संक्रमणका बेला कस्तो पहिरन लगाउने ?

नारी संवाददाता

चैत्र १६, २०७६

पहिरन छान्दा या लगाउँदा समय, अवस्था र मौसमलाई ख्याल गर्न जरुरी छ । अहिलेको संक्रमणकालीन अवस्थामा पनि पहिरन लगाउँदा धेरै कुरामा ख्याल पुर्याउनु पर्छ ।

पहिरन शरीरको स्वास्थ्यसँग जोडिने कुरा पनि विर्सनु हुँदैन । सरुवा रोग फैलिएका बेला शरीरका हरेक भाग ढाकिने पहिरन लगाउनु उत्तम हुन्छ । अहिले गर्मी मौसम भएपनि पूरा शरीर ढाकिने कपडा लगाउँदा संक्रमणबाट बँच्न सहयोग पुग्छ । अहिले हल्का भेल्भेट तथा ब्लेजर, सुती, पाताला उलन, भांग, अल्लो, अंगुरा लगायतका फेब्रिक प्रयोग गर्नु राम्रो हुन्छ । 

(डिजाइनर तथा फेशन स्टायलिस्ट तृष्णा गुरुङसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>