Successfully Copied

चिनियाँ राजदूत होउ यान्छीको कोरोनाविरुद्धको पहल 

चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड १९)को उपचार र परीक्षणका लागि चीनबाट आवश्यक  सामग्री नेपाल ल्याउने बताएकी छन् ।

चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड १९)को उपचार र परीक्षणका लागि चीनबाट आवश्यक  सामग्री नेपाल ल्याउने बताएकी छन् । सोमबार साँझ ट्वीट गर्दै यान्छीले भनेकी छिन्, ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीलाई सहयोग पु¥याउन चिकित्सा सामग्री मिलाउँदै छौं । हामी नेपाल र नेपालीको साथमा  छौं ।’

नेपाल आउनुअघि होउ चिनियाँ विदेश मन्त्रालयअन्तर्गत एसिया मामिला विभागको उपमहानिर्देशक थिइन् । उनीसँग दक्षिण एशिया मामिलामा विशेषज्ञता छ । होउ त्यतिबेला बेला नेपाल आइपुगिन् जतिबेला दुई देशले बेल्ट र रोड इनिसिएटिभको रूपरेखाअन्तर्गत अर्थतन्त्र, राजनीति, संस्कृति, पर्यटन, कनेक्टिभिटी र जनताबीचको सम्पर्कको क्षेत्रमा द्विपक्षीय सहयोग गाढा गर्ने कामलाई अगाडि बढाउँदै थिए । सोही बेला चिनियाँ पक्षले नेपालको विदेश मन्त्रालयलाई कूटनीतिक च्यानलमार्फत होउलाई नयाँ राजदूत नियुक्त गर्ने निर्णयको बारेमा जानकारी दिएका थिए । 

भूमण्डलीकरणको युगमा मानवजाति उहीं ग्लोबल गाउँमा बसोबास गरिरहेको बताउँदै होउले विश्वभरिका सबै व्यक्तिको साझा भाग्यको समुदायको रूपमा देखा परिरहेका बेला नोबल कोरोना भाइरस (कोभिड १९)को अचानक प्रकोपको सामना विश्वले गर्नुपर्दा, प्रत्येक मानिस सकारात्मक दिशामा झन् झन् अगाडि बढ्दै गइरहेको वक्तव्य दिएकी थिइन् । ‘दुर्भाग्यशस यो महामारी संसारभरि धेरै ठाउँमा फैलिएको र फैलिरहने क्रमले हामीलाई फेरि चेतावनी दिइएकाले संक्रामक रोगहरू, मौसम परिवर्तन, वित्तीय संकट लगायतका गैरपरम्परागत सुरक्षा खतराहरूसँग अन्तर्राष्ट्रिय सीमा नभएकाले कुनै पनि देश प्रतिरोधात्मक रहन सक्दैन’ भन्ने उनको भनाईलाई दूतावासको साइट राखिएको छ ।

राष्ट्रपति शी जिनपिङको ‘मानवजाति साझा भविष्यको साथ एक समुदाय हो । सबैलाई जोखिममा पार्ने रोगमाथि विजय हासिल गर्न एकता र सहयोग नै सबैभन्दा शक्तिशाली हतियार हो’ भन्ने भनाईअनुरुप अहिले चिनियाँ राजदूत होउले नेपालका लागि बलियो कदम चालेको दूतावासको विज्ञप्तीमा उल्लेख छ । 

कोरोना भाइरसको उपचार र परीक्षणका लागि चाहिने सामग्रीको लिस्ट चिकित्सकसँग सल्लाह गरेर पठाइसकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । 

होउ यांकी

– जन्मः १९७० मा गणतन्त्र चीनको शान्सी प्रान्तमा 

– शिक्षाः मास्टर अफ आर्ट्स ।

– सेवाः सन् १९९६ देखि १९९८ सम्म स्टाफ सदस्य र जनगणतन्त्र चीनको परराष्ट्र मन्त्रालयको एशिया मामिला विभागमा । 

– सन् १९९८ देखि २००१ सम्म अटैचे र पाकिस्तानमा चिनियाँ दूतावासको तेस्रो सेक्रेटरी ।

– सन् २००१ देखि २००७ सम्म तेस्रो सचिव, विदेश मन्त्रालयको एशिया मामिला विभागका उप–निर्देशक ।

– सन् २००७ देखि २००९ सम्म लस एन्जलसमा वाणिज्य दूतावासको कन्सुलर ।

– सन् २००९ देखि २०१२ सम्म  पहिलो सचिव र विदेश मन्त्रालयको एशिया मामिला विभागकी निर्देशक ।

– सन् २०१२ देखि २०१३ सम्म विदेश मामिला मन्त्रालयको बाह्य सुरक्षा मामिला विभागको निर्देशक ।

– सन् २०१३ देखि २०१५ सम्म विदेश मन्त्रालयको विदेश मामिलाको एशिया मामिला विभागका सल्लाहकार ।

– सन् २०१५ देखि २०१८ सम्म विदेश मामिला मन्त्रालयका एशिया मामिला विभागका उप महानिर्देशक ।

– सन् २०१८ देखि हालसम्म नेपालका लागि जनवादी गणतन्त्र चीनको राजदूत ।

 Image