Successfully Copied

बच्चाको घाँटीमा खानेकुरा अड्किए के गर्ने ?

बालबालिकालाई खानेकुरा अड्किन नदिन र अड्किएमा अपनाउनु पर्ने उपायहरूका बारेमा बाल विशेषज्ञ डाक्टर प्रभा क्षेत्रीले केही सुझाव दिएकी छन् ।


केटाकेटीहरू खानकालागि प्रायः उत्साहित हुन्छन् । मनपर्ने खानेकुरा खाँदा कत्रो आकारको वा कत्रो गाँस हालेर खाने भन्ने बिर्सन्छन् । जसकारण खानेकुरा घाँटीमा अड्कने समस्या हुन्छ । खानेक्रममा उनीहरुको दिमाग अन्यत्र मोडिँदा पनि अड्कने खतरा हुन्छ । खानेकुरा अड्किएपछि स्वास फेर्न गाह्रो हुन्छ । जसकारण बालबालिकाको मृत्युसमेत हुन सक्छ । यसर्थ बालबालिकालाई खानेकुरा अड्किन नदिन र अड्किएमा अपनाउनु पर्ने उपायहरूका बारेमा बाल विशेषज्ञ डाक्टर प्रभा क्षेत्रीले केही सुझाव दिएकी छन् ।

– बच्चालाई गाँजर खान नदिनुहोस् ।

– स्याउ र अन्य ठोस फलहरू सानो–सानो टुक्रा बनाएर मात्रै दिनुहोस् ।

– बच्चालाई राम्रोसित चपाएर मात्रै निल्न सिकाउनुस् ।

– काजु, पिस्ता, बदामलगायतका ड्राइ फ्रुट्स खुवाउनु अघि राम्ररी पिस्नुहोस् ।

– हाँस्दा वा उफ्रदा मिठाइ घाँटीमा अड्कन सक्छ । यो कुरामा सचेत रहनुस् ।

– भुटेको मकै अड्कने खतरा धेरै हुन्छ । यो खादाँ सावधान रहनुस् ।

एकवर्ष मुनिका शिशुबारेः

– धेरै हल्ला नगर्नुहोस् र नचिच्याउनुहोस् ।

– बच्चालाई आफ्नो काखमा घोप्टो पारेर राख्नुहोस् । त्यसपछि यसबीचमा बच्चाको टाउको र घाँटीलाई सहारा दिनुहोस् । ध्यान दिनुहोस्कि, बच्चाको टाउको मुटुको तहभन्दा माथि नै छ ।

– बच्चाको पिठ्युँ र काँधको बीच भागमा हल्का रूपमा धाप मार्नुहोस्, यो प्रकृया दोहोर्याइरहनु पर्छ  । यसले अड्केको चीजलाई बाहिर निकाल्छ ।  

– आफ्ना दुईऔंलाको सहायताले बच्चाको छातीमा हल्का दबाउनुहोस् । धेरै कडा दबाउनु हुदैन् ।
– अड्किएको वस्तु बाहिर ननिस्किउञ्जेल यो प्रकृया गरिरहनुहोस् ।

 Image