Successfully Copied

अनुहारको चाउरिपन कसरी हटाउने

अनुहारको छालामा आउने मुख्य परिपर्तन भनेको चाउरीपन नै हो । अनुहारमा देखिने यो किसिमको समस्यालार्ई केही सावधानीहरु अपनाए रोक्न भने सकिन्छ ।

ऋतुहरूको परिवर्तनसँगै शरीरमा पनि विभिन्न किसिमका परिवर्तनहरु भइरहन्छ अझ उमेर बढेसंगै छालामा पनि बिभिन्न किसिमका परिवर्तनहरु देखापर्न थाल्छ उमेर बढेसंगै अनुहारको छालामा परिवर्तन आएको स्पष्ट रुपमा देखिन समेत थाल्छ

अनुहारको छालामा आउने मुख्य परिपर्तन भनेको चाउरीपन नै हो अनुहारमा देखिने यो किसिमको समस्यालार्ई केही सावधानीहरु अपनाए रोक्न भने सकिन्छ

यसका लागि सबैभन्दा पहिले आफ्नो छालाको प्रकार कस्तो त्यो पत्ता लगाउनु आवश्यक तैलीय छाला, सुख्खा छाला तथा मिश्रित छालाअनुरूप त्यसमा आउने समस्याको समाधान गर्न सकिन्छ

तैलीय छालामा चिल्लोपन बढी हुने भएकाले त्यस्तो छालाका लागि पर्याप्त फिज आउने साबुनले अनुहार धुनु उपयुक्त हुन्छ फेसियल टोनले अनुहारको तैलीयपन केही हदसम्म कम हुन्छ यस्तो छालामा केही समयपछि मात्र चाउरीपन देखिन्छ

सुख्खा छालामा चाउरीपन तैलीय छालाभन्दा छिटै हुन्छ सुख्खा छाला कागजझैं खस्रो हुने भएकाले पर्याप्त मोस्चराइजर अथवा फेसियल क्रिम लगाउनु आवश्यक हुन्छ

चाउरीपन (रिंकल) देखिनुको सबैभन्दा मुख्य कारण नै वृद्धावस्था लागेको संकेत हो वृद्धावस्थाको प्रारम्भसँगै आँखाको वरिपरी चाउरीपन देखिन्छ आँखापछि घाँटीमा यसले सबैभन्दा बढी प्रभाव देखाउँछ विस्तारै गालामा पनि यसले आफ्नो प्रभाव पार्छ छाला खुम्चिन थालेपछि यसले पछि गएर चाउरीपनको रूप लिन्छ घाँटीको छालामा देखिएको खुकुलोपनले चाउरीपनको संकेत गर्छ अन्ततः चाउरीपनले छालामा प्रभाव जमाएरै छाड्छ समयसँगै चाउरीपन बढ्दै जान्छ

के कारणले छालामा चाउरी पर्छ भन्ने बुझ्नु आवश्यक महिलामा मेनोपाज पछि चाउरीपन आउन थाल्छ यसबाहेक मानसिक तनाव चिन्ताले पनि समयभन्दा अघि नै चाउरीपन देखिन्छ अनिन्द्राका कारण पनि केही हदसम्म चाउरीपन बढ्छ छालामा चाउरीपन नदेखियोस् भनेरै प्रशस्त निदाउनु आवश्यक सूर्यको किरणका कारण पनि चाउरीपन बढ्छ भने धूम्रपान तथा मदिरापानले पनि चाउरीपन बढाउन सहयोग गर्छ

चाउरीपनलाई कसरी रोक्ने ?

पाकेको केरा चाउरीपन कम गर्ने राम्रो उपचार हो यसका लागि आधा पाकेको केरालार्ई चम्चाले मसिनो हुने गरी फिट्ने केरा क्रिमझैं मसिनो भएपछि यसलार्ई अनुहारको तलबाट माथि लाँदै राम्रोसँग लगाउने यो पेस्ट घाँटीमा पनि लगाउने, आँखाको किनारामा गोलाकार घुमाउँदै लगाउने केराको लेदोलार्ई अनुहारमा आधा घन्टासम्म राखी सुक्न दिने केराको प्याक लगाएको बेला बोल्नु हुँदैन सुकेपछि चिसो अथवा मनतातो पानीले विस्तारै अनुहार सफा गर्नुपर्छ केराको प्याकले अनुहारमा चमक आउनुका साथै छाला कसिलो पनि हुन्छ बजारमा गुणस्तरीय एन्टी रिंकल क्रिम पनि उपलब्ध छन् जसको प्रयोग नियमित रूपमा गर्नुपर्छ

दिनहुँ लिटर जति पानी पिउनु आवश्यक पर्याप्त पानीले शरीरबाट विकार पदार्थ निस्कन्छ अनुहार सुन्दर हुन्छ चाउरीपन देखिनुमा सूर्यको अल्ट्राभ्वाइलेट किरणको ठूलो भूमिका हुन्छ सूर्यको किरणको प्रभावबाट बच्नका लागि घरबाहिर निस्कँदा छाता ओड्ने तथा अनुहारमा सनस्क्रिन क्रिम लगाउने फेस स्क्रबका लागि गुलाब जल, मह तथा बेसारको मिश्रण राम्रो हुन्छ यसलार्ई हप्तामा दुईपटक लगाउनुपर्छ चिकित्सकको सल्लाहअनुरूप लेजर ट्रिटमेन्ट पनि गर्न सकिन्छ

सही खानपान

सही खानपानले पनि चाउरीपन कम हुन्छ

जंक फुड तथा तैलीय खानेकुराबाट बच्नुपर्छ आफ्नो भोजनमा मिनरल्स तथा भिटामिनको प्रयोग पर्याप्त मात्रामा गर्नुपर्छ

भिटामिन सीको प्रयोग बढी गर्नुपर्छ यसले छालालार्ई स्वस्थ बनाउँछ

खानामा गाजर तथा जुस समावेश गर्नुपर्छ

अमला तथा सुन्तला भिटामिन सीको राम्रो स्रोत हो

खानामा जिंकको प्रयोग पर्याप्त मात्रामा हुनुपर्छ जिंक अन्न, सी फुड तथा प्याजबाट प्राप्त गर्न सकिन्छ

भिटामिन प्रयोग गरे अनुहारमा वृद्धावस्थाको संकेत चाँडो देखिँदैन

ब्रोकोली, लसुन तथा प्याजको प्रयोगले छालालार्ई युवा देखाउ

ओलिभ आयल पनि छालाका लागि उपयुक्त हुन्छ

हर्बल चियाको प्रयोग पनि लाभदायक हुन्छ

यी सबै गर्दा पनि चाउरीपन बढिरहेको भने त्यसको एक मात्र विकल्प प्लास्टिक सर्जरी हो

तनावरहित जीवनले पनि चाउरीपनलार्ई कम गर्छ त्यसैले तनावरहित जीवन बाँचेर आफ्नो सुन्दरतालार्ई यथावत् राख्नुपर्छ

 

प्रस्तुतीः सिर्जना दुवाल श्रेष्ठ

 

 Image