Successfully Copied

रोमान्टिक डे लुक्स

मुहारलाई हाइड्रेटिङ क्रिम क्लिन्जरबाट सफा गरेपछि हाइड्रेटिङ टोनर लगाउनुपर्छ । त्यसपछि एपीएफ १५ युक्त मोइस्चर रिप्लेनिसिन क्रिम लगाउनुपर्छ ।

 

रेड हट लुक

    ओयल कन्ट्रोल जेल क्लिन्जरबाट मुहार सफा गरेपछि एसपीएफ १५ युक्त मेटिफाइड लोसन (मोस्चराइजर) लगाउनुपर्छ ।

    त्यसपछि एपीएफ १५ युक्त ओयल कन्ट्रोलिङ फाउन्डेसनलाई माथिदेखि तलको दिशामा मुहारमा प्रयोग गर्नुपर्छ र राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । त्यसपछि मिडियम टोनयुक्त क्रिम कन्सिलर लगाउनुपर्छ । एकसार गर्नुपर्छ । बेसलाई सेट गर्न लाइट मिडियम टोनयुक्त प्रेस्ट पाउडर प्रयोग गर्नुपर्छ ।

    आँखालाई आकर्षक बनाउन पाउडर आइस्याडो ट्रायो प्यालेटबाट सिएना सेड आइल्यासेजमा लगाउनुपर्छ । एउटा सफा ब्रसबाट अतिरिक्त स्याडो झार्नुपर्छ । इन्केवल आइलाइनर ओनिक्सबाट माथिल्लो ल्यासेजमा पातलो रेखा खिच्नुपर्छ । ल्यासेजलाई ठूलो र बाक्लो बनाउन भोल्युम बिल्डिङ मस्काराको दुई कोट प्रयोग गर्न सकिन्छ ।

    मरुन सेडयुुक्त लिपलाइनरबाट ओठलाई सही आकार प्रदान गर्नुपर्छ । रेड हट लिपिस्टिकबाट ओठलाई भर्नुपर्छ ।

    गालालाई उभार्न प्लम रोज सेडको पाउडर ब्लस लगाई राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । 

न्युट्रल लुक

मुहारलाई हाइड्रेटिङ क्रिम क्लिन्जरबाट सफा गरेपछि हाइड्रेटिङ टोनर लगाउनुपर्छ । त्यसपछि एपीएफ १५ युक्त मोइस्चर रिप्लेनिसिन क्रिम लगाउनुपर्छ ।

    त्यसपछि एपीएफ १५ युक्त मोस्चराइजिङ फाउन्डेसन प्रयोग गर्नुपर्छ । मिडियम टोनयुक्त क्रिम कन्सिलरबाट बेसलाई सेट गर्नुपर्छ । त्यसपछि लाइट मिडियम टोनयुक्त प्रेस्ड पाउडर लगाउनुपर्छ ।

    आइल्यासेजमा पाउडर आइस्याडो ट्रायोको सिएना सेड लगाउनुपर्छ । कफी कलरयुक्त इन्केवल आइलाइनरबाट माथिल्लो आइल्यासेजमा पातलो रेखा खिच्नुपर्छ ।

    भोल्युम बिल्डिङ मस्कारा लगाउनुपर्छ । त्यसपछि अटोमेटिक लिपलाइनर न्युट्रल सेड्सबाट ओठलाई सही आकार दिनुपर्छ । जिन्जर सेडयुक्त लिपिस्टिकबाट ओठलाई भर्नुपर्छ । 

    गालामा पाउडर ब्लस ब्रन्ज प्रयोग गर्नुपर्छ ।

अर्दी लुक

    यो यस्तो लुक हो जसमा व्यक्ति प्रोफेसनल, ड्रामेटिक हुँदाहुँदै पनि सोबर देखिन्छ र सबैको नजर आफूमाथि नै अडिन्छ । त्यसका लागि सबैभन्दा पहिले बेलेन्सिङ क्लिन्जिङ जेलबाट आफ्नो मुहार सफा गर्नुपर्छ । त्यसपछि टोनर प्रयोग गरी एसपीएफ १५ युक्त ओयल कन्ट्रोलिङ फाउन्डेसन माथिबाट तलपट्टिको दिशामा ब्लेन्ड गर्दै प्रयोग गर्नुपर्छ ।

    त्यसपछि मिडियम टोनयुक्त क्रिम कन्सिलर लगाई राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । त्यसपछि लाइट मिडिया टोनयुक्त प्रेस्ड पाउडर प्रयोग गर्नुपर्छ ।

    आँखालाई आकर्षक बनाउन सिएना कलरको पाउडर आइस्याडो आइल्यासेजमा प्रयोग गर्नुपर्छ । इन्केवल आइलाइनरको पातलो लाइन बनाउनुपर्छ । आइल्यासेजलाई सुन्दर बनाउन हाइ डिफेनिसन मस्काराको दुई कोट लगाउनुपर्छ ।

    अब कफी सेडयुक्त लिपलाइनरबाट ओठलाई आकर्षक आकार दिनुपर्छ । त्यसपछि सिन्नमन सेडयुक्त लिपिस्टिक प्रयोग गर्नुपर्छ ।

    टेराकोटा पाउडर ब्लसलाई गालाको उभारयुक्त ठाउँमा तलबाट माथितर्फ र बाहिरपट्टि फैलाउँदै लगाउनुपर्छ ।

ड्रामेटिक लुक

    मुहार सफा गरेपछि एसपीएफ १५ युक्त ओयल मोस्चराइजिङ फाउन्डेसन लगाई राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । त्यसपछि मिडियम टोनयुक्त क्रिम कन्सिलर लगाउनुपर्छ । त्यसमाथि लाइट मिडियम प्रेस्ड पाउडर प्रयोग गर्नुपर्छ ।

  आँखालाई सुन्दर बनाउन आइल्यासेजमा आइस्याडो ट्रायो स्प्लेन्डा लगाउनुपर्छ । इन्केवल आइलाइनर ओनिक्सबाट पातलो रेखा खिच्नुपर्छ ।

  न्युट लिपलाइनरबाट ओठलाई आकार प्रदान गर्नुपर्छ । त्यसपछि अल्टनसाइन लिप ग्लस लगाउनुपर्छ ।

    गालामा पाउडर ब्लस ब्रन्ज प्रयोग गर्नुपर्छ ।

 

 Image