‘आँचल अन्दाज’
भाद्र १४, २०७७
संघर्षलाई जीवन बुझेकी आँचल परिश्रमपछिको फल असाध्यै स्वादिष्ट हुने बताउँछिन् । उनको जीवनमा पनि परिश्रमपछि धेरै सफलता प्राप्त भएको छ । मान्छे कमाउन सक्नु आँचल आफ्नो आजसम्मको उपलब्धि ठान्छिन् । महिलालाई धेरै कुराको संगम बताउने उनी नारीमा भएको अद्भुत शक्ति अन्य कुनै प्राणीमा नभएको धारणा राख्छिन् । ‘नारीले हरेक भूमिका पूर्ण रूपमा निर्वाह गर्न सक्ने भएकाले नारी शक्तिलाई बुझ्न बसेर होइन, उठेर मनन गर्नुपर्छ ।’ नारीलाई महत्त्वपूर्ण रूपमा बुझ्न नसकेकामा उनको भनाइ छ, ‘एकै ठाउँमा बसेर महिला र पुरुषले एउटै कुरा बोले पनि महिलाले बोलेका कुरालाई बङ्ग्याइन्छ, अर्को अर्थ लगाइन्छ, खोइ त सही अर्थमा महिलालाई बुझिएको ? पुरुषले बलियो आवाज उठाए बहादुर भनिन्छ, त्यही कुरा महिलाले बोले अनर्थ सोचिन्छ । महिला माथि उठ्न खोज्दा ‘मेल इगो’ मा हिट हुने भएर होला, महिलाको बोल्ड आवाज सह्य हुँदैन ।’ धेरैले आँचललाई घमण्डी भन्छन् तर उनलाई लाग्छ, आवश्यक घमण्ड र स्ट्यान्ड लिने बानीकै कारण आज उनी
आफ्नो क्षेत्रमा सफल छिन् । महिलाभित्र दक्षता, आत्मविश्वास, कसैको अगाडि बिनाकारण नझुक्ने स्वभाव र दृढता भयो भने जुनसुकै क्षेत्रमा सफल हुन्छन् भन्ने आँचलको अनुभवले बताउँछ ।
संस्कार समयसँगै परिवर्तन हुनुपर्ने धारणा राख्छिन्, आँचल । संस्कारमा सहजता हुनुपर्छ भन्ने आँचल समयसापेक्ष छिन् । आजसम्म तीजको व्रत नबसेकी उनी भन्छिन्, ‘मैले एक दिन व्रत बसेर श्रीमान्को खुट्टाको पानी खाँदैमा आयु बढ्ने कुरामा विश्वास लाग्दैन । यसो भन्दैमा नास्तिक पनि होइन ।’ समयअनुसार नराम्रा रीतिरिवाज परिमार्जन हुनुपर्छ भन्ने मान्यता उनको छ । विवाहपछिको पहिलो तीज भएकाले विवाहकै दिनको सारी र गहना लगाएर यसपालिको तीज मनाउने विचारमा छिन् । उनका श्रीमान् उदीप श्रेष्ठ ‘डाइटिसियन’ हुन् । उनी खानेकुरामा अत्यन्तै सजग छन् तर आँचल भने श्रीमान् जस्तो हुन नसकिरहेको बताउँदै भन्छिन्, ‘म उहाँको राम्रो क्लाइन्ट होइन किनकि उहाँले दिएको डाइट चार्ट फलो गर्न सकिरहेकै छैन किनभने त्यो लिस्टमा मीठो खानेकुरा हुँदैन ।’
आँचलको धारणा
नारीत्व– शक्ति
आमा– सबथोक
सशक्तीकरण– नारी
स्वतन्त्रता– आवश्यकता
परिवारभित्रको अचम्मलाग्दो चलन– बाटोघाटो जहाँ भेट्दा नि खुट्टा ढोग्नुपर्ने
मिति सकिएको जोक– एउटा बूढो बच्चैमा मर्यो
आफ्नो कथा– खुसी
चुरा, टीका, सिन्दूर, पोते– सौभाग्य
पुरुषार्थ– अहमता
महिलाका लागि शिक्षा कि सशक्तीकरण– शिक्षा
मन पर्दैन
- हेपेको
- महिलाले के नै पो गर्न सक्छन् र ? भनेर कम आँकेको
- संस्कारका नाममा महिलालाई गिराएको
- पछाडि कुरा काटेको
- आत्मसम्मानमा ठेस पुर्याएको
- परिवारबारे नराम्रो टीकाटिप्पणी गरेको
तस्बिर : महेश प्रधान
डिजाइनर : सुष्मा सिंह
पहिरन : वुमन्स प्लानेट, घण्टाघर
मेकअप : अम्बु रुचाल, स्टाइलिङ ब्युटी स्टुडियो, ज्ञानेश्वर
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्