Successfully Copied

एक्ने आयल कन्ट्रोल क्लिन्जर

छालामा चिल्लोपना र डन्डिफोरको समस्या कम गर्ने ‘एक्ने आयल कन्ट्रोल क्लिन्जर’ बजारमा आएको छ ।

छालामा चिल्लोपना र डन्डिफोरको समस्या कम गर्ने ‘एक्ने आयल कन्ट्रोल क्लिन्जर’ बजारमा आएको छ । मानिसको छालामा पाइने अति सूक्ष्म ग्रन्थी ‘सिबासियस ग्ल्यान्ड’ ले उत्पादन गर्ने चिल्लो पदार्थ ‘सिबम’ ले केही हदसम्म छाला स्वस्थ बनाउन मद्दत गर्छ । यसको अधिक उत्पादनले छाला चिल्लो हुन्छ । हर्मोनल परिवर्तन, मौसम, जीवनशैली र तनावले ‘सिबम’ को उत्पादन बढ्छ । बढी उत्पादन भए छालाका छिद्रहरू बन्द भई डन्डिफोर हुन्छ । ‘एक्ने आयल कन्ट्रोल क्लिन्जर’ ले छालाको चिल्लोपन हटाउँछ । यति मात्रै होइन, यसमा भएका मुख्य तत्त्व ‘माइक्रो ग्य्रान्युयल्स’ मा अत्याधिक मात्रामा रहेको चिल्लो सोसेर मृत कोशिकालाई विस्थापित गर्छ । यो क्लिन्जरमा रहेको अर्को पदार्थ ‘जिंक पिसिए’ ले छालामा चिल्लो पदार्थको उत्पादन नियन्त्रण गर्छ र डन्डिफोर आउनबाट रोक्छ ।

 Image