Successfully Copied

एप्स फर  पेरेन्टस

प्रविधिले हरेक कुरा सजिलो बनाइदिएको छ । प्रविधिकै कारण सिक्ने–सिकाउने नियम पनि परिवर्तन भएको छ । चाहे मोबाइल बैंकिङ होस् वा कुकिङ अथवा पेरेन्टिङ स्टाइल, डिजिटल दुनियाँमा हरेक काम सहज र सम्भव छ । 


मम्स म्याप 
जुन बालबालिकाका आमा आफ्ना बालबालिका टेलिभिजन, कम्प्युटर र ट्याबबाट टाढै रहून् भन्ने चाहन्छन् उनीहरूका लागि यो एप्स राम्रो अप्सन हुनसक्छ । यो एप्स डाउनलोड गरी आफ्नो आसपासको बालमैत्री स्थान, पार्क, प्लेग्राउन्ड, रेस्टुराँ, म्युजियम आदि इन्डोर प्ले स्टेसन सर्च गर्न सकिन्छ । यो एप्स आमा र शिशु दुवैका लागि राम्रो एप्स हो जसमा दुवैजनाले आफ्नो रुचिअनुरूपको स्थान छनोट गर्दै त्यसको आनन्द उठाउन सक्छन् । यो एप्सको सहायताले आमाहरूले आफ्ना बालबालिकाको रुचिअनुकूलको स्थान छनोट गर्न सक्छन् । यसले व्यस्त आमाको समय बचत गर्न सघाउँछ ।

स्मार्ट स्पार्क
बालबालिका स्कुल जान मान्दैनन् वा यही कुरामा झगडा गरिरहन्छन् अथवा आमाबाबुको स्नेह पाइरहने रुचिमा जटिल परिस्थिति खडा गर्छन् भने अभिभावकसँग उनीहरूलाई स्मार्ट बनाउनुको विकल्प रहँदैन । स्मार्ट स्पार्क अभिभावकहरूका लागि एउटा लाभदायक एप्स हो जसले आफ्ना बालबालिकालाई राम्रोसँग बुझ्न तथा उनीहरूको क्षमता मापन गर्न सहयोग पुर्‍याउँछ । यसमार्फत अभिभावक–शिक्षक, ट्युसन टिचर, कोच, परिवारका सदस्यका साथै अन्य मानिसहरूसँग समेत कुराकानी गर्न सकिन्छ । यो एप्स ७ देखि १३ वर्षसम्मका बालबालिकाका लागि अत्यन्त उपयोगी छ । स्मार्ट स्पार्कले बालबालिकाको स्मरणशक्ति तथा आत्मविश्वास बढाउँछ ।

पम्पिक कन्ट्रोल प्यानल मोबाइल एप
परिवारका सदस्य एवं बालबालिकाबीचको दूरी थाहा पाउन यो एप अत्यन्तै उपयोगी छ । जुन अभिभावक आफ्ना बालबालिकाका लागि हरेक क्षण चिन्तित रहन्छन् उनीहरूका लागि यो एप वरदान साबित हुनसक्छ । यो एपले तिमी कहाँ छौ ? भनेर सोध्ने काम गर्छ । त्यसपछि अभिभावकले आफ्ना सन्तान कुन लोकेसनमा छन् प्रस्ट देख्न सक्छन् । यसकै सहयोगमा अभिभावकले आफ्ना बालबालिकासँग सूचना आदान–प्रदान गर्न सक्छन् भने उनीहरूका लागि स्पेशल नोटिफिकेसन समेत सेट गर्न सक्छन् ।
 
मामाबियर फेमिली सेफ्टी एप

बालबालिकामाथि नजर राख्नुका साथै उनीहरू सुरक्षित रहन सक्ने वातावरण सिर्जना गरिदिनु अभिभावकहरूको कर्तव्य हो । मामाबियर फेमिली सेफ्टी एपले यसलाई सहज बनाइदिएको छ । यो साधारण र समय बचत गर्ने खालको एप हो । यो एपद्वारा अभिभावकहरू आफ्ना बालबालिकालाई आफू र परिवारका अन्य सदस्यका साथ जोडिरहन सफल हुन्छन् । परिवारका हरेक सदस्यले बालबालिकालाई म्यासेज पठाइरहन र उनीहरूबाट पनि जानकारी प्राप्त गरिरहन सक्छन् । यो एपद्वारा अभिभावकले आफ्ना बालबालिकाको सोसल मिडिया एकाउन्ट, लोकेसन मात्र नभई उनीहरूले हाँकिरहेको गाडीको गति समेत मनिटर गर्न सक्छन् ।

पीबीएस पेरेन्ट्स प्ले एन्ड लर्न एप
बालबालिकाको शैक्षिक कार्यक्रमसँग सम्बन्धित यो एप विशेष तरिकाले अभिभावकहरूका लागि बनाइएको छ । यो एपमा थुप्रै खेल छन् जसलाई अभिभावक तथा सन्तान दुवै मिलेर खेल्न सक्छन् । यसमा थिम बेस्ड इन्टरएक्टिभ गेम्सहरू छन् जसलाई अभिभावक आफैले बालबालिकाको क्षमता एवं स्तरअनुरूप एडजस्ट गर्न सक्छन् । यो एपमा यस्ता साधारण कृयाकलाप हुन्छन् जो दैनिक अनुभवमा काम लाग्ने खालका हुन्छन् भने शैक्षिक सीप वृद्धि गर्ने किसिमका मेथड पनि यो एपमा उपलब्ध छन् ।

 बेस्ट अफ पेरेन्टिङ एप
बालबालिकालाई हँसाउनु, खुसी तुल्याउनु तथा उनीहरूलाई नियन्त्रणमा लिनु कुनै अनुभवी अभिभावकका लागि समेत सानो चुनौती होइन । उनीहरूलाई गाली गर्नु वा पिट्नुको साटो बेस्ट अफ पेरेन्टिङ एपको शैक्षिक प्रक्रिया (एजुकेसनल प्रोसेस) द्वारा सजिलै नियन्त्रणमा राख्न सकिन्छ । यो एप यसरी डिजाइन गरिएको छ जसमा अभिभावकहरूले बालबालिकाबाट आइलाग्ने चुनौती सहजै सामना गर्न सक्छन् । जस्तो कि–असहयोगी बालबालिका, अटेरी, उल्टो जवाफ दिने, खाना नखाने बालबालिका, भाइबहिनीबीचको प्रतिस्र्पधा, विद्यालयसँग सम्बन्धित समस्या आदि हल गर्ने सरल उपाय यो एपमा उपलब्ध छन् यसको प्रयोग गरी आफ्नो पारिवारिक जीवन उल्लासमय बनाउन सकिन्छ ।
 

 Image