Successfully Copied

महामारीको फाईदा उठाउंदै अनलाईनमा बाल दुव्र्यवहार 

अहिले स्कूलहरू बन्द भएपछि धेरै बालबालिकाहरू इन्टरनेटमा रमाइरहेका छन् । बालबालिकाहरु इन्टरनेटमा धेरै आइरहेको देखेर अनलाइन अपराधीहरू फाइदा लिने दाउमा रहेका छन् ।

कुमुद भट्ट छतकुली, प्रारम्भिक बालशिक्षा बिशेषज्ञ 
अनलाइनमा बाल दुव्र्यवहार गर्नेहरूले संसारभर कोरोना भाइरस महामारीमा मौकाको फाईदा लिन खोजिरहेको रिपोर्ट गत साता बिबिसी वल्र्ड सर्भिसले प्रसारण गरेको थियो । यसमा अन्तर्राष्ट्रिय कानून प्रवर्तन एजेन्सी युरोपाले चेतावनी समेत दिएको थियो । यसमा बाल दुव्र्यवहार सामग्री खोज्नेहरूले अनलाइन गतिविधि बढाउने संकेत गरेको थियो । 

अहिले स्कूलहरू बन्द भएपछि धेरै बालबालिकाहरू इन्टरनेटमा रमाइरहेका छन् । बालबालिकाहरु इन्टरनेटमा धेरै आइरहेको देखेर अनलाइन अपराधीहरू फाइदा लिने दाउमा रहेका छन् । उनीहरु बालबालिकाको विभिन्न अनलाइन फोरमहरुमा आएर बाल दुव्र्यवहार गर्ने दाउमा रहेका छन् । उनीहरु बालबालिकालाई प्रलोभनमा पार्ने, अभिभावकले कम ध्यान दिइरहेको मौकाको फाइदा उठाउने जस्ता दाउमा रहेका छन् । जसको कारण अहिले बालबालिकालाई अनलाइनको क्षेत्रवाट हुने दुव्र्यवहारवाट जोगाउनु पर्ने अर्को जोखिम देखिएको छ ।

अहिले लकडाउनको समयमा धेरै अभिभावकहरुले घरबाटै अफिसको काम गरेको कारण आफ्ना बच्चाहरुलाई मोवाइल वा ट्याव दिएर अल्मल्याउँछन् । अभिभावकको यो कार्यले बालबालिका प्रति अभिभावकको कम निगरानी हुन्छ । यस्तै वेला अनलाईन अपराधीले फाइदा उठाउन सक्छन् । 

दुव्र्यवहारका रुप
अनलाइनमा हुने बाल अपराधमा यौन शोषण, यौनजन्य क्रियाकलाप देखी लिएर यौन दुव्यवहार हुने गरेको छ । यसका लागि अपराधिहरुले बालबलिकालाई यौन उद्देश्यका लागि जबरजस्ती गर्ने, ब्ल्याकमेल गर्ने सम्मका काम समेत गर्छन् । प्रविधिको क्षेत्रमा भएको प्रगतिको फाइदा उठाउदैं अपराधिहरु आफ्नो ठेगानालाई परिवर्तन गरिरहेका हुन्छन् । उनीहरु बालबालिकाहरूसँग सम्पर्क बनाउन, अश्लिल तस्विरहरू पठाउन समेत हिच्किचाउदैनन् । 

यसको असर
अहिले हामी डिजिटल संसारमा बाँच्ने अभ्यासमा रहेका छौं । बाल यौन शोषणका प्रभावहरुका बारेमा अनलाइनमै पढेर मात्र केही थाहा पाएका छौं । वाथ  र बर्मिघंम विश्वविद्यालयले १९ बर्ष मुनिका समूहसंग अन्तर्वार्ता गरेर गरेको शोध अनुसार अनलाईनका अपराधिहरुले शब्द, तस्विर, कार्टुन र भिडियो क्लिप बच्चाहरुलाई पठाउने गरेको पाईयो । यसरी आएको समाग्रीहरु उनीहरु पटक पटक देहोर्याएर हेर्ने र एकान्तवास मन पराउने गरेको देखियो । यस्तो किसिमको स्वभावले बालबालिकामा  चिडचिडे पन बढाउने र केहीमा डिप्रेसन समेत भएको देखिएको थियो । 

पर्यवेक्षण आवश्यक
स्कूलका धेरै बच्चाहरू अहिले घरमै सिमित भएको कारण अभिभावकहरुले नै आफ्ना बालबालिका अनलाइनमा के गरिरहेका छन् भनेर निगरानी राख्नु पर्ने भएको छ । उनीहरुलाई अनलाइन गेम, मोबाइल र ल्यापटपमा भन्दा व्यवहारिक तथा सृजनशिल काममा व्यस्त राख्नुपर्ने देखिएको छ । 
( लक्ष्मी भण्डारीसंग गरेको कुराकानीमा आधारित )
 

 Image