Successfully Copied

लकडाउनको सदुपयोग, पुरानो एल्बम पल्टाउने कि 

आफ्ना बालबच्चालाई विगतको कथा सुनाउनुहोस् । फोटोको माध्यामबाट उनीहरुले सचित्र तपाईंको बिगतबारे जान्ने मौका पाउनेछन् । विगतमा आफु कुन अवस्थामा थिएँ र के कस्ता संघर्ष गरेर अघि बढे भन्ने कुरा सुनाउनुहोस् । यसका लागि पुराना फोटो तपाईंका लागि निकै उपयोगी सावित हुनेछ । 

लकडाउनको कारण घरभित्रै बसिरहनुपर्दा धेरैलाई उकुसमुकुस भएको हुनसक्छ । घर बाहिर काम गर्नेहरुलाई छटपटी भएको हुनसक्छ । कहिले काहीँ यस्तो छटपटी र दिक्दारीले मानसिक तनाव पैदा गरिदिन्छ । मनमा अनेकथरी कुरा खेलाउन थाल्छ । त्यसैले त भनिएको हो, ‘खाली दिमाग सैतानको घर ।’

तर, घरमा बसेको बेला पनि हामी विभिन्न कामहरुमा आफुलाई भुलाउन सक्छौं । यस्तो काम, जुन रचनात्मक पनि हुन्छ र मनोरञ्जनात्मक पनि । यसका लागि कुनै ठूलै काम गर्नुपर्छ भन्ने छैन । स–सना ति काम गर्न सकिन्छ, जसले हामीलाई खुसी दिलाउँछ । जस्तो कि, पुरानो फोटोहरु हेर्ने र सजाउने कुरा । 

झट्ट सुन्दा त यो निकै सामान्य र बेकारको काम लाग्नसक्छ । तर, फुर्सदको क्षण कटाउने र बालबलिकालाई आफ्नो कथा सुनाउने यो निकै उपयोगी माध्यम हुनसक्छ । त्यसैगरी पुरानो एल्बम पल्टाउने, मिलाउने, सजाउने कुराले हामीलाई अरु थुप्रै फाइदा मिल्नेछ । 

बिग्रन लागेको फोटोको जतन 

फोटो भनेको कुनै समयको त्यस्तो चिनो पनि हो, जुन अब तपाईंले कहिल्यै प्राप्त गर्न सक्नुहुन्न । जस्तो तपाईंले बाल्यकालमा जुन फोटो खिच्नुभयो, उक्त फोटोले त्यसबेला तपाईंको अवस्था, तपाईंको समय, तपाईंको पहिरन र स्टाइल सबैकुरा बताउँछ । त्यसैले फोटो भनेको हाम्रो विगत पनि हो । 

अहिले डिजिटल फोटोको जमाना छ । बिगतमा भने एनालग फोटो हुनेगथ्र्यो, जुन रिलमा खिचेर धुलाउनुपथ्र्यो । त्यस्ता फोटो डिजिटल संग्रह हुँदैनथ्यो । त्यसैले एल्बममा सजाएर वा सुरक्षित गरेर राखिन्थ्यो । 

तपाईंसँग पनि त्यस्ता थुप्रै फोटो हुनसक्छ । त्यस्ता फोटोहरु लामो समय राख्दा बिग्रने गर्छ । त्यसैले तपाईंसँग भएका यस्ता फोटोहरु खोज्नुहोस्, सुरक्षित राख्नुहोस् । बिग्रेको भाग काटेर वा घाममा सुकाएर पनि सुरक्षित गर्न सकिन्छ । यसले तपाईंको विगतलाई बचाएर राख्नेछ । 

पुरानो दिनमा फर्कने 

हामीले आफ्नो मूल्यांकन गर्दा विगतमा फर्केर हेर्नुपर्छ । हामी कहाँ थियौं र कसरी यहाँसम्म आइपुग्यौं । यसका लागि फोटो पनि एउटा माध्याम हुनसक्छ, जसले तपाईंको विगत र वर्तमानबीच तुलना गराउन सक्छ । विगतमा तपाईं कस्तो हुनुहुन्थ्यो भन्ने कुरा फोटो हेरेर स्मरण गर्न सक्नुहुन्छ । यसले तपाईंमा बेग्लै रोमाञ्चकता पैदा गर्छ । 

बालबच्चालाई सुनाउनुहोस्

आफ्ना बालबच्चालाई विगतको कथा सुनाउनुहोस् । फोटोको माध्यामबाट उनीहरुले सचित्र तपाईंको बिगतबारे जान्ने मौका पाउनेछन् । विगतमा आफु कुन अवस्थामा थिएँ र के कस्ता संघर्ष गरेर अघि बढे भन्ने कुरा सुनाउनुहोस् । यसका लागि पुराना फोटो तपाईंका लागि निकै उपयोगी सावित हुनेछ । 

आफ्ना जीवनसाथीसँग खुसी साट्नुहोस्

तपाईं आफ्ना जीवनसाथीसँग बसेर पुराना फोटो एल्बम पल्टाउन थाल्नुहोस्, तपाईंहरुमा बेग्लै खुसी र उमंग भरिनेछ । किनभने तपाईंहरुले आफुलाई भुलेर पुरानो दिनमा फर्कनुहुनेछ । त्यसबेलाको अवस्थालाई स्मरण गर्नुहुनेछ । यसले तपाईंहरुको सम्बन्धलाई नयाँपन दिनेछ । 

नयाँ ढंगले सजाउनुहोस् 

पुराना फोटो एल्बमलाई अब नयाँ रुप दिनुहोस् । बिग्रन लागेको फोटोलाई अलग ढंगले व्यवस्थित गर्नुहोस् । सबै फोटोलाई यसरी मिलाउनुहोस् कि त्यसले तपाईंको विगतलाई सिलसिलाबद्ध ढंगले देखाउनेछ । जस्तो पुरानो फोटो सबैभन्दा सुरुमा राख्नुहोस् । त्यसपछि क्रमस पछिल्लो समयको फोटो राख्नुहोस् । फोटो कुन बेला, कसरी खिचिएको हो, सन्दर्भ लेख्नुहोस् । यस काममा आफ्ना बालबच्चालाई पनि सहभागी गराउनुहोस् । 

 Image