Successfully Copied

केही  मन्टेश्वरी स्कुल

डिजिटल पाठ्यक्रममा पेन र किताब आफैं बोल्छन्, उनी भन्छन्, ‘त्यसैले यो बढी प्रभावकारी र रमाइलो हुन्छ ।’ यहाँ नेपाली कला, संस्कृतिको जगेर्ना हुने गरी पाठ्यक्रम विकास गरिएको छ ।

 

मन्टेश्वरी किन्डर वल्र्ड

नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरअन्तर्गत सन् २००२मा स्थापना भएको मन्टेश्वरी किन्डर वल्र्डमा करिब हजार बालबालिकाले सिकिरहेका छन् । यसका हरेक शाखा पार्किङ, खेल मैदान तथा विभिन्न प्लेस्टेसनयुक्त छन् । सबै शाखामा बालबालिकाहरूलाई मनपर्ने रंग तथा चित्रहरू कुँदिएका छन् । मारिया मन्टेश्वरीको फिलोसोफीमा आधारित यहाँको शिक्षा पद्धतिले बालबालिकाहरूलाई आत्मनिर्भर बनाउनुका साथै स्वनिर्णय गर्ने क्षमताको विकास गराउँछ । यहाँ नेपाली संस्कारलाई आदर गर्दै सबै विद्यार्थीलाई मन्टेश्वरी विधिबाट सिकाइन्छ । यहाँको पाठ्यक्रमले बालबालिकाहरूलाई खेलका साथमा सिक्ने बानीको विकास गराउँछ । यहाँको पद्धति हरेक वर्ष आवश्यकताअनुसार परिमार्जित गर्दै लगिन्छ । यो स्कुलले बालबालिकाहरूलाई स्वस्थ तथा सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । 

बचपन स्कुल 

भारतीय ब्रान्डको प्रि–स्कुल ‘बचपन’ यसै वर्षदेखि नेपालमा सुरुवात भएको हो। बचपनका निर्देशक मधुसूदन पाठक (सीतेबा)का अनुसार यहाँ डिजिटल प्रविधिको प्रयोग गरी बालबालिकालाई सिकाइन्छ । ‘डिजिटल पाठ्यक्रममा पेन र किताब आफैं बोल्छन्’ उनी भन्छन्, ‘त्यसैले यो बढी प्रभावकारी र रमाइलो हुन्छ ।’ यहाँ नेपाली कला, संस्कृतिको जगेर्ना हुने गरी पाठ्यक्रम विकास गरिएको छ । अहिले यहाँ प्ले गु्रप, नर्सरी, एलकेजी र युकेजी गरी चार वटा कक्षा सञ्चालन भइरहेका छन् । बचपनमा पुस्तकमा भएका जति पनि चित्र तथा अक्षरहरू प्रविधिको माध्यमद्वारा स्मार्ट एलइडीको डिस्प्लेमा आवाजसहित प्रसारण हुन्छ र यसैको माध्यमद्वारा बालबालिकाले हाँस्दै–खेल्दै धेरै कुरा सिकिरहेका हुन्छन् । 

मिल्सबेरी स्कुल 

मिल्सबेरी मन्टेश्वरी विद्यालयको क्षेत्रमा स्थापित नेपाली ब्राण्ड हो । काठमाडौंमा मात्रै ५ वटा शाखा रहेको मिल्सबेरी स्कुलले दशक नाघिसक्दा आफ्नो फरक पहिचान र विश्वसनीयता कायम गर्न सफल भएको मिल्सबेरीका संस्थापक प्रिन्सिपल मोना दाहालको भनाई छ । मिल्सबेरीका प्रबन्ध निर्देशक सुशील दाहाल भन्छन्– ‘गुणस्तरमा सम्झौता नगरी असल मानव उत्पादन गर्नु नै मिल्सबेरीको पहिलो सर्त हो, त्यसका अलावा बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक क्षमता वृद्धि र प्रस्फुटनका लागि मन्टेश्वरीले मात्रै नपुग्ने हुँदा एकीकृत पद्धति (इन्टिग्रेटेड मेथड्स) समेत अबलम्बन गरिएको छ ।’

बाँसबारीस्थित मिल्सबेरी स्कुलमा सुविधा सम्पन्न फराकिलो प्ले ग्राउन्ड, ४ सय ५० सिट क्षमताको थियटर–अडिटोरियम हल, स्ट्यानबाइ डाक्टर–नर्ससहितको क्लिनिक, हाइजेनिक भान्सालगायतका सुविधा उपलब्ध छन् ।

युरो किड्स

युरो किड्स भारतकै राम्रा प्रि–स्कुल ब्रान्डमध्ये एक हो । एक दशकअघि नेपालमा शाखा सञ्चालन भएको युरो किड्समा खेलकुदका माध्यमबाट बालबालिकालाई सिर्जनशील, कल्पनाशील एवं विवेकशील बनाउने गरी सिकाइन्छ । युरोकिड्सका विश्वभरि १ हजारभन्दा बढी शाखा फैलिएका छन् ।स्कुलका हरेक पक्षलाई बालमैत्री बनाउनु, व्यावहारिक तथा प्रयोगात्मक ज्ञान युरो किड्सको विशेषता हो ।बालबालिकाहरूको मनोभाव बुझेर व्यवहार गर्नु युरो किड्सको अर्को विशेषता हो । यसको पाठ्यक्रमले बालबालिकाहरूलाई चुनौतीसँग जुध्न तथा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ । 

एन्जल मन्टेश्वरी

एक दशकअघि स्थापना भएको एन्जल मन्टेश्वरीमा १८ महिनादेखि ६ वर्षसम्मका नानीबाबुले सिक्छन् । घरेलु वातावरणमा सिकाई हुने यो मन्टेश्वरीमा जीवन जिउने कला पनि सिकाइन्छ । ४ रोपनी क्षेफलमा फैलिएको एन्जल मन्टेश्वरीमा पर्याप्त खेलमैदान र बगैंचा निर्माण गरिएको छ । यहाँको पाठ्यक्रम दक्ष शिक्षकको सहयोगमा तयार पारिएको छ । 

टोड्लर्स इन्टरनेसनल प्रि–स्कुल

२०६८ सालमा स्थापना भएको टोड्लर्स इन्टरनेसनल प्रि–स्कुल, बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई ध्यानमा राख्दै अघि बढिरहेको छ ।स्कुलकी एकेडेमिक निर्देशक रञ्जना कायस्थका अनुसार यहाँ हरेक दिन बालबालिकालाई पृथक् किसिमका रमाइला गतिविधिमा संलग्न गराउँदै माया तथा अपनत्वको भावना विकास गराइन्छ । ‘टोड्लर्स इन्टरनेसनल प्रि–स्कुल बालबालिकाको जग बलियो बनाउने कुरामा सधैं कटिबद्ध छ’, टोड्लर्सका प्रिन्सिपल सुवास लामा भन्छन्– ‘हामी सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञानलाई बढी प्राथमिकता दिन्छौं ।

सेमरक शिक्षालय

२०७० सालदेखि नेपालमा सञ्चालनमा आएको सेमरक प्रि–स्कुल भारतीय सेमरक शिक्षालयको शाखा हो । भारतको पहिलो यो प्रि–स्कुलका काठमाडौं उपत्यकाभित्र ७ वटा शाखा छन् । यहाँ १८ महिनादेखि ६ वर्षसम्मका बालबालिकाको भर्ना लिइन्छ । 

सिटी मन्टेश्वरी

६ वर्षअघि सञ्चालनमा आएको अनामनगरस्थित सिटी मन्टेश्वरीमा चीनबाट ल्याइएको कोर्सअनुसार बालबालिकालाई सिकाइन्छ । यहाँ बालबालिकाको विकासका लागि जीवनशैली, सँस्कार र सभ्यता सिकाइन्छ । त्यस्तै २ वर्षदेखि ६ वर्षसम्मका बालबालिकालाई बोल्ने–सोच्ने तथा विकल्पको खोजी गर्ने अभ्यास गराइन्छ । सिटी मन्टेश्वरीमा वृक्षरोपण, बगैंचामा पानी हाल्ने, फलफूल टिप्ने, तरकारी काट्ने, पकाउनेदेखि सबै कुराको ज्ञान र सीप सिकाइन्छ ।

बेस्ट मन्टेश्वरी

सन् २००५ मा स्थापना भएको बेस्ट मन्टेश्वरीको कुलेश्वर, बत्तीसपुतली, धुम्बाराही, सिन्चाहिटी, लाजिम्पाट, सामाखुसीलगायत ठाउँमा शाखा छन् । जहाँ मारिया मन्टेश्वरी प्रणालीअनुरूप सिकाई हुन्छ । बेस्ट मन्टेश्वरीका सबै शाखा शान्त, रमाइला एवं हरियालीयुक्त छन् । यसको आफ्नै मन्टेश्वरी तालिम केन्द्र छ । यहाँ हरेक विद्यार्थीको भावना बुझेर अध्यापन गराइने संस्थापक प्रिन्सिपल पवित्र लिम्बू बताउँछिन् । 

 Image