Successfully Copied

अब कोरोनाको चिन्ता छोडौं,: रचनात्मक काममा लागौं

विगतमा उपचार मार्फत् समाधान भइसकेका मानिस समस्या फेरी बल्झियो भन्दै आउने गरेको मनोबिद् रोजिना मानन्धर बताउँछिन् । आम समस्या आइरहदाँ अहिले नयाँ किसिमका समस्या थपिएर आएपछि उनी आफैंपनि अलमलमा परेको अनुभव सुनाउछिन् । 

आजकल मनोबिद् र मनोचिकित्सककहाँ अनौठा किसिमका समस्या लिएर आउनेको संख्या बढ्न थालेका छन् । विगतमा उपचार मार्फत् समाधान भइसकेका मानिस समस्या फेरी बल्झियो भन्दै आउने गरेको मनोबिद् रोजिना मानन्धर बताउँछिन् । आम समस्या आइरहदाँ अहिले नयाँ किसिमका समस्या थपिएर आएपछि उनी आफैंपनि अलमलमा परेको अनुभव सुनाउछिन् । 

रोजिना सहितका केही मनोविद्हरूको टिमले कोरोना भाइरसको डर भएका मानिसकालागि अहिले नियमित परामर्श दिइरहेका छन् । बिना काम घरमै बसिरहेकाले विगतका कुरालाई सम्झिन थालेकाले मानसिक समस्यापनि थपिँदै गएको उनले बताईन्, यो समयमा मानसिक समस्या हुनु सामान्य हो । मानिसहरू सबैमा कोरोना भाइरसकै चिन्ता छ । विभिन्न कारणले अस्पतालमा बसेका अनि संक्रमणबारे जानकार भएका अझै बढी आत्तिएका छन् । 

कहिलेकाही अधिक जानकारी हुनुपनि मानसिक स्वास्थ्यकालागि हानिकारक हुने उनको तर्क छ । पहिलादेखि नै श्वासप्रश्वास, फोक्सो, कलेजो, मिर्गौलाको समस्या भएकालाई कोरोना संक्रमणको भयले गाँजिरहेको छ । त्यस्ता बिरामीको हेरचाहगर्न अस्पताल बसेकापनि बढी अत्तालिएको उनले बताइन् । 

मनोचिकित्सक डा. शरदमान ताम्रकारका अनुसार आफ्नो व्यापार र काम छोडेर बसेका मानिसहरूमा रक्तचाप र मधुमेहको समस्या छ भने यस्तोबेलामा समस्या अझै बढनेछ । यो समयमा मानिसहरूमा व्यायामगर्ने बानी हराउँछ । घरमामात्रै बसिरहँदा तनाव हुन्छ । ‘कोरोनाको मात्रै समाचार हेरिरहदाँ त्यसले कतिपय मानिसमा अनिन्द्रा र सपनामापनि कोरोनाकै बारेमा देख्ने समेत हुन्छ । यस्ताखालका समस्याहरू अहिले देखिनु स्वभाविक हो । 

यसरी देखापरेका समस्याहरुलाई बेवास्ता गरेमा त्यसले विकराल रूप लिन सक्ने तर्फ चिकित्सकहरु सजग गराउन् । यस्तो समयमा आफ्ना समस्याहरु जति अरूलाई भन्न सक्यो, त्यति नै मन हल्काहुने मनोविद् रमा कार्की बताउँछिन् । उनी भन्छिन्, यो बेलामा आफूलाई जोसँग कुराकानी गर्दा सहज हुन्छ   ।

उनीहरुसँग आफ्ना कुरा भन्नुपर्छ 

मानिसहरूले कोरोनाबारे चाहिने भन्दा बढी चासो लिएर पनि मानसिक समस्या भइरहेको मानसिक रोग विशेषज्ञ डाक्टर ताम्राकारको अनुभव छ । कोरोनाबारे समाचार हेर्दा आधिकारिक स्रोतबाट आएका समाचारलाई मात्र ध्यान दिनुपर्छ ।   

मनोबैज्ञानिक डा. नन्दिता शर्माका अनुसार विश्वका घटनाबारे जानकारी राख्न जरूरी छ तर जतिबेलापनि यसकै पछाडि लाग्नु भनेको रोग निम्त्याउनु मात्रै हो । कोरोनाका कारण यति बिरामीको मृत्यु, यतिनयाँ संक्रमित भेटिए भन्ने खालकामात्रै समाचार हेर्दा कतिलाई अब विश्व नै सकिन लाग्यो कि भन्ने मनोबैज्ञानिक असर पर्ने र त्यसैले छटपटीसमेत हुने गर्दछ । उनी भन्छिन्, इन्टरनेटमा हेर्ने विषयवस्तु धेरै छन् । आफ्नै घरमा बसेर रचनात्मक कामसमेत गर्न सकिन्छ । 

बिहानदेखि बेलुकासम्मै कोरोनाबारे सूचना लिने र चिन्तागर्ने कामबन्द गर्न ताम्राकारले सुझाए, यस्तो गरे तपाईंलाई थकाइ लाग्छ, निन्द्रा पर्दैन जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता समेत घट्छ । सबैभन्दा बढी नकरात्मक सूचना लिने र त्यसकै पछाडि लाग्ने बानीलाई त्याग्नु जरूरी छ । 

 

 Image