Successfully Copied

लकडाउनको समयमा हड्डीको समस्या परेमा 

अहिले कोरोना महामारीका कारण देश लकडाउनमा छ । यस्तो स्थितिमा अत्यावश्यक परेमात्र अस्पताल जानु उपयुक्त हुन्छ । यस्तो अवस्थामा इमरजेन्सी सेवा मात्र खुल्ला भएकाले धेरै समस्या भएका महिला तथा पुरुष दुखाइ सहन सकेसम्म अस्पताल गएका छैनन् । 

५२ वर्षीया अनिता थापालाई घूँडा दुख्ने समस्या देखिएको दुई वर्ष जति भयो । अनिताको जस्तो समस्या उमेर वृद्धिसँगै अन्यलाई पनि देखा पर्न सक्छ । हड्डी खिइने समस्या विभिन्न कारणले हुन्छ । ५० वर्षको उमेरपछि महिलामा हड्डीको समस्या देखिन सक्छ । कतिपय महिलामा महिनावारी रोकिएपछि (मेनापज) पनि हड्डीको समस्या देखिन्छ । त्यसैगरि पुरुषमा पनि युरिक एसिडको समस्या देखा पर्न सक्छ ।  

अहिले कोरोना महामारीका कारण देश लकडाउनमा छ । यस्तो स्थितिमा अत्यावश्यक परेमात्र अस्पताल जानु उपयुक्त हुन्छ । यस्तो अवस्थामा इमरजेन्सी सेवा मात्र खुल्ला भएकाले धेरै समस्या भएका महिला तथा पुरुष दुखाइ सहन सकेसम्म अस्पताल गएका छैनन् । 

अहिले अस्पतालमा संक्रमणको संभावना हुने भएकाले हड्डी खिइएर भएको पीडामा तातो पानीले सेक्ने तथा सामान्य स्ट्रेचिङ व्यायाम तथा गर्न सकिने हाड जोर्नी विशेषज्ञ डा. विजेन्द्र अधिकारी बताउँछन् ।  घर बसेका बेलामा घूँडा दुख्ने समस्या तथा आर्थराइटिसका समस्या भएकाले सामान्य स्ट्रेचिङ व्यायाम  गर्न सकिन्छ । साथै योगा पनि गर्न सकिन्छ । यस्ता समस्या भएकाले पलेंटी कसेर बस्ने तलमाथि धेरै गर्ने तथा दौडिने गर्नु हुँदैन । सोफा तथा कुर्सीमा बस्न सकिन्छ । घर वरिपरि हिड्डुल गर्न सकिन्छ । दूध सेवन गर्नु पर्छ ।  कम्मर दुखाइका बिरामीले निहुरेर काम गर्नुहुँदैन । सकेसम्म घरबाट बाहिर जानुहुँदैन र विदेशबाट आएका मानिससँग दूरी बनाउनुपर्छ ।  

अहिलेको अवस्थामा कस्तो बेलामा अस्पताल जाने ? 

– अहिले कोरोना भाइरसको महामारी भएकाले सबैजना घरमै छन् । बालबालिका खेल्दा दौड्दा छतबाट लडेर चोटपटक लाग्ने तथा हातखुट्टा भाँच्चिन सक्छ ।  यस्तो अवस्थामा अस्पताल जानुपर्छ ।

– पहिले देखि नै हड्डीका समस्या भएकामा दुखाइ अधिक भएमा । 

– वाथ रोगका कारण जोर्नीको पीडा धेरै भएमा । 

– प्लाष्टर राखेका बिरामीको फलोअपमा आउने समय भएमा । 

– पहिले नै अप्रेशन गरेको बिरामीको तार, पाता, झिक्ने समय भएमा ।

– सामान्यतया: टाँका दुई हप्तामा र प्लाष्टर छ हप्तामा काटनुपर्छ । यसको अवधि पुगेमा ।

– ढाड तथा गर्दन धेरै दुखेर दैनिक क्रियाकलाप (उठ्न, बस्न, सुत्न र अन्य काम) गर्न अप्ठ्यारो भएमा ।  

समग्रमा भन्नु पर्दा, अहिलेको विषम परिस्थितिमा दुखाइ सहन सकिन्छ भने घरमै बस्नु उपयुक्त हुन्छ । तातो पानीले सेक्ने र चिकित्सकको परामर्शमा घरमै औषधी सेवन गर्न सकिन्छ । युरिक एसिडका बिरामीले खानपानमा ध्यान पुर्‍याउनुपर्छ । क्षणिक स्वादका लागि गेडागुडी, दाल, रातो मासु, अल्कोहल सेवन गरेर दुखाइमा बढावा दिनुहुँदैन । अन्य मानिस पनि घरमै बस्ने खाने गर्दा मोटोपन बढ्न सक्छ ।

अहिले कतिपय युवावस्थामा पनि जीवनशैलीका कारण हड्डीको समस्या देखा पर्न थालेको छ । कम्मर तथा घूँडा दुख्न सक्छ । यसले पछि घूँडामा समस्या हुने भएकाले शारीरिक रुपमा स्वस्थ रहन व्यायाम गर्नुपर्छ । तौल सामान्य राख्नुपर्छ, उचाई अनुसारको तौल र नियमित व्यायाम गरेमा हड्डी खिइने संभावना न्यून हुन्छ । हाम्रो देशमा खासगरी घूँडाको, ढाडको र गर्दनको हड्डी खिइने समस्या छ ।

घूँडा, ढाड तथा गर्दनको दुखाइ भएकाले पनि पहिले सिकाएका आधारमा घरमै व्यायाम गर्नु वेश हुन्छ । बालबालिका पनि घरमै भएकाले खेल्दा, दौडदा खेरि लड्ने तथा हातखुट्टा भाँच्चिने संभावना भएकाले होशियारी अपनाउनुपर्छ । संयमित र स्वस्थ भइ घरमै बस्नु उपयुक्त हुन्छ, अहिलेको अवस्थामा । 

 

 Image