Successfully Copied

मधुमेहका बिरामीले गर्नुहोस् मण्डुकासन

यो आसनले प्याङ्क्रियाजलाई सक्रिय बनाउँछ र मधुमेह(डायबिटिज)लाई ठीक पार्छ । पाचन तन्त्रलाई शक्तिशाली बनाउँछ र पाचनसम्बन्धी समस्या ठीक हुन्छ । साथै, ग्यास्ट्रिक, कब्जियत र पेटका अन्य समस्यालाई यो आसनले सामान्य अवस्थामा ल्याउन मद्दत गर्छ ।

विधि 

स्टेप १ : बज्रासनमा बस्ने ।

स्टेप २ : हातका दुवै बुढीऔंला भित्र पारेर मुठ्ठी पार्ने । 

स्टेप ३ : दुवै मुठ्ठी नाभीमा राख्ने । 

स्टेप ४ : लामो श्वास लिने र तुरुन्तै सबै श्वास छाड्ने 

स्टेप ५ : शरीरलाई अगाडि झुकाउँदै मुठ्ठीले दबाब दिने । यो क्षमताअनुसार १० सेकेन्डदेखि १ मिनेटसम्म गर्न सकिन्छ । 

स्टेप ६ : दबाब दिएर कपालभाती प्राणायाम पनि गर्न सकिन्छ ।

विधि २ 

हातको हत्केलाले दबाब दिने । अरू सबै विधि पहिलेको जस्तै ।

फाइदा

 Image