Successfully Copied

महामारीको समयमा दाँतको उपचार

अहिलेको विषम परिस्थितिमा दिनहुँ बिरामीले  दाँतको समस्याका कारण फोन तथा म्यासेज गर्ने गरेको डा. रीना शाक्य बताउँछिन् । डा. रीनाका अनुसार साधारणतया दाँतका सबै समस्यामा तुरुन्त नै डेन्टल क्लिनिकमा गएर उपचार गराउनु आवश्यक पर्दैन । 

कोभिड– १९ महामारीले विश्व आतंकित भएको छ । नेपालमा पनि यो रोग दिनप्रतिदिन फैलिदै गएको छ । यसका कारण एकजना सुत्केरी महिलाको मृत्यु भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीले सम्पूर्ण मानिसको स्वास्थ्यमा प्रतिकूल असर परेको छ । देशमा भएका धेरैजसो दन्तचिकित्सकहरु फोन र डिजिटल माध्यम मार्फत् आफ्ना बिरामीहरुलाई सेवा दिन बाध्य भएका छन् । 

अहिलेको विषम परिस्थितिमा दिनहुँ बिरामीले  दाँतको समस्याका कारण फोन तथा म्यासेज गर्ने गरेको डा. रीना शाक्य बताउँछिन् । डा. रीनाका अनुसार साधारणतया दाँतका सबै समस्यामा तुरुन्त नै डेन्टल क्लिनिकमा गएर उपचार गराउनु आवश्यक पर्दैन । 

डेन्टल पेशा  र उपचार कोभिड–१९ को उच्च जोखिम मध्येमा पर्न आउँछ । त्यसैले अहिलेको स्थिति हेरेर समस्या कत्तिको गम्भीर छ, सोही अनुसार अस्पताल अथवा डेन्टल क्लिनिक गएर उपचार गराउनु वेश हुन्छ । 

आपतकालीन दाँतको समस्यामा मुख्यतयाः रगत नरोक्नु, नरम तन्तुको संक्रमण भएर मुखको बाहिर र भित्रि भाग सुन्निनु, अनुहारको हड्डीमा चोटपटक लागेर बिरामीको श्वास प्रश्वासमा अवरोध भएको अवस्था आदि बुझिन्छ । त्यस्तै दाँतको अत्यावश्यक समस्यामा जस्तै दाँतको असह्य पीडा, बुद्धि बंगारा आउन नसक्दाको दुखाइ, दाँतको वरिपरि सुजन हुनु (सुन्निनु), दाँत भाचिनु, दाँतको कृत्रिम खोल निस्किएर गिजामा संक्रमण हुनु र दाँत मिलाउने क्रममा कुनै तारहरु बाहिर निस्किएर घोचिनु इत्यादी बुझिन्छ । यस्तो अवस्थामा मात्र उपचार गराउन आउनु आवश्यक हुन्छ । 

यी माथिका आपतकालीन र अत्यावश्यक समस्या बाहेक दाँतको साधारण समस्याका लागि हामी आफंै सजग भएर घरमा नै समस्याको समाधान गर्नु उचित हुन्छ । समस्याको समाधान नभएमा आफूले देखाइरहेको दन्त चिकित्सकको परामर्श लिएर औषधी सेवन गर्न सकिन्छ । 

कोभिड–१९ को संक्रमण थोप्लो संक्रमण (ड्रप्लेट इन्फेक्सन ) बाट पनि सर्न सक्छ । दन्त चिकित्सामा बिरामीको मुख खोलेर काम गर्ने र उपचारमा एरोसोल निस्किने हुँदा स्वास्थ्यकर्र्मी र बिरामी संक्रमित हुने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसैले यस्तो अवस्थामा काम गर्दा स्वास्थ्यकर्र्मीले पीपीइ, एन–९५ मास्क, भाइजर लगाउनु पर्ने हुन्छ । यी सबै सामग्री जुटाउन दन्त चिकित्सकलाई थप लगानी पर्ने हुँदा दन्त चिकित्सा पहिलेको दाँजोमा अलि खर्चिलो हुन आउँछ । 

अहिलेको अवस्थामा कतिपयमा लक्षण विना नै संक्रमण देखिएकाले दन्त चिकित्सकले सबै उपचारमा सुरक्षा विधि अपनाएर काम गर्नु पर्ने हुन्छ । तसर्थ बिरामीहरुले पनि यस विषम परिस्थितिलाई बुझेर  उपचार गराउनु उपयुक्त हुन्छ । 

 

लुमन्ती डेन्टल क्लिनिक, पाटन ढोका, ललितपुर  

 Image