Successfully Copied

स्किन सफा राख्न केमिकल पिलिङको क्रेज बढ्दैछ 

यो एउटा फेसियल जस्तै हो । तर यसमा मेडिकल्ली उपचार गरिन्छ । अनुहारमा कुनै प्रकारको दाग हटाउन तथा कम गर्नको लागि यो उपचार गरिन्छ । यसमा विभिन्न प्रकारका अल्फा हाइट्रोसि एसिडहरुलाई मिलाएर गर्ने उपचार विधी हो ।

क्रिष्ट हस्पिटलमा छाला रोग बिशेषज्ञ चिकित्सकको रुपमा कार्यरत डा. रीमा श्रेष्ठले केमिकल पिलिङको पनि उपचार गर्छिन् । अनुहारको छालालाई सफा र चम्किलो बनाउने यो विधि फेसियल भन्दा प्रभावकारी रहेको छ । यसै विषयमा केन्द्रित रहेर नारीका सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानी  :  

 

केमिकल पिलिङ भनेको के हो ?

यो एउटा फेसियल जस्तै हो । तर यसमा मेडिकल्ली उपचार गरिन्छ । अनुहारमा कुनै प्रकारको दाग हटाउन तथा कम गर्नको लागि यो उपचार गरिन्छ । यसमा विभिन्न प्रकारका अल्फा हाइट्रोसि एसिडहरुलाई मिलाएर गर्ने उपचार विधी हो ।

यसवाट केकेमा फाइदा पुग्छ ?

पिम्पलका दागहरु, घाउका दाग, कालो धब्बा जस्तै चायाँ, पोतो आदिमा मल्हम औषधीसंगै केमिकल पिलिंग गऱ्यो भने छिट्टै नतिजा आउँछ । साथै अनुहारमा कुनै प्रकारको दाग धब्बा नै नभए पनि फेसियलको सट्टा केमिकल पिलिंग गर्न सकिन्छ । जसले स्किन चम्किलो, सफा र नरम बनाउन मद्धत गर्छ । 

केमिकल पिलिंग कति थरीको हुन्छ ?

नेपालमा ३० थरिका केमिकल पिलिंग उपचार छन् । छालाको प्रकार र रोगको अवस्था अनुसार डाक्टरको सल्लाह बमोजिम कुन उपयुक्त हुन्छ त्यही गर्दा राम्रो नतिजा आउँछ ।

यो कति पटक गराउनु आवश्यक हुन्छ ?

२ देखि ३ हप्तामा १ पटक गराउनु पर्छ ।  यसरी नियमित ६ पटक गर्दा छाला राम्रो हुन्छ । पछि फेसियलको सट्टा यही पिलिंग गराउँदा पनि हुन्छ ।

यसका साइड इफेक्टहरु केके हुन्छ ?

पिलिंग गरेको १–२ दिन सम्म छाला जाने वा रातो हुन सक्छ तर डाक्टरले दिएको मल्हम लगाउने र एक हप्ता जति घामवाट जोगाउनु पर्छ । अन्य कुनै साइड इफेक्टहरु हुदैंनन् । 

यसका फाइदाहरु के के छन् त ?

नियमित गराउँदा मसिनो चाउरीपना हट्छ, अनुहारमा दागधब्बा रहदैंन । 

यो उपचार कतिको महंगो छ ?

यो अन्य उपचार भन्दा सस्तो उपचार हो । एक पटक गराउँदा छाला र त्यसको समस्या हेरेर १ हजार देखि २ हजार रुपैंयासम्म पर्छ ।

कुन उमेर देखि यसको उपचार लिन सकिन्छ ?

टिनएजर देखि ६०–७० बर्षसम्मका लागि यो उपचार गर्न मिल्छ । अर्थात राम्रो हुने चाहना भए सम्मकाले गर्दा केही फरक पर्दैन । 

 

 Image