गराउनाले ९५ प्रतिशत अन्धोपन हुनबाट बच्न सकिन्छ । 

 Image