लकडाउनमा होममेड फुड

प्रस्तुतीः लक्ष्मी भण्डारी

वैशाख १३, २०७७ अहिले बाहिर निस्केर रेष्टुराँ चाहार्दै फरक फरक स्वादको खाना खाने अवस्था छैन भने रेष्टुराँहरु पनि प्राय बन्द अवस्थामा रहेका छन् । यस्तो अवस्थामा घरमै पनि रेष्टुराँको जस्तो स्वादिलो खाना घरमै बनाएर पनि खान सकिन्छ । घरमै उपलब्ध रहेका सामग्रीहरुको प्रयोग गरेर बनाएका खानेकुरा रेष्टुराँको भन्दा स्वस्थ, स्वच्छ र ताजा समेत हुनेगर्छ ।

घरमा बढी समय टिक्ने भनेका गेडागुडी, गुन्द्रुक, सुकाएको साग, मुला, काउली, ब्रोकोली, बन्दा या बिभिन्न किसिमका दाल, पिठो, चिउरा, चामल हुन् । यि चिजबिज घरमा लामो समयसम्म स्टोर गरेर राख्दापनि बिग्रिने समस्या कम हुन्छ । यिनै चिजको प्रयोग गरेर हामी घरमै स्वादिष्ट परिकार बनाउन सक्छौं । यि खानेकुरा स्वास्थ्यका दृष्टिकोणले हाम्रो शरिरलाई आवश्यकतत्वहरुले भरिपूर्ण समेत हुन्छन् ।

यस्ता अनुपम औषधीय गुण भएका खाद्यलाई घरैमा कसरी अझ स्वस्थ र स्वादिष्ट तरिकाले पकाउने भन्ने बिषयमा ठमेल स्थित लिटिल बुद्ध रेष्टुरेण्ट एण्ड बारका सेफ राज शर्माले केही टिप्सहरु दिनु भएको छ ।

– गुन्द्रुकमा भटमास मिसाएर कम आँचमा पाँच देखी सात मिनेट पकाउने, अन्तिममा कर्न फ्लोर राखेर पुन ३ मिनेट जति पकाउने, हरियो लसुनले गार्नेस गरी तात्तातो हिमालयन सुप बनाएर पिउन सकिन्छ ।

– २ सय ५० ग्राम गाँजर, त्यति नै मात्रामा ब्रोकोली, र आलुलाई ५ मिनेट बोइल्ड गर्ने, छान्नेमा छानेर प्लेटमा राख्ने, माथिबाट टिम्मुर, चिल्ली फ्लेक्स, थोरै बिरे नुन छर्किने, यसोगर्दा पोषिलो भेज बोइल्ड तयार हुन्छ ।

– सबैकुरा मिसाइएको गेडागुडीलाई ६ देखी ८ मिनेटसम्म उमाल्ने वा स्टिम गर्ने । निकालेर प्लेटमा फिंजाउने, त्यसमाथि थोरै अलिभ ओयल, अदुवा लसुनको मसिनो चप, हरियो खुर्सानी, मसिनो टुक्रा पारिएको एउटा टमाटर, चाट मसला हालेर सलाद बनाएर खान सकिन्छ । यो निक्कै हेल्दी र न्युट्रिनले भरिपूर्ण खाना हो ।

– गुन्द्रुकलाई केही बेर मनतातो पानीमा भिजाउने, कडाहीमा तेल बसालेर थोरै जिरा, मेथी र रातो खुर्सानी फुराउने, साग राखेर केहीबेर चलाउने, तातो पानी राख्दै ५ मिनेट पकाउने अन्त्यमा २ कप तातोपानी र १ चम्चा मकैको पिठो राखेर फेरी २ मिनेट पकाउने । यसरी पाकेको परिकार भातसंग खानकालागी थयार हुन्छ ।

– ३ सय ग्राम चामल, गहुँ वा फपरको पिठोमा अदुवा र लसुनको पेष्ट, २ वटा मसिनो गरी काटिएको हरियो खुर्सानी र थोरै हरियो धनियाँ राखी घोल बनाउने । प्यानमा बसालेर आधा चम्चा ध्यू हाल्दै उक्त घोललाई पातलो गरी प्यानमा मन्द आँचमा केही समय पकाउने स्वादिष्ट सादाबहारा खाना तयार हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>