Successfully Copied

मिस नेपालको धरान अडिसनमा ६ युवती

मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । प्रतियोगीतको लागि भनेर १२ जना युवती अडिसनमा आएपनि ६ युवती उचाइ कम भएका कारण फर्किएका थिए । अडिसनमा भाग लिनका लागि ५.४ इन्च उंचाई हुनु पर्ने नियम छ । 

मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । प्रतियोगीताको लागि भनेर १२ जना युवती अडिसनमा आएपनि ६ युवती उचाइ कम भएका कारण फर्किएका थिए । अडिसनमा भाग लिनका लागि ५.४ इन्च उंचाई हुनु पर्ने नियम छ । 

धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित मिस नेपाल २०२० को धरान अडिसनमा धरान, इटहरी तथा मोरङका युवतीहरुले सहभागीता जनाएका थिए । मिस नेपाल २०१७ निकिता चाडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत सो अडिसनमा निर्णयकका रुपमा उपस्थित भएका थिए । 

आगामी चैत्र १५ गते काठमाडौंको होटल अन्नपूर्णमा अन्तिम अडिसन हुने छ । अन्तिम अडिसनका लागि २५ युवतीले प्रतिस्पर्धा गर्ने छन् । हिडन ट्रेजरले आयोजना गर्दै आएको प्रतियोगीतामा रचना गुरुङ शर्माको कोरियोग्राफी रहनेछ छ । उनलाई सह–कोरियोग्राफरको रुपमा प्रियारानी लामाले साथ दिने छिन् । 

 

 Image