Successfully Copied

दाह्रीको हेरचाह र सुरक्षा कसरी गर्ने ?

दाह्रीको लागि बजार या सलुनमा विभिन्न प्रकारका तेल उपलब्ध छन् । दाह्रीमा दैनिक या दिन बिराएर तेल मालिस गर्दा चम्किलो, मुलायम र आकर्षक देखिन्छ । 

आहिले दाह्री लोकप्रिय फेसनमा छ । सेलिब्रेटीदेखि आमपुरुषसम्म यो जल्दोबल्दो फेसन ट्रेन्ड बनेको छ । टिभी, फिल्म या खेलकुदका साथै आम मानिसमा पनि दाह्री अनेक शैलीमा राखेको देख्न पाइन्छ । यसलाई कसरी केयर गर्ने ? भन्नेबारे हेयर एक्सपर्ट निल डेबिड कटवालको सुझावः

१ दैनिक धुने 

दाह्रीले धूलो र तेल छिटो टिप्ने हुनाले यसलाई दैनिक स्याम्पु वास गर्नु जरुरी छ । दाह्रीको लागि बनेको ब्वाइज बेयर्ड स्याम्पुद्धारा दाह्री धुनुपर्छ । जुनपायो त्यहीं स्याम्पू प्रयोग गर्नाले छालामा असर पुर्याउंछ । 

२ दैनिक ब्रश गर्ने

बिहाननुहाएर सुख्खा भइसकेपछि दाह्री ब्रश गर्नुपर्छ । यसले दाह्रीको राम्रो केयर गर्नुका साथै रक्तसञ्चारमा पनि मद्धत पुग्छ र सुख्खा हुनबाट समेत बचाउँछ । 

३. तेल मालिस 

दाह्रीको लागि बजार या सलुनमा विभिन्न प्रकारका तेल उपलब्ध छन् । दाह्रीमा दैनिक या दिन बिराएर तेल मालिस गर्दा चम्किलो, मुलायम र आकर्षक देखिन्छ । 

४. बाम लगाउने 

धैरैलाई थाहा नहुन सक्छ, बेयर्ड बाम दाह्रीको लागि धेरै थोक हो । साथै मोस र जेल पनि दाह्रीको स्टायलिङका लागि उपयुक्त प्रसाधन हुन् ।

५. दाह्री ट्रिम गर्ने

समयसमयमा दाह्री ट्रिम गर्न जरुरी छ । यसले दाह्री मेन्टेन गर्नुका साथै ग्रोथमा पनि सघाउँछ । ट्रिम गर्नाले दाह्री सफा र हाइजेनिक देखिन्छ । आफूलाई स्वस्थ र सफाचटको महसुस हुन्छ ।

 

 Image