Successfully Copied

कान्समा उत्रेकी  फेसन डिजाइनर

मिसु श्रेष्ठले मिलान फेसन क्याम्पसबाट फेसन डिजाइनिङ कोर्स पूरा गरिन् । उनी मुख्यत: गाउनमा नेपाली टच मिसाई डिजाइन गर्छिन् । मिसुका अनुसार अहिले नेपालीहरू पनि वेस्टर्न पहिरनप्रति उत्तिकै आकर्षित छन् । त्यसैले उनले मिलानमा गाउनसम्बन्धी स्पेशल कोर्स पनि गरिन् । 

फेसन डिजाइनर मिसु श्रेष्ठले नेपालमा थुप्रै फेसन शो गरे पनि उनी चर्चामा आउन चाहँदिनन् । उनले तयार पारेका पहिरन नेपालका मिस नेपाललगायतका चर्चित मोडल र नायिकाहरूले प्रयोग गर्छन् । गत वर्ष उनले तयार पारेका दुई दर्जन डिजाइन कान्स–२०१८ फेसन शोमा अन्तर्राष्ट्रिय मोडलहरूले र्‍याम्पमा प्रस्तुत गरेका थिए, जसमा मिस वल्र्ड–२०१७, मिस युरोप तथा मिस क्यानडा पनि थिए । त्यहाँ मोडल अञ्जली लामा नेपालका तर्फबाट सहभागी थिइन् । यस पटक पनि मिसु श्रेष्ठले डिजाइन गरेका पहिरन कान्समा सहभागी केही सेलिब्रेटीले लगाएका थिए । 

सानैदेखि कलाप्रति रुचि राख्ने मिसु बुवाको कार्पेट फ्याक्ट्रीका लागि डिजाइन पनि गर्थिन् । हरेक विधामा 

आफ्नोपनको आवश्यकता मान्ने उनी सधैं फरक देखिन चाहन्थिन् । पढाइमा अब्बल उनी व्यस्ततामा रमाउँछिन् । विवाहपछि उनको पुरानो इच्छा फेसन डिजाइनिङलाई सार्थक बनाउन मिलानमा पढ्न गइन् । पढाइ र कामका लागि उमेरले छेक्दैन भन्ने सोचको उपज नै हो । उनी विवाहपछि फेसन डिजाइनिङ पढ्न विदेश गइन् । नेपालमा पनि फेसन डिजाइनिङका क्लासहरू हुने भए पनि मिसु फेसनको सागर मानिने मिलानमै पढेर अन्तर्राष्ट्रिय फेसन ट्रेनलाई पछ्याउन चाहन्थिन् । 

त्यसैले उनले मिलान फेसन क्याम्पसबाट फेसन डिजाइनिङ कोर्स पूरा गरिन् । उनी मुख्यत: गाउनमा नेपाली टच मिसाई डिजाइन गर्छिन् । मिसुका अनुसार अहिले नेपालीहरू पनि वेस्टर्न पहिरनप्रति उत्तिकै आकर्षित छन् । त्यसैले उनले मिलानमा गाउनसम्बन्धी स्पेशल कोर्स पनि गरिन् । 

नेपाली महिलाहरूले लगाउने गाउनमा कुनै एंगलबाट नेपाली टच हुनुपर्ने उनको सोचाइ थियो । त्यसैले उनले नेपाली ढाका डिजाइनमा पोते, धागो आदिको पार्ट इम्ब्रोडरी गरी चोली गाउनको कन्सेप्ट डिजाइन गर्छिन् । साथै फेब्रिकमा पनि उनी सम्झौता गर्दिनन् । उनले प्रयोग गर्ने फेब्रिकहरू अर्गानिक र स्वास्थ्यलाई हानी नगर्ने प्रकृतिका छन् । सिल्कमा पनि अरग्यान्जा सिल्क नै प्रयोग गर्छिन् । 

गाउन 

पछिल्लो समय लाइट कलर्स, लाइट वेट तथा लाइट वर्कलाई महत्व दिइएको पाइन्छ । गाउन कुनै पनि विशेष अवसरमा लगाउन सकिन्छ तर यसको छनोट गर्दा आफ्नो बडी टाइपमा ध्यान पुर्‍याउनुपर्छ । त्यसो त गाउन हरेक प्रकारको बडीमा खुल्छ तर बडी टाइप पियर सेप्ड छ भने फेब्रिकमा साटनलाई छोड्नुपर्ने हुन्छ । त्यसको साटो यस्तो फेब्रिक छनोट गर्नुपर्छ, जसले बडी टाइपमा थोरै भोल्युम बढाओस् । त्यसका लागि टिस्युबाट निर्मित गाउन उपयुक्त विकल्प हुनसक्छ ।

वेडिङ गाउन

र–सिल्क तथा सिल्कबाट बनेको वेडिङ गाउन उपयुक्त हुन्छ । जसमा थ्रेड वर्क, सितारा, पोते आदिको काम बढी होस् । अहिले वेस्टसम्मको फिटेड र निदेखि माथि लगाइने लेयर गाउन ट्रेन्डमा छ ।

इभनिङ गाउन

इभनिङ गाउन छनोट गर्दा आफ्नो लुकलाई कम्प्लिमेन्ट दिने खालको रंगको छनोट गर्नुपर्छ । गोल्डेन, मरुन तथा चकलेट ब्राउन कलर इभनिङ गाउनका लागि उपयुक्त हुन्छ ।

 

 Image