Successfully Copied

मेरो रोजाइ  ब्यागी पहिरन 

मिस युनिभर्स नेपाल– २०१८ की विजेता हुन्–मनिता देवकोटा । गोरखामा जन्मी–हुर्किएकी मनिताले अमेरिकाको इस्ट क्यारोलिना युनिभर्सिटीबाट पब्लिक हेल्थमा डिग्री हासिल गरेकी छन् । उनी महिला अधिकार, प्रजनन अधिकार, बालबालिकाको शिक्षा र महिनावारी स्वास्थ्यका क्षेत्रमा काम गर्न रुचाउँछिन् ।

मिस युनिभर्स नेपाल– २०१८ की विजेता हुन्–मनिता देवकोटा । गोरखामा जन्मी–हुर्किएकी मनिताले अमेरिकाको इस्ट क्यारोलिना युनिभर्सिटीबाट पब्लिक हेल्थमा डिग्री हासिल गरेकी छन् । उनी महिला अधिकार, प्रजनन अधिकार, बालबालिकाको शिक्षा र महिनावारी स्वास्थ्यका क्षेत्रमा काम गर्न रुचाउँछिन् । देवकोटा फेसनप्रति पनि उत्तिकै सचेत छिन् । उनी सेलिब्रेटी भएपछि फेसनप्रति सजग हुनुपर्ने बताउँछिन् ।

पहिरन 

म धेरैजसो ब्यागी पहिरन लगाउँछु । यस्तो पहिरनले सहज बनाउँछ । जिन्स पनि लगाउँछु । मलाई मन पर्ने रंग पिंक, सेतो र मरुन हुन् । यी रंगका पहिरनको राम्रो कलेक्सन छ । मलाई परम्परागत पहिरन पनि लगाउन मन पर्छ । त्यसैले साडी, कुर्था पनि लगाउँछु । पार्टी वेयरमा साडी, लेहेंगा मेरा रोजाइका पहिरन हुन् । 

 

मेकअप 

मेकअप समय र इभेन्टअनुसार गर्छु । दैनिक मेकअपमा चाहिँ मोइस्चराजर क्रिम, सनक्रिम फाउन्डेसन, मस्कारा लगाउँछु । कुनै इभेन्टमा जानुपर्‍यो भने केही हेभी मेकअप हुन सक्छ । 

हेयर स्टाइल 

हेयर स्टाइलले मानिसको लुक्समा फरकपन ल्याउँछ । म प्राय: केशलाई खुल्ला छोड्छु । केश खुल्ला छोड्दा आफूलाई सुहाएको महसुस हुन्छ । केशको स्याहारमा भने मेरो खासै ध्यान जाँदैन । कहिलेकाहीँ ओएल मसाज र ट्रिटमेन्ट भने गर्छु । 

एसेसरिज

एसेसरिजमा घडी लगाउँछु । मलाई टप मन पर्छ । 

फुटवेयर 

म क्लोज सुज, स्पोर्ट सुज बढी लगाउँछु । पार्टीमा जाँदा भने हिल पनि लगाउँछु ।

 Image