Successfully Copied

बालबालिकालाई सिर्जनशिल कसरी बनाउने 

बच्चाहरू राती सुत्नु अघि उनीहरूलाई आफूले सोचेको कुनै पनि चिजको दृश्य सहितको कल्पनागर्न लगाउनुहोस् । ती कार्यहरूमा सफल हुनकालागी कल्पनागर्न अनिवार्य छ भन्ने कुरामा उनीहरूलाई प्रोत्साहन दिनुहोस् ।

लकडाउनमा बालबालिकाहरूको बाहिरी गतिविधि लगभग शुन्य भएको छ । अर्काेतर्फ बालबालिका संक्रमण होला की भनेर डराईरहेका छन् । यो डरले उनीहरुको मस्तिष्कमा नराम्रो प्रभाव पनि पार्न सक्छ । यस्तो समयमा उनीहरुको मस्तिष्कमा सकारात्मक सोचको विकास गराएर गतिशिल बनाउन सकेमा उनीहरुको जीवन भर यो कार्य जिवनोपयोगी हुन्छ । 

श्वास प्रश्वासतर्फ उनीहरुको ध्यान केन्द्रित गराउने 
सही तरिकाले श्वास प्रश्वास गर्नाले हाम्रो मस्तिष्कमा राम्रा विचारहरु आउन मद्दत गर्छ । श्वास प्रश्वासलाई ध्यान दिएमा मन एकाग्र हुनुका साथै ध्यान केन्द्रित गर्न पनि सहयोग हुन्छ । बालबालिका सिक्न चाहने स्वभावका भएको कारण उनीहरु हरेक कुरा छिट्टो सिक्न सक्छन् उनीहरूलाई ध्यान दिएर श्वास फेर्नु लगाउनुहोस् । यसरी श्वासफेर्दा शरीर भित्रका अंगप्रत्यांगलाई व्यायाम समेत हुन्छ । यो अभ्यासले उनीहरुलाई शान्त  स्वभावको बनाउछ । उनीहरूले कम उमेरमै आफ्ना विचारहरू र सरोकारहरूको व्यवस्थापन गर्न समेत सिक्छन् ।

क्षमाको शक्तिबारे जानकारी दिने
यदि तपाईं आफ्नो बच्चाको व्यक्तित्व बलियो, शान्त र सफल भएको देख्न चाहनुहुन्छ भने तिनीहरूलाई क्षमाको शक्तिसंग परिचय गराउनुहोस् । बच्चाहरूमा माफगर्ने क्षमता अभिबृद्धि गराउनुहोस, यसले उनीहरूको सम्बन्धमा शान्ति र सद्भाव ल्याउनेछ । यसकालागि बच्चाहरूलाई दैनिक कार्यमा केन्द्रित गराउनुहोस् । उनीहरूलाई कसैलाई चोट पुऱ्याउने वा समस्यामा परेको अवस्थाको बारेमा सोच्न बाध्य गराउनुहोस् वा बच्चा स्वयंलाई कठिन परिस्थितीसंग जुध्ने मौका दिनुहोस् । जब उसको दिमागमा बिबिध विचारहरु आउछन उसलाई ति शब्दहरू दोहोऱ्याउन प्रोत्साहित गर्नुहोस् । म सबैलाई क्षमा दिन्छु, सबैजना खुशी र स्वस्थ होऊन् यस्ता वाक्यांशहरु उनीहरुलाई पटक पटक बोल्न लगाउनुहोस् । 

दृश्यात्मक बनाउने
दिमागले केवल दृश्यहरूबारे सोच्दछ । बच्चाहरू राती सुत्नु अघि उनीहरूलाई आफूले सोचेको कुनै पनि चिजको दृश्य सहितको कल्पनागर्न लगाउनुहोस् । ती कार्यहरूमा सफल हुनकालागी कल्पनागर्न अनिवार्य छ भन्ने कुरामा उनीहरूलाई प्रोत्साहन दिनुहोस् । दिनहुं केहि मिनेटको सकारात्मक छविहरू दिमागमा राख्नु शक्तिशाली अभ्यास हो, जसले उनीहरूलाइ जीवनमा सकारात्मक दृष्टिकोण विकास गर्न सक्षम बनाउंदछ । 

कृतज्ञता बारे सिकाउनुहोस्
बच्चाहरूमा कृतज्ञताको दृष्टिकोण धेरै महत्त्वपूर्ण हुन्छ । तपाईंको जीवनमा राम्रो सकारात्मक चीज वा व्यक्तिहरु भएकोमा अफ्ना बच्चाहरूको लागि कृतज्ञता प्रदर्शन गर्नुहोस् र आफ्ना बच्चाहरूलाई उस्तै भावना जगाउन प्रेरित गर्नुहोस् । घरका हरेक सदस्यले दैनिक एउटा कुनै न कुनै चीज लेख्ने एक डायरी बनाउनुहोस् । जसकालागि डायरीमा सांच्चिकै आभार वा कृतज्ञभाव पोख्नुहोस् । साथै ति व्यक्ति या चिज किन कृतज्ञताका लायक छन् भन्ने कारण पनि लेख्नुहोस् । यसले बच्चाहरूलाई कृतज्ञताको गहिराइमा जान सक्षम बनाउंदछ । बच्चाहरुले आफूसित नभएको कुरामा गुनासो गर्नु भन्दा आफूसंग भएको कुरामा सकारात्मक सोच्न थाल्नेछन् ।
 (लेखिका प्रारम्भिक बालशिक्षा बिशेषज्ञ हुन् ।)
प्रस्तुती : लक्ष्मी भण्डारी

 Image