Successfully Copied

तनाव कम गर्न म्युजिक थेरापी

तनावका कारण कतिपयलाई डिप्रेसन लगायतका रोग देखिन थालेको चिकित्सकले बताउँदै आएका छन् । तनावकै कारण आत्महत्यागर्नेको सङ्ख्या बढ्दो छ । यो स्थितिमा तनाव कमगर्न म्युजिक थेरापी प्रभावकारी हुने एक्सप्रेसिभ आर्ट थेरापिस्ट साधना थापा बताउँछिन् ।

कोरोना भाइरस र लकडाउनका कारण धेरै मानिस तनावमा छन् । रोगको त्रास त छँदै छ, कतिपयलाई त हातमुख जोर्न नै धौ धौ छ । कतिपयको रोजगारी तथा व्यवसाय धरापमा परेको छ । जसकारण तनाव बढ्दो छ । तनावका कारण कतिपयलाई डिप्रेसन लगायतका रोग देखिन थालेको चिकित्सकले बताउँदै आएका छन् । तनावकै कारण आत्महत्यागर्नेको सङ्ख्या बढ्दो छ । यो स्थितिमा तनाव कमगर्न म्युजिक थेरापी प्रभावकारी हुने एक्सप्रेसिभ आर्ट थेरापिस्ट साधना थापा बताउँछिन् । थापाले म्युजिक थेरापीबारे दिएका केही उपयोगी जानकारीहरूः

– म्युजिक थेरापी घरैमा वा थेरापी सेन्टरमा गएर गर्न सकिन्छ ।

– घरैमा भए मोबाइल वा एमपीथ्री मार्फत् आफूलाई मनपर्ने म्युजिक बजाएर एकाग्र भइ सुन्न सकिन्छ ।

– इयरफोन लगाएर पनि सुन्न सकिन्छ तर एकाग्र हुनु जरुरी छ । आफुलाई मनपर्ने गीत वा संगीतको धुनसंगै आफूलाई त्यसैमा सम्मोहित गराउनु यसको मुख्य बिशेषता हो ।

– यो उपचार बिधिमा सबैकुरा बिर्सिएर गीतका शब्द सुन्ने, संगीतको सुरताल र लयमा बग्ने गरिन्छ ।

– भारतका बिरामीहरू तनावबाट छुटकारा पाउन यसको सहारा लिइरहेका छन् । प्राय अस्पतालहरूमा बिहान र साँझ बिरामीहरूको लागि मनपर्ने संगीत सुनाइन्छ ।

– धेरैजसो मानिस उदासीन हुन्छन् । यस्तो अवस्थामा, योग, संगीत, पुस्तकहरू, मानसिक डिप्रेसनबाट गुज्रिरहेका बिरामीहरूकालागि उत्तम साधन हुनसक्छन् ।

– हरेक बिहान एक घण्टाको संगीत उपचार लिनु उत्तम उपाय बन्नसक्छ । मनपर्ने संगीतमा रम्दै झुम्दै सारा पिर भुल्न सकिन्छ ।

– म्युजिक थेरापीले बालकदेखि बृद्धसम्मका लागि प्रभावकारी काम गर्छ । यसले दिमागमा भएका बिकार ह्रास हुंदै जान्छन् ।

– जुनसुकै रोग लागेका बिरामीलाई उपचार गर्न म्युजिक थेरापी काम लाग्दछ । यो सबैप्रकारका मानिस र बिरामीहरुकालागि उत्तिक्कै लाभदायक छ ।

 Image