Successfully Copied

वर्षातमा ब्युटिफूल लुक्स

अहिले पोलिस्टर मिसिएको कपडाहरु बढी चलन चल्तीमा छ । वर्षातको समयका लागि यो कपडा उपयुक्त मानिन्छ । जर्जेट, सिफन का कपडा भिजेपछि शरीरमै टाँसिने हुँदा यी फेब्रिकलाई उपयोग नगरेकै राम्रो हुन्छ ।

वर्षातको समयमा कटन, लाइक्रा, नाइलन आदि फेब्रिकको पहिरन लगाउन सकिन्छ । कटन फेब्रिकका कपडा पानीले भिजेको अवस्थामा पनि छालामा एलर्जी हुँदैन । तर कटन सुक्नका लागि समय लाग्ने भएकोले फेरि हाल्नु पर्छ ।

त्यस्तै, नाइलन इक्रा कटनको तुलनामा चाडै सुक्छ । भिजेको छ भने पनि शरीरमा टाँसिदैन । तर यी फेब्रिक स्किन र स्वास्थको हिसाबले भने त्यति उपयुक्त मानिदैन । यद्यपि, बर्षा मौसममा स्टाइलिस्ट रुपमा देखिनका लागि नाइलन इक्राको कपडा राम्रो मानिन्छ ।

अहिले पोलिस्टर मिसिएको कपडाहरु बढी चलन चल्तीमा छ । वर्षातको समयका लागि यो कपडा उपयुक्त मानिन्छ । जर्जेट, सिफन का कपडा भिजेपछि शरीरमै टाँसिने हुँदा यी फेब्रिकलाई उपयोग नगरेकै राम्रो हुन्छ । तर यो कपडा हावाकै भरमापनि छिटो सुक्छ ।

डिजाइन र रंग

फेशन डिजाइनर मञ्जु ढकाल वर्षातको मौसमलाई अझै रोमाञ्चक बनाउनकालागि छोटो वानपीस ड्रेस र स्कर्ट छान्न सुझाब दिन्छिन् । ढकालका अनुसार वर्षात्मा रंग र छोटो पहिरनमा बढी खुल्न सकिन्छ । मिड लेन्थ ड्रेस स्कर्ट, वानपीस वर्षातको लागि एकदमै उपयुक्त छ ।

हरियाली र फूलहरुका अनेक रंगले वातावरण पनि उतिकै रमाइलो हुन्छ । यो मौसममा बोल्ड प्रिन्ट र रंगको प्रयोग गरी प्रकृतिको नजिक हुन सकिन्छ ।  यो मौसममा रातो, पहेंलो, हरियो र नीलो गाढा रंगमा फ्लोरल स्कर्टको साथमा सेतो, खरानी, पिंक आदि बेसिक रंगको सर्टस् वा टप लगाएर गुड मनसुन लुक देखिन सकिन्छ । यदि चम्किलो रंगहरु प्रयोग गर्ने मन छैन भने चेरी, पीच, म्यांगो एल्लो जस्तो म्युटेड शेड्सको साथ प्रयोग गर्नुपर्छ । यसले शालिन देखाउँछ ।

त्यस्तै फेसन डिजाइनर आस्तिक शेरचनका अनुसार पाइन्ट, स्कर्ट, प्लाजा, सुरुवाल आदि जतिसक्दो गाढा रंग नै प्रयोग गर्ने सुझाव दिन्छन् । हट लुकका लागि स्ट्रेच कोट, सिम्पल कटन र फिटिङ टप लगाउन सकिने बताउँछन् ।

रबरको एक्सेसरीज

वर्षातको समयमा सकेसम्म कमै एकसेसरीजहरु लगाउनुपर्छ । पानीपर्दा हावाले यसको रंगलाई फिका बनाइदिन्छ र कतिपय बिग्रन्छ पनि । सकेसम्म वाटरप्रुफ जुत्ताहरु लगाइ निस्कनुपर्छ । यो मौसममा हिल जुत्ताहरुलाई सकभर नलगाउनु नै उचित हुन्छ । रबर तथा जेली जुत्ताहरु तथा एसेसरीजहरु अहिले निकै चल्तीमा छ । त्यस्तै कलरफूल रेनकोट तथा छातालाई प्रयोग गर्ने र वाटरप्रुफ बोल्ड कलरका घडीहरु लगाउँदा आकर्षक, फरक र बोल्ड लुक्स दिन्छ ।

 Image