Successfully Copied

सन्देशमूलक फेसन शो

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पारेर पोखरामा फरकखालको फेसन शो आयोजना भएको छ । आइतबार आपांगता भएका बालबालिकालाई उत्प्रेरित गर्ने उद्देश्यले शोको आयोजना गरिएको आयोजकले जनाएको छ । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पारेर पोखरामा फरकखालको फेसन शो आयोजना भएको छ । आइतबार आपांगता भएका बालबालिकालाई उत्प्रेरित गर्ने उद्देश्यले शोको आयोजना गरिएको आयोजकले जनाएको छ । 

‘वाल्क टुगेदर, वर्क टुगेदर, लेट्स मुभ टुगेदर’ भन्ने थिममा कार्यक्रम आयोजना गरिएको फेसन शोमा सपांग बालबालिकाको पनि सहभागिता थियो । सहभागीहरू फरक–फरक चारवटा सिक्वेन्समार्फत दर्शकमाझ प्रस्तुत भएका थिए । अपांगता भएकाको सिक्वेन्समा १६ जना र बेबी मोडलको सिक्वेन्समा ९ जनाले र्‍याम्प वाल्क गरे भने गाउन सिक्वेन्समा १० जनाले क्याटवाल्क गर्दै दर्शकमाझ प्रस्तुत भए ।

अन्तिम सिक्वेन्स महिला सशक्तीकरण थिममा थियो । जसमा विभिन्न ६ वटा गुप्रमा मोडलले क्याटवाल्क गरेका थिए । उनीहरूलाई कोरियोग्राफरहरूले सघाएका थिए । शोको थप आकर्षणमा अपांगता भएका सुजल बम र अन्जना गुरुङको नृत्य तथा हिता गुरुङको गीत प्रस्तुति थियो । आईएफसी कलेज अफ आर्ट एन्ड फेसनले शोको आयोजना गरेको थियो ।

 

 Image