Successfully Copied

यसपटक पनि मेडिफाइ फेसनकै राज

यस पटकको गर्मी मौसममा बोल्ड प्रिन्टका फेसनमा भित्रिएका छन् । बोल्ड प्रिन्टहरूले लुक्सलाई बोल्ड एन्ड ब्युटिफुल बनाइ दिन्छ । यस पटक वेस्टर्न र इस्टर्न दुवै पहिरनमा बोल्ड प्रिन्टहरू भित्रिएको छ । गत वर्ष जस्तै यस पटक पनि वानपिस पहिरन बजारमा यथावत रहनेछ ।

फेसनको नियम भनेकै नयाँ भित्रिने र पुराना बाहिरिने हो । त्यसमा सबै डिजाइन पर्छन् भन्ने छैन केही अपवादमा केही डिजाइन भने सदाबहार रहन्छन् । फेसनमा मौसमको भूमिका पनि उत्तिकै हुन्छ । मौसम बदलिएसँगै फेसन ट्रेन्डमा पनि परिवर्तन आउँछ । गर्मी, जाडो, वर्षा जस्ता मौसममा त्यही अनुकूल पहिरनको खोजी हुन्छ । यसैले फेसनमा नयाँ ट्रेन्ड भित्रिने गर्छ । अहिलेको लकडाउनले नेपालमा मात्र नभएर विश्वकै फेसन बजारलाई प्रभावित बनाएको छ । तर, पनि अहिलेका युवा पुस्ताहरू स्टाइलिस र सुन्दर देखिन भने सम्झौता नगर्ने मुडमा रहेको बेलायतमा फेसन डिजाइनिङ गरिरहेकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठको अनुमान छ ।

श्रेष्ठका अनुसार फेसनमा नयाँ प्रयोग हुने भन्दा पनि पुनरावृत्ति हुने हो । विगतमा चलेका फेसन फेरि कुनै बेला प्रयोगमा आउन सक्छ । तर, त्यसरी आएका फेसनमा समयानुकूल केही मोडिफाइ भने हुने गर्छ । कुनै बेला नेपाली फेसनमा बलिउडको प्रभाव थियो । बलिउड अभिनेता र अभिनेत्रीले लगाउने पहिरन शैलीलाई हुबहु अनुशरण गर्ने युवा जमात अत्याधिक थिए । पुराना जमानामा चलेका त्यही फेसन अहिले पनि पुनरावृत्ति हुने डिजाइनर रमिला नेमकुल सुनाउँछिन् । उनी भन्छिन्, ‘फेसनमा नयाँ आउनेभन्दा पनि पुरानै फेसन मोडिफाई भएर आउने हो ।’ यस पटक कोरोना भाइरसको सन्त्रासका कारण मोडिफाइ फेसनकै राज हुने नेमकुल बताउँछिन् ।

अहिले हरेक व्यक्तिहरू आफ्नो काम, जिउडाल र समय अनुसार ड्रेस लगाइ हिँड्न चाहन्छन् । पहिले जस्तो मेरो जिउ राम्रो छैन, यस्तो सुहाउँदैन भनेर बस्नुभन्दा डिजाइनरसग आफ्नो शारीरिक बनावट अनुसारको डिजाइन गराइ लगाउनेको संख्या धेरै छ । अहिले आफ्नो लुक्सलाई इलिगेन्ट नै देखाउन चाहन्छन् । अहिलेको फेसन ट्रेण्डमा जिरो फिगरको फेसन छैन । लुज फिट फेसन बढी भित्रिरहेको छ । अहिलेको खानपान र जीवनशैलीको कारण हेल्दी फिगरका व्यक्तिहरूको नै जमात छ । त्यसैले पछिल्लो २ वर्षदेखि इण्डियन फेसन ट्रेण्डभन्दा वेस्र्टन फेसन शैलीबाट नेपाली फेसन प्रभावित भइरहेको छ । फेसन एउटा साइकल जस्तै हो, जुन घुमी रहन्छ । नेपालमा इण्डियाको साथमा वेस्टर्न पहिरन शैली पनि उत्तिकै अनूकरण गरिँदै छ । 

यस पटकको गर्मी मौसममा बोल्ड प्रिन्टका फेसनमा भित्रिएका छन् । बोल्ड प्रिन्टहरूले लुक्सलाई बोल्ड एन्ड ब्युटिफुल बनाइ दिन्छ । यस पटक वेस्टर्न र इस्टर्न दुवै पहिरनमा बोल्ड प्रिन्टहरू भित्रिएको छ । गत वर्ष जस्तै यस पटक पनि वानपिस पहिरन बजारमा यथावत रहनेछ । ए लाइनको तथा फ्लेयर भएका नि लेन्थका वानपिस फेसनमा रहनेछ । साथै रफल्स् टप्स र स्कर्ट, र फल्स टप्स् र हाफ पाइन्ट पनि फेसनमा रहनेछ । टिनएजरका लागि सी ग्रीन, अफ ह्वाइट, ह्वाइट कलर चल्ने छ । युवापुस्ता फेसनमा फ्युजन रुचाउँछन् । फ्युजनमा स्लिव्स चलेको छ । फेसन डिजाइनर आकास श्रेष्ठका अनुसार अहिले टपमा स्लिव्स चलेको छ । अफ शोल्डर फेसन हराइसकेको अवस्थामा किमोनो स्लीव्स, वन साइड स्लीव्स, कप स्लीव्स, पफ स्लीव्स रुचाइएको छ ।

जिन्स कहिले पनि फेसन ट्रेण्डबाट नबाहिरिने आउट फिटमध्ये एक हो । तर, जिन्सको फेब्रिक र डिजाइनमा भने हरेक वर्ष परिवर्तन भएर फेसन बजारलाई नेतृत्व गरिरहेको हुन्छ । यस वर्षमा दैनिक कामकाजका लागि जिन्स जस्तो देखिने पातलो समर जिन्स फेसनमा रहनेछ । टिनएजर्स पनि फिटिङ जिन्सभन्दा वेस्टर्नमा चलिआएको फेसनअनुसार लुज नै लगाउने देखिन्छ । 

 Image