Successfully Copied

गाडीका पाटपुर्जाबाट भेन्टिलेटर बनाउँदै अफगानी किशोरी

महिला रोबोटिक्स टोलीकी एक सदस्य  १७ वर्षीया नाहिद रहीमी भन्छिन्, ‘हामीले एउटा मात्रै ज्यान बचाउन सकियो भने पनि यो निक्कै महत्वपूर्ण हुनेछ । ‘अफगान ड्रिमर’ भनेर चिनिने यी केटीहरू त्यहांको पश्चिमी प्रान्त हेरातबाट आएका हुन्

अफगानिस्तान रोबोटिक्स किशोरी समूहले कारका पुराना पाटपुर्जा र मोटरसाइलको चेन ड्राईभको प्रयोग गरीकोरोना भाइरस बिरामीहरुका लागि सस्तो भेन्टिलेटर बनाइरहेका छन् । सन् २०१७ माअन्तर्राष्ट्रिय मिडियामा हेडलाइन बनेका यि टिनएजर्स युवतीहरु अहिले आफ्नै देशमा उत्साहका साथ यस्तो कार्यमा लागेका हुन् । त्यसवर्ष उनीहरूले अमेरिकामा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा विशेष पुरस्कार जितेका थिए । अहिले उनीहरु आगामी मे महिनाको अन्त्यसम्ममा आफूहरुद्धारा निर्मित भेन्टिलेटर वितरण गरिसक्ने दौडमा छन् ।

वर्षौको युद्धले क्षतबिक्षत अफगानिस्तानमा करिब ३९ मिलियन जनसंख्याका लागि अधिकतम् ४ सय भेन्टिलेटर मात्रै उपलब्ध छन् । हालसम्म लगभग ८ हजार कोरोना भाइस संक्रमित तथा १ सय ८० जनाको मृत्युको पुष्टि भइसकेको अफगानिस्तानमा पहिले नै कमजोर स्वास्थ्य उपचार प्रणालीलाई असर गर्ने डर त छ नै त्यस माथिपनि अबको अवस्था झनै खराब हुने बिश्लेषकहरु बताउँछन् ।

महिला रोबोटिक्स टोलीकी एक सदस्य  १७ वर्षीया नाहिद रहीमी भन्छिन्, ‘हामीले एउटा मात्रै ज्यान बचाउन सकियो भने पनि यो निक्कै महत्वपूर्ण हुनेछ । ‘अफगान ड्रिमर’ भनेर चिनिने यी केटीहरू त्यहांको पश्चिमी प्रान्त हेरातबाट आएका हुन्, जहांबाट अफगानिस्तानमा कोविड १९ को पहिलो घटना रिपोर्ट गरिएको थियो ।

१४ देखि १७ वर्षबीचका यि अफगानी किशोरीले टोयोटा कोरोलाबाट मोटर र होन्डा मोटरसाइकलको चेन ड्राईभको प्रयोग गरेर प्रोटोटाइप बनाइरहेका छन् । उनीहरू भन्छन्, ‘हाम्रा उत्पादनले आपतकालमा श्वासप्रश्वासको समस्याभएका बिरामीहरूलाई अस्थायी राहत दिनेछन् ।’

टोलीकप्तान सोम्याफारुकी भन्छिन्, ‘म गर्व महसुस गर्दछु र टोलीका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिन चाहान्छु, जसले हाम्रा डाक्टर र नर्सहरूलाई सहयोग पु¥याउन अर्थपूर्ण कोशिस गरिरहेका छन् ।’

अहिले भेन्टिलेटर अभाव विश्वव्यापी समस्या बनिरहेको छ । करिब ३० हजार देखि ५० हजार अमेरिकी डलर मूल्य पर्ने यि उपकरण धेरै गरीब देशहरूले तत्काल खरिद गर्ने स्थिति छैन । तर ति किशोरीहरु ६ सय अमेरिकी डलरमा खरिद गर्न सकिने यो र यस्तै अन्य उपकरणहरु आफैं निर्माण र उत्पादनको तयारीमा लागिरहेको बताउँछन् । 

अहिले हेरात सहर लकडाउनमा छ, सम्पूर्ण कलकारखाना, उद्योग, पसल ठप्प छन् । यस्तो अवश्थामा पनि यि किशोरीहरु चुनौती मोल्दै स्रोतसाधन जुटाउन अर्थात् गाडी र मोटरसाइकलका पार्टस बटुल्न बाहिरी प्रदेश र भुगागमा निस्किने गरेका छन् । अफगानिस्तान रोबोटिक्स युवती टोलीकी संस्थापक रोया महबूब टाइम म्यागजिनको सबैभन्दा प्रभावशाली १०० व्यक्तिको सूचीमा सूचीकृत युवती हुन् । उनी भन्छिन्, ‘हाम्रो टोलीले मे महिनाको अन्त्यसम्म भेन्टिलेटरहरू दिनसक्नेछ, यसले अफगान सरकारलाई समेत ठूलो राहत मिल्नेछ ।’

यो पहललाई अफगान सरकारले स्वागत गरेको छ । ‘मलाई खुशी छ कि राष्ट्रपति अशरफ घानीले व्यक्तिगत रूपमा अधिकारीहरुलाई हाम्रो परियोजना हेर्न र कुनै पनि हालतमा मद्दत गर्न आदेश दिएका छन् ।’ महबूबले भनिन् । अफगान स्वास्थ्य मन्त्रालयले समेत ती युवतीहरुलाई सहयोग गर्दैछ ।

स्वास्थ्यमन्त्रालयका प्रवक्ता वाहिदमयार भन्छन्, ‘प्रक्रिया पूरा भएपछि हामी यि उपकरणहरुलाई प्रयोगमा ल्याउनेछौं । बिरामी सुरक्षा हाम्रो प्राथमिकता हो, त्यसैले हामीले कोरोना भाइरस बिरामीहरूमाथि प्रयास गर्नुअघि यो जनावरहरूमा परीक्षण गर्नेछौं ।’

(बीबीसीन्युजको सहयोगमा)

 

 Image