Successfully Copied

लकडाउन युवापुस्तालाई बुझ्ने मौका पनि भयो

मेसिन जस्तै दगुरेको जीवनमा आफ्नो लागि समय नै हुदैंन थियो । यो समय आफुले आफुलाई ध्यान दिने अवसर पनि हो जस्तो उनी ठान्छन् । आफ्नो कपाल सेतो भइसकेको उनलाई पत्तो नै थिएन, अनुहारमा डार्क सर्कल पनि यादै थिएन ।

दिक्पाल कार्की मोडल, कोरियोग्राफर तथा अभिनेता पनि हुन् । उनले गत वर्ष म्यानमारमा सम्पन्न ‘मिस्टर मोडल अफ द वल्र्ड’को उपाधि जितेका थिए । 

कार्कीले विगत १ दशक देखि विभिन्न अन्तराष्ट्रिय ब्रान्डमा समेत मोडलको रूपमा काम गरिसकेका छन् । सयभन्दा बढी म्युजिक भिडियो तथा दुईवटा चलचित्रमा समेत अभिनय गरीसकेका उनी शैक्षिक योग्यताले भेटेनरी डाक्टर पनि हुन् । 

उनी डाक्टरी पेशामा नअंगाली मोडलिङ्ग क्षेत्रमै रमाइ रहेका पात्र हुन् । लकडाउनले सबै क्षेत्र ठप्प भइ रहेको बेला दिक्पाल पनि भक्तपुर स्थित बालकोट घर भित्रै छन् । केही वर्ष देखि निकै व्यस्त भएकोले आराम गर्नै नपाएका दिक्पाल लकडाउनको शुरुवाती दिन आरामै गरेर विताए । 

कुकुर प्रतिको रुचीले नै होला, उनले भेटनरी पढेको । कतै भोकै कुकुर देख्यो कि ख्वाउन गइ हाल्ने उनको पुरानै स्वभाव छ । सडकका कुकुरहरुलाई ख्वाउन उनी अरु बेला भन्दा लकडाउनमा बढी सकृय रहे । विहान र बेलुकाको उनको समय सडकमा रहेका पशुहरुलाई खाना ख्वाएरै वित्छ । 

हप्ता दिन भनिएको लकडाउन बढ्दै गए पछि दिक्पालले युट्युबमा आफ्नो सक्रियता बढाउन थाले । दिक्पालले अहिलेको समयको माग, गति र युवापुस्ताले के रुचाउँछन् भन्ने कुरा बुझ्ने मौकाको रुपमा लकडाउनलाई उपयोग गर्न थाले । जसका कारण उनले युटुयुबमा आफ्नो दिकार्की फेशन एण्ड मोडलिङ्ग ब्लग शुरु गरे ।

उनी आफ्नो ब्लगमा फेसन, मोडलिंगका टिप्स, ट्रेण्ड र समाचारहरुलाई समेट्दै लैजाने सोचमा छन् । दिक्पालले यो समयमा युवापुस्ताको रुचीलाई ठम्याउन भ्याए । नयाँपुस्ता युट्युव, इन्ष्टाग्राम र टिकटकमा भिजेको पाए, उनले । लकडाउनकै अवधीमा पहलो पल्ट टिकटक बनाएर राखे । धेरै युवा जमातले मन पराए पछि टिकटक बनाउन उनी हौसिए । उनले अहिले सम्म २० वटा टिकटक बनाइ सकेका छन् । टिकटक हेर्दा जति सजिलो लागे पनि गाह्रो कलाको रुपमा उनको बुझाइ छ ।

मेसिन जस्तै दगुरेको जीवनमा आफ्नो लागि समय नै हुदैंन थियो । यो समय आफुले आफुलाई ध्यान दिने अवसर पनि हो जस्तो उनी ठान्छन् । आफ्नो कपाल सेतो भइसकेको उनलाई पत्तो नै थिएन, अनुहारमा डार्क सर्कल पनि यादै थिएन । लामो समय घरमै बस्दा उनले आफ्नो हेयर एण्ड स्किनलाई पनि ध्यान दिन थाले । दिक्पालले समय मिलाइ मिलाइ हेयर प्याक र फेस प्याकहरु लगाए र स्वस्थ हुने उपायहरु पनि अपनाउँदैं गए । 

दिक्पाल भन्छन्, हामी समयसंग दगुरी रह्यौ, सारै व्यस्त भएर । कहिले आफ्नो बारेमा सोच्नु पर्छ भन्ने सोचै आएन । अहिले आएर मलाइ लाग्दैछ, हामी यसरी पनि किन दौडिरहेको होला ? अव भने हरेकको जीवनशैली पनि परिवर्तन हुन्छ होला । लोभ, डाहा, मोहभन्दा माथि उक्लिने कोशिश हुन्छ होला भन्दै दिक्पाल आफ्नो ब्लगको लागि नयाँ नयाँ सोचहरु बनाउँदै सिर्जनात्मक हुने पक्षमा छन् ।

 Image