Successfully Copied

यसरी बचाउनुस्, कोरोना त्रासबाट बालबालिकालाई

विभिन्न फरक खालको वा विशेष परिस्थिति भएका बालबालिकाहरु जस्तैः बहु अपंगाता, अटिज्म, डाउन सिन्ड्रोमका अभिभावकहरुको लागि यो अवस्था एकदमै कठिन हुन्छ । यस्ता अभिभावकहरुले संयम हुने बाहेक अर्को विकल्प नभएकोले अझ बढी संयमित हुनु आवश्यक हुन्छ । 


कोरोना भाइरसको प्रकोपले विद्यालय छुट्टी छ । पूरै देश लकडाउन गरिएको छ । बच्चाहरु घरमा कैद भएका छन् । उनीहरु आफ्ना साथीहरुसँग बाहिर खेल्न जान पाएका छैनन् । एकातिर उनीहरु बन्द घरमा कैदी भएका छन् भने अर्कोतिर उनीहरु कोरानाको त्रासले एकप्रकारको मानसिक तनावबाट गुज्रिरहेका छन् । 

धेरै साना बच्चा त आफ्नै अभिभावकसँग बस्छन् र भनेको पनि मान्छन् तर अलि बुझ्ने भइसकेका बच्चालाई  एकोहोरो घरमा बस्न गाह्रो हुन्छ । उनीहरुसँग समय कटाउन टिभी, ल्यापटप, मोबाइलबाहेक केही हुन्न, जसले उनीहरुमा झन् नकारात्मक प्रभाव पार्छ । बच्चाहरुले आफ्ना साथीहरुसँग खेल्ने मौका पाएका हुँदैनन् । उनीहरु घरमा बिहानदेखि बेलुकासम्म लगातार बसिरहनु पर्ने हुन्छ । उनीहरु भित्रै बसिरहँदा उनीहरु तनावमा हुन्छन् । 

यो संक्रमणकालीन अवस्थामा अभिभावकलाई आफ्ना बालबालिकालाई कसरी संयमित राख्ने र उनीहरुको लागि कस्तो प्रकारको व्यवहार गर्ने भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ । अझ घरको मुलीनै महिला भएकोले यो अवस्थामा अझै महिलाहरु थप संयमित हुनु पर्ने अवस्था छ । प्रत्येक बालबालिकाको आनीबानी र स्वाभाव फरक–फरक हुने भएकोले अभिभावकले उनीहरुलाई एउटै तरिकाले बुझाउन नसक्ने अवस्था पनि छ । 

तर यस परिस्थितिमा कतिपय व्यस्त अभिभावकको लागि आफ्ना बच्चाप्रति प्रशस्त समय खर्चने मौका पनि हो । यस्तो बेला बेला बालिकाप्रति गर्नुपर्ने व्यवहार यस्तो छ :

–    आफ्ना बच्चाको उमेर अनुसार कोरोना भाइरसको बारेमा पूर्ण जानकारी दिनु उपयुक्त हुन्छ । अधुरो, अपूरो र गलत सूचना नदिनु नै राम्रो हुन्छ । 

–    कोरोना महामारीको बारेमा स्पष्ट रुपमा बच्चाहरुसँग कुरा गर्नुपर्छ । पूरा जानकारीको अभावमा पनि उनीहरुमा तनाव बढेको हुनसक्छ । 

–    अभिभावकले आफ्ना बच्चाको निराशा बुझ्ने कोसिस गर्नुपर्छ । उनीहरुको भावना बुझेर हरेक कुराको निर्णय दिनुपर्छ । अनावश्यक दबाब दिनु हुँदैन ।

–    बच्चाहरुलाई तनावबाट बचाउन उनीहरुको सुत्ने प्याट्रन एकै समयमा बनाइदिनुपर्छ । एकै समयमा सुत्ने, उठ्ने गर्दा शरीरको सिस्टम ठिक रहन्छ र अनावश्यक तनाव बढ्दैन् । 

–    बालबालिकाको दैनिक योजना बनाइदिँदा अझ उपयुक्त हुन्छ । त्यसैले गर्दा बालबालिकामा इन्टरनेटको लत बस्ने मौका मिल्दैन ।

–    बालबालिका कोरोना भाइरससँग एकदमै डर वात्रासमा बसेका छन् किभनेर त्यसको बारेमा सोध्न सकिन्छ । यसले गर्दा बालबालिकाको डरको अवस्थामा पनगर्न सकिन्छ । 

–    घरमा हुने दैनिक काममा बालबालिकालाई लिन सकिन्छ । जसले गर्दा उनीहरुलाई व्यवहारिक बनाउन मद्दत पुग्छ । 

–    अभिभावकले कथा भनिदिने र उनीहरुको पनि कुरा सुनिदिने गर्नुपर्छ ।
–    बालबालिकाले गर्ने व्यक्तिगत सरसफाई, सामजिक दूरी, पौष्टिक खानेकुराको बारेमा पर्याप्त मात्रामा जानकारी दिनुपर्छ ।

–    विभिन्न अफ्ठ्यारो परिस्थितिलाई जितेका रमाइलो र सकारात्मक सन्देश प्रवाहगर्ने कथाहरु भन्न सकिन्छ । 

–    बच्चालाई बाहिरका मानिसहरुसँग बचाउनुपर्छ । जसले संक्रमित भएका मानिसहरुबाट बचाउँछ ।

–    कोरोना भाइरस र  लकडाउनको डर, तनाव र चिन्ता बच्चामा नथोपार्ने । बच्चामा कुनै पनि प्रकारको तनाव दिनबाट बच्ने ।

–    यस्तो समयमा टाढा रहेको आफन्तसँग भिडियो कलमा बच्चालाई कुरा गराउन सकिन्छ । 

–    बच्चालाई सीपविकास हुने खालको काम सिकाउन सकिन्छ । बच्चालाई इनडोर गेम खेलाउन सकिन्छ । कथा पढेर सुनाउन सकिन्छ, उनीहरुको पुरानो तस्बिर वापारीवारिक तस्बिर देखाउन सकिन्छ । 

–    बच्चालाई तनावबाट बचाउन योग अभ्यास, ध्यान प्राणयाम गराउन सकिन्छ । 

–    विभिन्न फरक खालको वा विशेष परिस्थिति भएका बालबालिकाहरु जस्तैः बहु अपंगाता, अटिज्म, डाउन सिन्ड्रोमका अभिभावकहरुको लागि यो अवस्था एकदमै कठिन हुन्छ । यस्ता अभिभावकहरुले संयम हुने बाहेक अर्को विकल्प नभएकोले अझ बढी संयमित हुनु आवश्यक हुन्छ । 

–    सामजिक सञ्जाल फेसबुक आदिको सूचना भन्दा आधिकारिक सूचनाको बारेमा अभिभावक तयार भइरहनुपर्छ । अनावश्यक समाचारबाट टाढै राख्नुपर्छ । हल्लाको पछि नलाग्नु नै बेस हुन्छ । यसले थप तनाव बढाउँछ । 
(नारीका लागि सुजाता मुखियाले पारिवारिक परामर्शदाता रमा कार्कीसँग गरेको कुराकानीमा आधरित)

 Image