Successfully Copied

बालबालिकामा हुने आँखाको समस्या र समाधानका उपाय

आँखामा कालो र सेतो भाग हुन्छ । स्वस्थ आँखा हुन कालो भाग कालै र सेतो भाग सेतै हुनुपर्छ । यदि कालो भागमा सेतो रङ देखिएमा चिकित्सकलाई देखाइहाल्नु पर्छ ।

आँखा संवेदनशील अंग मध्येको एक हो । सबै उमेर समूहका मानिसमा आँखासम्बन्धी समस्या हुन सक्छ । उमेर बढेसँगै आँखामा समस्या आउनु स्वभाविक भएपनि केहीबालबालिकामा समेत आँखा सम्बन्धी समस्या देखिन्छ ।

सबै बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन् । आफ्ना बच्चाको आँखा ठिक छ कि छैन भनेर अभिभावकले ध्यानदिनु आवश्यक छ । बच्चा जन्मेपछि दुइ, तीन महिना पछि अनुहार हेरेर मुस्कुराउने, उज्यालो पछ्याउने हुनुपर्छ । यदि तीन महिनासम्मको बच्चालाई आवाज सुनेर मात्र हेर्छ कि वस्तु हेरेर पनि पछ्याउँछ विचार गर्नुपर्छ ।

आँखा हल्लिइरहेको वा दुवै आँखाले सिधा अगाडि सोझो हेर्दैन भने अभिभावकले बच्चाको आँखा कमजोर रहेछ भनेर बुझ्नुपर्छ । यस्तो कुनै समस्या भएको लागेमा डाक्टरकोमा जचाउँनुपर्छ । स्कुलमा राम्रोसंग पढ्न सक्दैन, गृहकार्य सार्न सक्दैन र घरमा टिभी हेर्दा टाढा बसेर हेर्दाहेर्दै नजिकै आएर हेर्न खोज्छ भने दृष्टि कमजोर भएको हुनसक्छ ।

नेत्रविशेषज्ञ डा. प्रज्ञा बस्नेतले बालबालिकाको आँखा सुरक्षाकालागि केही टिप्स दिएकी छिन् । जुन निम्नानुसार छः

१.बालबालिका नयाँ ठाउँमा जाँदा अभिभावक खोज्ने, आफैं हिड्न नसक्ने, आवाज पछ्याउने तर हेरेर हिँड्न नसक्ने हुन्छन् । हिँड्न खोज्दा ठोक्किने, पटक पटक लड्ने भयो भने पनि आँखामा समस्या छ कि भनेर बेलैमा ध्यान दिनुपर्छ ।

२. आँखामा कालो र सेतो भाग हुन्छ । स्वस्थ आँखा हुन कालो भाग कालै र सेतो भाग सेतै हुनुपर्छ । यदि कालो भागमा सेतो रङ देखिएमा चिकित्सकलाई देखाइहाल्नु पर्छ ।

३. बच्चाहरुको आँखाको नानी अस्वाभाविक रुपम टल्किरहन्छ वा बिरालोको जस्तो नानी देखिएको छ भने तुरुन्त जाँच गराउनुपर्छ । किनकि त्यो आँखाको क्यान्सर पनि हुन सक्छ । त्यसलाई चिकित्सकीयभाषामा रेटिनोब्लास्टोमा भनिन्छ । त्यसको समयमा उपचार भएमा औषधि दिएर ट्युमर सानो बनाउन सकिन्छ । केमोथेरापी दिएर ज्योति बचाउन सकिन्छ तर ढिला भएमा आँखा झिकेर फाल्नुको विकल्प हुँदैन ।

४. गर्भवती अवस्थामा महिलालाई मधुमेह छ भने जन्मिने बच्चामा मोतिविन्दु हुने खतरा हुन्छ । त्यो समयमा कुनै संक्रमण भएमा पनि बच्चाको आँखामा असर पर्न सक्छ ।

 

यस्ता कुरा अभिभावक, विद्यालयका शिक्षकले ध्यान पु¥याउन आवश्यक छ । त्यसबाहेक पनि ६ महिना वा एक वर्षमा नियमित रुपमा बच्चाको आँखा जाँच गराइरहनुपर्छ । बच्चा समय नपुग्दै जन्मिएको छ, जन्मँदा बच्चाको तौल १५ सय ग्राम भन्दा कम छ भने आँखामा समस्या देखिने प्रबल सम्भावना हुन्छ ।

 Image