Successfully Copied

अर्गानिक खाना र  स्वस्थ जीवन

विभिन्न किसिमका हर्मोन र एन्टिबायोटिकको प्रयोग गरी हुर्काइएका पशुहरू अर्गानिक हिसाबले खुला रूपमा हुर्काइएका पशुहरूको तुलनामा धेरै तनावमा हुन्छन् । यसले मासुको गुणस्तरमा पनि निकै फरक पार्न सक्छ ।

दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले खेतिपातीमा सिन्थेटिक किटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन् । अहिले खेतीमा उत्पादन बढी होस् भनेर बिभिन्न किसिमका रासायम मिसाएर बनाएको किटनाशक औषधि र एन्टिवायोटिकहरुको प्रयोग अत्याधिक बढीरहेको छ । 

अन्नलाई नष्ट गर्ने किरालाई मार्न प्रयोग हुने यस्ता किटनाशक औषधिको अंश हामीले भान्छामा भित्राउने खानेकुरामार्फत् भित्रिरहेको छ । किटनाशक, एन्टिबायोटिकको मात्रा धेरै भएका तरकारीको सेवनले क्यान्सरजन्य रोगको मात्र बढाइरहेको छ । जसको कारण पछिल्लो पटक अर्गानिक खानेकुराहरू खानुपर्छ भन्ने लहर चल्न थालेको छ । 

प्राकृतिक रुपमा फल्ने वा सिजन अनुसारको तरकारी र फलफुलमा कम किटनाशक औषधिको प्रयोग भएका हुन्छन् भने सिजन भन्दा अन्य समयमा आउने तरकारी र फलफुलको उत्पादन गर्न अत्याधिक रुपमा किटनाशक औषधि र एन्टिवायोटिकको प्रयोग भएको हुन्छ । यही कारणले पनि सिजन अनुसारको तरकारी र फलफुल खाने गर्नु यो समस्यावाट जोगिने पहिलो उपाय देखिन्छ । यो वाहेक सकरभर बोक्रा छोडाएर खाने किसिमका तरकारी र फलफुलको प्रयोग गर्नु राम्रो हुन्छ । 

अर्गानिकका फाइदा

जुन फलफुल, तरकारी र अन्नबालीको उत्पादनमा कुनै किसिमको रसायनको प्रयोग गरिएको छैन भने त्यसलाई अर्गानिक मानिन्छ । अध्ययनहरूले बिरुवाको बोटमा मात्र नभएर माटोमा हालिने मल समेत जैविक हुनुपर्छ भन्ने मान्यता राख्छन् । खेतीमा प्रयोग भएका रसायनहरूले मेटाबोलिक समस्या, हर्मोनल समस्या र क्यान्सरजस्ता विभिन्न खालका स्वास्थ्य समस्या उत्पन्न हुन सक्छन् । अर्गानिक रूपमा उत्पादन भएका बालीहरू र मासुहरू जेनेटिकल्ली मोडिफाइड अर्गानिजम अर्थात् जीएमओबाट बनेका हुँदैनन् । जीएमओहरू खानेकुराको परिवर्तित रूप हुन् । यो प्रविधि भनेको अन्नको उत्पादन बढाउने र खानेकुराको अभाव हुनबाट जोगाउने हो ।  

अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुहरू पोषिलो हुने मात्र होइन, रसायनको कमीले गर्दा राम्रो गुणस्तर र स्वादिलो पनि हुन्छन् । विभिन्न किसिमका हर्मोन र एन्टिबायोटिकको प्रयोग गरी हुर्काइएका पशुहरू अर्गानिक हिसाबले खुला रूपमा हुर्काइएका पशुहरूको तुलनामा धेरै तनावमा हुन्छन् । यसले मासुको गुणस्तरमा पनि निकै फरक पार्न सक्छ । यही कुरा अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल र तरकारीमा पनि लागू हुन्छ । अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुजन्य उत्पादन वातावरणमैत्री पनि हुने अर्गानिक चूल्होका संचालक शितल श्रेष्ठ बताउ“छिन् । किनभने ती खानेकुरा उत्पादन गर्न र वृद्धि गराउनका लागि कुनै पनि रसायनको प्रयोग गरिएको हुँदैन । किटनाशक विषादीहरूले कृषि र वातावरणजन्य नोक्सानी हुने गरी नदी, माटो र हावालाई समेत प्रदूषित बनाउन सक्छन् ।

 Image