Successfully Copied

यसरी घरमै बनाउनुस् अदुवाको स्वादिलो क्याण्डी

बालबालिकालाई लक्षित गरी अदुवाको क्याण्डी बनाउन सकिन्छ । जुन उनीहरुले रुचाउँछन् । यसलाई मिठाईको रुपमा मात्र नभएर पाचन चक्कीका रुपमा खान सकिन्छ ।

अदुवा भान्छामा नभइ नहुने मरमसला मध्ये एक हो । अदुवालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यो स्वास्थ्यकालागि निकै फाइदाजनक भएपनि बालबालिकालाई उतिसारो मन पर्देन । यसर्थ बालबालिकालाई लक्षित गरी अदुवाको क्याण्डी बनाउन सकिन्छ । जुन उनीहरुले रुचाउँछन् । यसलाई मिठाईको रुपमा मात्र नभएर पाचन चक्कीका रुपमा खान सकिन्छ ।

अदुवाको क्याण्डी बनाउन ध्यान दिनुपर्ने कुराः

– रेशा कम भएका नरम अदुवाको छनौट गर्ने ।

– राम्रोसँग नसुकाईएको क्याण्डीमा छिटै नै ढुसी लाग्ने र बिग्रने हुनाले क्याण्डी प्याकिङ्गगर्दा राम्रोसँग सुकाएर मात्र गर्नु पर्दछ ।

बनाउने तरिका

– अदुवालाई धोएर बोक्रा हटाउने ।

– बोक्रा हटाई अदुवालाई काँटाको सहायताले चारैतिर प्वालपार्ने ।

– क्याण्डी कस्तो आकारमा बनाउने हो त्यस्तै गरेर अदुवाको एकनासको टुक्रा काट्ने ।

– अदुवाको टुक्राहरुलाई नुनपानीमा एक रात डुबाउने ।

– उक्त टुक्रालाई भोलिपल्ट सफा पानीले नुनिलो नहराउञ्जेल पखाल्ने ।

– प्रेसर कुकरमा टुक्रालाई पकाउने ।

– पाकेपछि अदुवाको टुक्रा डुब्ने बराबरको पानीमा २५ प्रतिशत चिनी र ०.५ प्रतिशत साईट्रीक एसिड लिई १० मिनेटसम्म पकाएर २४ घण्टासम्म चास्नीमा डुवाएर छाड्ने । यसो गर्दा टुक्रामा भएको पानी निस्कन्छ र विस्तारै गुलियोपना अदुवाका टुक्रा भित्र पस्दछ । यसलाई एकदिन त्यतिकै राख्ने ।

– भोलिपल्ट अदुवाको टुक्रालाई अलग गरी चास्नीमा २५ प्रतिशत चिनी हालेर १० मिनेट तताउने ।

– चिनी पग्लि सकेपछि चास्नीलाई कपडाले छानेर टुक्रालाई २४ घण्टा चास्नीमा डुबाई छोड्ने ।

– अर्काे दिन अदुवाको टुक्रालाई १० मिनेट तताउने र टुक्रा निकाली चास्नी तर्काएर हावामा सुकाउने र सुख्खा बनाउने र क्याण्डी तयार हुन्छ ।

 Image