Successfully Copied

लकडाउनमा शारिरिक र मानसिक स्वास्थ कसरी राम्रो बनाउने

घर भित्र र बाहिरको दोहोरो जिम्मेवारिले गर्दा महिलाहरुले आफ्नो स्याहारमा खासै ध्यानदिने समय नहुने गरेको देखिन्छ । म को हु ? मेरो दायित्व के हो ? र मेरो पहिचान कस्तो बनाउने भन्ने कुरामै अन्योल सृजना हुने गरेको छ । जसको कारणले बिभिन्न शारिरिक,

साधना थापा (एक्सप्रेसिभ आर्ट थेरापिष्ट)

यो महामारी हाम्रो सोच तथा कल्पना भन्दा बाहिर को अवस्था हो । यस्तो बिसम परिस्थिती बाट बाँच्न र बचाउन नेपाल सरकारले पटक पटक गरी १४ दिनको लकडाउन घोषणा गरेको छ । यसको पुर्ण पालना गर्नु हामी सबैको साझा कर्तब्य हो । यो अवस्था आफैमा चुनौतिपूर्ण त छदैछ तर यसलाई अबसर को रुपमा पनि सदुपायोग गर्न सकिन्छ । समयको परिवर्तनसंगसंगै आजका महिलाहरु पुरुष सरह नै प्रतिस्पर्धी र आर्थीक रुपमा आत्मनिर्भर हुँदै गएका छन् ।

यस्तो आवस्थामा महिलहरु दोहोरो मारमा परेको देखिन्छ । घर भित्र र बाहिरको दोहोरो जिम्मेवारिले गर्दा महिलाहरुले आफ्नो स्याहारमा खासै ध्यानदिने समय नहुने गरेको देखिन्छ । म को हु ? मेरो दायित्व के हो ? र मेरो पहिचान कस्तो बनाउने भन्ने कुरामै अन्योल सृजना हुने गरेको छ । जसको कारणले बिभिन्न शारिरिक, मानसिक तथा भाबनात्मक समस्याहरु देखिने गरेको पाइन्छ ।

कतिपय अवस्थामा आफ्नो पारिवारीक समबन्धपनि फितलो हुँदै गएको देखिन्छ । यो लकडाउनको समय आफ्नो शारिरिक र मानसिक स्वास्थको स्याहार तथा पारिवारीक र भावनात्मक सम्बन्ध सुधारको अवसरको रुपमा लिन सकिन्छ । एउटा सन्तुलित दैनिकीको सुरुवात तथा अभ्याश गर्ने उपयुक्त समय बनाउन सकिन्छ । यसकालागी उपयुक्त दैनिक योजना बनाउनु जरुरी हुन्छ ।

जस्तै बिहानको समय शारिरिक ब्यायाम, योग, ध्यान तथा साधनाको लागि उपयुक्त हुन्छ भने दिउँसोको समय आफ्नो परीवारसँग बसेर नयाँनयाँ परिकारहरु बनाउने, घर तथा बगैंचाको सजावट, अध्ययन र सुस्याहारका लागी छुट्याउन सकिन्छ । त्यसैगरी साँझको समय साधारण ब्यायाम, मनोरन्जन तथा सृजनात्मक काममा बिताउन सकिन्छ । यसकासाथै आफ्नो बालबालिकाहरुको अध्ययन बानि ब्यबहार र सृजनात्मक सिकाइको लागी समय दिन सकिन्छ ।

अन्य समय आफ्नो रुची अनुसार गीत संगीत साहित्यिक लेख रचनाका लागि छुट्याउन सकिन्छ । यो समय परिवारका सबै सदस्यहरु सगै रहने हुनाले आपसी असमजदारीहरुलाई हटाउने आपसी सद्भाव बढाउने उपयुक्त समयको रुपमापनि उपयोग गर्न सकिन्छ । सन्तुलित जिवनको मुख्य आधार भनेको नै आफ्नो मनसिक तथा शारीरिक स्वास्थ्य भयको हुंदाँ यसको उचित हेरचाह हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । यसको सुरुवातकोलागि अहिलेको यो लकडाउन (खाली समय) को समय उपयुक्त हुन्छ ।

 Image