Successfully Copied

समर स्किन केयर

यो मौसममा क्रिमी फाउन्डेसनको प्रयोग उपयुक्त हुन्छ । हेभी फाउन्डेसनको साटो लिक्विड फाउन्डेसन प्रयोग गर्नुपर्छ तर लिक्विड बेस्ड फाउन्डेसन सुख्खा छालाका लागि उपयुक्त हुँदैन । यस्तो फाउन्डेसन प्रयोग गर्दा मोइस्चराइजर मिसाउनुपर्छ ।

गर्मी मौसममा सुख्खा हावा बढी चल्ने हुनाले छालामा सुख्खापन देखापर्छ । जसको कारण छाला चमकहीन देखिन्छ । 

यस्तो मौसममा ओठ फुट्छ, हात–खुट्टाको छालामा पनि र्‍यासेस र चिरा पर्छ । गाला सुख्खा हुनुका साथै कुर्कुच्चा पनि फुट्छन् । समग्रमा शरीरको सम्पूर्ण छालामा गर्मीको प्रभाव देखिन्छ । छालाको सुख्खापन हटाउन बडी बटर युक्त मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यसमा नर्मल बडी लोसनको तुलनामा बढी मोइस्चर हुन्छ र यसले छालामा चमक ल्याउनुका साथै त्यसलाई कोमल पनि बनाउँछ । 

छाला सामान्य छ भने दिनहुँ बडी बटर प्रयोग गर्नुपर्छ । सुख्खा छालाका लागि चकलेट बटर प्रयोग गर्नु उपयुक्त हुन्छ । छालाको पोषणमा पनि ध्यान पुर्‍याउनुपर्छ । गर्मी मौसममा फ्रुट्स प्याक प्रयोग गर्न सकिन्छ । यसबाट छालामा निखार आउँछ । भिटामिनयुक्त फाउन्डेसन प्रयोग गर्नुपर्छ । आफ्नो छालाको पीएच सन्तुलन कायम राख्नुपर्छ । यसबाट छाला धेरै सुख्खा वा तैलीय देखिँदैन ।

मेकअप कस्तो हुनुपर्छ ?

यो मौसममा क्रिमी फाउन्डेसनको प्रयोग उपयुक्त हुन्छ । हेभी फाउन्डेसनको साटो लिक्विड फाउन्डेसन प्रयोग गर्नुपर्छ तर लिक्विड बेस्ड फाउन्डेसन सुख्खा छालाका लागि उपयुक्त हुँदैन । यस्तो फाउन्डेसन प्रयोग गर्दा मोइस्चराइजर मिसाउनुपर्छ ।

छालाको टोनअनुसार रंगको छनोट गर्नुपर्छ । मिडियम कलरको ब्लसमा वेस नेचुरल हुनुपर्छ । आँखामा मेटालिक टच हुनुपर्छ भने ओठका लागि नेचुरल पिंक एवं रेडजस्ता बोल्ड रंग प्रयोग गर्न सकिन्छ । मौसम सुख्खा छ भने क्रिम बेस्ड प्रयोग गर्न सकिन्छ । कन्सिलर पनि लिक्विडको ठाउँमा क्रिम बेस्ड प्रयोग गर्नुपर्छ । पाउडर आइस्याडो प्रयोग गर्नु हुँदैन । आँखामा मस्कारा र लाइनर प्रयोग गर्नुपर्छ । गोल्ड र मेटालिक सेड्स तथा स्मोकी टच दिनु पनि उपयुक्त हुन्छ । कलर मस्कारा पनि प्रयोग गर्न सकिन्छ । यसमा बर्गन्डी वा ब्लुजस्ता रंग छनोट गर्न सकिन्छ । यो समयमा ओठमा ग्लसी कलर आकर्षक देखिन्छ । बोल्ड कलरको प्रयोगले अनुहारमा चमक प्रदान गर्छ । स्प्रिङमा ब्लसले मुहारलाई फ्रेस लुक प्रदान गर्छ ।

के गर्ने, के नगर्ने ?

गर्मी मौसममा धेरै हेभी डाइटबाट जोगिनुपर्छ । त्यसको साट्टा फ्रुट्स खानुपर्छ । सलाद र लिक्विड डाइट्स पनि यो सिजनको राम्रो विकल्प हो । धेरै तारेको, भुटेको, मसलेदार भोजन खानुहुँदैन । लाइट फुड स्वास्थ्यका दृष्टिले उपयुक्त हुन्छ । यो सिजनमा छाला डिटक्सिफिकेसनमा पनि ध्यान पुर्‍याउनुपर्छ । यसका लागि मनतातो पानी प्रयोग गर्नु उचित हुन्छ ।

– घरबाहिर निस्कँदा सनस्क्रिन प्रयोग गर्नुपर्छ । सनस्क्रिन एसपीएफ ३५ देखि ४५ सम्म हुनुपर्छ ।

– खानामा पर्याप्त फलफूल तथा तरकारी समावेश गर्नुपर्छ ।

– कुर्कुच्चालाई फुट्नबाट जोगाउन कटनको मोजा लगाउनुपर्छ ।

– मृत छाला हटाउन स्क्रविङ गराउनुपर्छ ।

– केश सुख्खा हुन नदिन हट ओयल ट्रिटमेन्ट गर्नुपर्छ ।

– सुत्नुअघि शरीरमा नाइट क्रिम लगाउनुपर्छ ।

(अल ब्युटिपार्ल वनेपाकी सौन्दर्यकर्मी लक्ष्मी श्रेष्ठसंग सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानीमा आधारीत)

 Image