Successfully Copied

लकडाउन र घरेलु हिंसा 

कतिका लागि यो अवधि सकारात्मक, पारिवारिक जमघटको रुप भएको छ भने कतिका लागि यो अवधि यातनापूर्ण भएका छन् । विशेषत: पहिला नै पारिवारिक हिसांमा परेको महिला बालबालिका र केही पुरुषले पनि यो अविधमा यातना भोग्नुपरेको छ ।

नेपाल लगायत विश्व नै कोरोनाको चपेटामा परिरहेको छ । यो संकटमा मानवीय क्षति हुनबाट रोकथामका लागि सरकारले पनि चैत ११ गते देखि लकडाउन गरेको छ । आफ्ना नागरिकलाई घर भित्रै बस्ने बाहिर नआउनका लागि गरिएको लकडाउन जीवन रक्षाका लागि सराहनीय हो ।  

हुन त समग्रमा हेर्दा लकडाउनका बेला कोरोना संक्रमणबाट बच्ने लगायत राज्यमा हुने अपराधमा कमी भएका समाचार पनि आएका छन् । यसैगरी सवारी दुर्घटना, चोरी डकैती, लेनदेन, अपराधमा कमी आएता पनि यति बेला सपरिवार एकैठाउँमा बस्नु पर्दा यसले सकारात्मक र नकारात्मक दुवै असर देखाएका छन् । कतिका लागि यो अवधि सकारात्मक, पारिवारिक जमघटको रुप भएको छ भने कतिका लागि यो अवधि यातनापूर्ण भएका छन् ।

विशेषत: पहिला नै पारिवारिक हिसांमा परेको महिला बालबालिका र केही पुरुषले पनि यो अविधमा यातना भोग्नुपरेको छ । मेरा एकजना पक्ष जो पहिलादेखि नै हिंसाबाट पिडित हुनुहन्थ्यो । नियमित परामर्शमा हुनुहुन्थ्यो । एकचरणको परामर्श सकी दोस्रो चरणमा थियौ । उहाँको श्रीमान् बोलाएर दम्पत्ति परामर्श भर्खरै सिद्धिएको थियो । श्रीमानसँग अझै एकचरण परामर्श बाँकी नै थियो । सायद त्यो चरण सिद्धियको अवस्थामा यस्तो हुने संभावना अधिकतम थियो । 

तर विडम्बना कोभिड–१९ को लकडाउन घोषणा गर्‍यो, हाम्रो सरकारले । यसपछि सबै मेरा परामर्श र अदालतमा गईसकेका केसलाई मेरो अनलाइन र टेलिफोन नम्बर उपलब्ध गराएको थिए । कुनै विषम परिस्थिति आएमा सम्पर्क गर्न र त्यो अवधिभित्र कुनै जोखिम नउठाउन कति केसहरुमा टेलिफोन परामर्श पनि भइरहेको थियो । 

केही दिन अघि राती २ बजेतिर मेरो इनबक्समा एउटा नोटिफिकेसन आयो ‘म्याम, मलाई बचाउनुहोस्’ भनेर त्यसपछि मैले फोन गर भने । उनी अर्थात् जुली (नाम परिवर्तन) ले भने अनुसार शारीरिक हिंसा चाही भएको रहेनछ । प्रत्यक्ष तर मानसिक हिंसा धेरै भएको रहेछ । उनका अनुसार आजकल घरमा मान्छे हुने भएकाले झुण्डिएर मर्न सक्दिन तर तपाईले सक्नु हुन्छ भने मलाई यो लकडाउनबाट निकाल्नुस् ।

उनी आफू टेकु अस्पतालमा गई कोरोना लागेको बिरामीको सेवा गर्न तयार छिन् । पञ्जा, माक्स बच्ने सामग्री (पिपीइ) पनि चाहिदैन । उनी जीवनप्रति निराश भई हिंसाले मर्नुभन्दा समाज सेवा गरेर त मर्छु भन्छिन् । पहिला त श्रीमान्ले रक्सी खाएर पिट्दा गुहार माग्दै छिमेकी माईती र हजुरकहाँ आउँथे, अब कहाँ जाने ? भन्छिन् ।  

उनका श्रीमान्ले पहिलो पटकको लकडाउनका समयमा सामान्य झगडा र गाली मात्रै गरेका रहेछन् । त्यो समयमा उनले रक्सी थोरै मात्रै खाएका रहेछन् । उनले पनि श्रीमानलाई रक्सीसित खाने परिकार बनाई दिएकी रहिछिन् । तर लकडाउनको समयावधि बढेसँगै उनको श्रीमान्को हिंसात्मक व्यवहारहरु देखिन थालेका रहेछन् । रक्सी किनेर ल्याउ भनेकाले एक दुइ पटक त लुकेर गई किनिदिएकी रहिछिन् । पछि त्यो सम्भव नभएपछि ऊ निकै आक्रामक बन्ने गरेका रहेछन् । दिनभर केही न केही कुरामा निहुँ खोजिरहने परिवारको अगाडि नै अपशब्द बोल्ने गरेका छन् ।

त्यो त उनले सहेकी रहिछिन् तर रातको समयमा उनीमाथी हुने अत्याचार सहनशिलता तोड्ने खालको रहेछ । परिवार र छोराछोरीका अगाडि नै  अश्लील हर्कत देखाउन थालेछन् । मेरो बच्चाहरु (१२ वर्षको छोरी ८ वर्षको छोरा) समेत हामीसँग बस्न नसक्ने भयो म्याडम बच्चाहरु कोठाबाट निस्किन्नन् । मैले प्रतिकार गर्दा जाई लाग्ने र छिमेकीले र बच्चाहरुले सुन्लान् भनी चुप लागेर बस्ने गरेको छु । कसैलाई फोन समेत गर्न दिदैन र हजुरलाई पनि बाथरुमबाट फोन गर्दै छु भनिन्, उनले । 

म अधिवक्ताको साथै  महिला पनि भएकाले यो शब्दले व्यक्तिगत रुपमा मलाई पनि आघात गरिहेको छ ।  मैले बिहान उनको श्रीमान्लाई हालचाल सोध्ने निहुँमा फोन गर्दा सामान्य बनेर जवाफ दिएका थिए ।  अलिकति सम्झाउने तरिकाले भन्दा हस म्याडम मैले कुरा बुझे भने । फेरि त्यही दिन राती म्यासेज आयो ‘म्याम हजुरले मेरो श्रीमानलाई मेरो उजुरी बारेमा भन्नु भयो ’? भनिन् ।

 मैले होइन भने (मेरा परामर्शका कुराहरु गोप्य नै हुन्छन्) । वाथरुमबाट फोन गरेर तेरो वकिललाई मेरो कुरा लगाइस् भनेर धेरै कुट्यो भनिन् । ‘आज राती देख्लिस् भनेको छ । मैले पिसाव लाग्यो भनेर भागेर अहिले बाथरुममा छु । मैले उनलाई भोलि बिहानसम्मका लागि केही टिप्स दिए । 

भोलिपल्ट बिहान मैले ती श्रीमान्लाई पुन: परामर्श गरेको छु । नसुध्रिएको अवस्थामा के–के गर्न सकिन्छ भनेर कानूनी जानकारी पनि दिएकी छु ।

यो केसमा आकर्षित हुनसक्ने कानूनी उपचारहरु 

– लकडाउन अवधिमा कसैले आफूलाई हिंसा भएमा प्रहरीलाई अनलाइन उजुरी दिन सकिन्छ वा प्रहरीको नम्बरमार्फत उजुरी गर्न सक्छन् । 

– यो अवस्थामा परिवारभित्र कुनै हिंसात्मक घटना भए घरेलु हिंसा सम्बन्धि ऐन आकर्षित हुन्छ ।

– संक्रमित रोग नियन्त्रण सम्बन्धित ऐन २०२० । 

– वैवाहिक बलात्कार ऐन । 

– ज्यान सम्बन्धि महलको १८५ नम्बरको । 

लकडाउनले कोभिड–१९ बाट सबैको प्राण रक्षा गर्छ तर यसले पार्ने नकारात्मक पक्षबारे पनि बहस गर्नु जरुरी छ । 

   

इमेल : [email protected]

 Image