Successfully Copied

कोरोना महामारीमा गर्भवतीको मानसिक स्वास्थ्य

कोभिड–१९ महामारीमा लाखौं मानिस संक्रमित भए, अझै संक्रमित हुने क्रम रोकिएको छैन । धेरैको मृत्यु भइसकेको छ ।

कोभिड–१९ महामारीमा लाखौं मानिस संक्रमित भए, अझै संक्रमित हुने क्रम रोकिएको छैन । धेरैको मृत्यु भइसकेको छ । मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र यसबाट प्रभावित छ । पहिलेको जस्तो जीवन सरल र सहज छैन, दिनचर्या बिथोलिएको छ । नियमहरू फेरिएका छन् । कोरोनाभाइरस संक्रमणको दर घटाउन लामो समय बन्दाबन्दी र निषेधाज्ञा पनि गरियो । अहिले अवस्था केही सामान्य भएको आभाष भएपनि अझै खुलेर सामाजिक सम्पर्क राख्न सक्ने स्थिति बनिसकेको छैन । यस्तो अवस्थामा शारीरिक र सामाजिक एक्लोपनले आममानिसको मानसिक स्वास्थ्यमा गहिरो असर पुर्‍याउूछ । जोखिममा रहेका समूहलाई मानसिक अस्वस्थताले गाँजेकै छ । खासगरी गर्भवती र सुत्केरी समूह बढी प्रभावित छन् ।

गर्भावस्था महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण अवस्थामध्ये एक हो । यो आफैमा उत्साहपूर्णसूगै अन्यौलपूर्ण अवस्था पनि हो । गर्भवतीले स्वास्थ्यको सुरक्षा गर्नुपर्ने, पौष्टिक आहार खानुपर्ने र शारीरिक एवं मानसिक स्वास्थ्यमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । यसका लागि आफ्नो घरपरिवारमात्र नभई नजिकका साथीभाइ, नातेदारका साथै स्वास्थ्यकर्मीको पनि स्याहार र सहयोगको आवश्यकता पर्छ । तर, कोभिड–१९ का कारण सामाजिक दूरी पालना गर्नु परेसँगै धेरै कुरामा परिवर्तन आएको छ ।

सर्वप्रथम त स्वास्थ्य सेवाको स्वरूप नै फरक भएको छ । अस्पतालका नियम र चिकित्सकको काम गर्ने शैली फरक भएको छ । अस्पतालहरू कोभिड–१९ का बिरामीलाई लक्षित गरी सञ्चालित छन् । अस्पतालमा संक्रमणको डरले पहिलेजस्तो सहज छैन । आपत्कालीन सेवाबाहेक स्वास्थ्य सेवाबाट धेरै अवस्थामा वञ्चित हुन परेको छ । गर्भवती र सुत्केरीलाई पनि आपत्कालीन अवस्था नआई अस्पताल जाूदा आफू र शिशुलाई सक्रमण हुने हो कि भन्ने डर पनि हुन्छ । नियमित स्वास्थ्य सेवा आवश्यक पर्ने गर्भवती र सुत्केरी महिलाले त्यो नपाउूदा एक किसिमको डर, चिन्ता र अन्यौल हुनु स्वाभाविक हो ।

त्यसमाथि दिनहुूजसो आइरहने ।।।उपचार नपाएर गर्भवती महिला अप्ठेरोमा’ वा ।।।अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा शिशु जन्मियो’, ।।।सुत्केरी र नवजात शिशुले स्वास्थ्य सुविधा पाएनन्’ जस्ता समाचारले गर्भवती र सुत्केरीहरूलाई झनै बढी सशंकित, आतंकित र बेचैन बनाइदिन्छ । केही अध्ययनहरूले के देखाएका छन् भने गर्भवती र सुत्केरीहरू कोभिड–१९ का कारण भन्दा पनि यसले निम्त्याएको परिस्थितिका कारण बढी जोखिममा छन् । ज्यान गुमाइरहेका छन् ।

गर्भवती र सुत्केरी अवस्थामा शरीरभित्र विभिन्न परिवर्तन हुन्छन्, जसले मानसिक र  भावनात्मक रूपमा पनि जोखिम बढाउूछन् । ती जोखिमलाई बेलैमा पहिचान गरेर व्यवस्थापन गर्न नसकेको खण्डमा मानसिक अस्वस्थता र तनावले जरो गाड्छ । केही डर, चिन्ता र तनाव त स्वाभाविक र सामान्य हुन् तर कहिलेकाहीू हाम्रा तनावहरू अस्वाभाविक हुँदै गइरहेका हुन्छन् । यसरी आफूमा भएका तनावहरू सामान्य हुन् वा असामान्यतर्फ जान खोज्दैछन् भन्ने थाहा पाउनु र मानसिक अस्वस्थताका लक्षणहरू थाहा पाउनु जरूरी छ ।

गर्भावस्थामा हुने मानसिक अस्वस्थताका लक्षणहरू

तनाव, अत्यधिक डर वा मानिसक अस्वस्थता हुूदा हाम्रो शरीर, सोच, भावना र व्यवहारमा विभिन्न परिवर्तन आउूछन् । उदाहरणका लागि ती परिवर्तन यस्ता हुन सक्छन् :–

–बारम्बार डर, चिन्ता र निराशामा घेरिनु,

–लामो समयसम्म अनिद्रा हुनु,

–पहिले रूचि लाग्ने वस्तु वा व्यक्तिले पटक्कै रमाइलो दिन छोड्नु,

–एकाग्रता कम हुनु,

–एक्लोपन महसुस हुनु,

–आफ्ना नजिकमा मानिससँग पनि बस्न मन नहुनु,

–नकारात्मक सोच बारम्बार आउनु,

–खानामा पटक्कै रूचि नहुनु,

यीमध्ये खानामा अरूचि वा एकाग्रताको कमीजस्ता कतिपय कुराहरू गर्भावस्थामा स्वाभाविक हो तर ती समस्याहरू लामो समयसम्म रहे र आफ्नो नियन्त्रणमा नरहेको महसुस भए तुरून्तै स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । कतिपय अवस्थामा भने गर्भवती र सुत्केरी अवस्थाका तनावहरूलाई आफै पनि व्यवस्थापन गर्न सक्छौं ।

तनाव कम गर्ने उपायहरू

–सर्वप्रथम  आफूलाई भइरहेको अवस्थाका बारेमा श्रीमान् र परिवारका सदस्यलाई जानकारी गराइराख्ने एवं सहयोग चाहिए माग्न   नहिच्किचाउने,

–अहिले सामान्य अवस्था होइन र ममात्र नभई सबै गर्भवती एवं सुत्केरी महिलाले प्राप्त गर्ने धेरै स्वास्थ्य सेवालगायतका सेवाबाट   वञ्चित हुनुपरेको छ भनेर स्वीकार गर्ने । यस्तो स्वीकारोक्तिले हामीमा भएको तनाव, डर र रिसलाई कम गर्न सहयोग गर्छ ।

–समाचार र सामाजिक सञ्जालमा आउने समाचारहरू नहेर्ने । यसका लागि निश्चित समय छुट्याउने । यसका लागि बिहान खानापछि समय ठीक हुन्छ तर सुत्नुअघि सकेसम्म मोबाइल वा टिभीजस्ता स्क्रिनमा समय नदिने र समाचार नहेर्ने ।

–सामाजिक सञ्जाललाई आफू नजिकका साथी वा नातेदारसूग कुराकानी र भिडियो च्याट गरेर आफ्ना मनका कुराहरू बाँडेर उपयोग गर्न    सकिन्छ

–पर्याप्त निद्रा र उचित खानपानमा ध्यान दिने र आफूलाई सामान्य कसरत, श्वासप्रश्वाससम्बन्धी व्यायाम, हातगोडा तन्काउने अभ्यास वा   एकाग्र भएर ध्यान गर्ने माइन्डफुलनेसजस्ता अभ्यास गर्ने ।

–विगतका कुरा सम्झेर बस्ने वा भविष्यमा के होला भनेर चिन्ता गर्नेभन्दा वर्तमानमा रमाउन सकियो भने मानसिक रूपमा सकारात्मक हुन  सहयोगी हुन्छ

–संगीत, चित्रकला, किताब पढ्ने, लेख्ने वा सिलाइबुनाइजस्ता आफ्ना केही रुचि भए त्यसलाई निरन्तरता दिन सकिन्छ वा नयाँ कुरा सिक्न पनि सकिन्छ

–गर्भवती र सुत्केरीहरू अनलाइन समूहमा समावेश भई आफ्ना भावना र अनुभवहरू साट्दा पनि चिन्ता कम गर्न सकिन्छ

–आफूले जँचाइराखेको चिकित्सकको नियमित सम्पर्कमा रहन कसरी सकिन्छ भनेर सोधी सोहीअनुसार सन्देश, फोन वा च्याटको माध्यमबाट आफ्नो अवस्थाको जानकारी गराइराख्ने र असहज भएको अवस्थामा सहयोग माग्ने ।

–डर वा चिन्ता नियन्त्रणबाहिर गएको भान भएमा र श्रीमान् वा परिवारको सहयोगले पनि सहज नभएमा सजिलो महसुस गर्न उचित मनोपरामर्श सेवा लिनुपर्छ। अहिलेको अवस्थामा पनि मनोपरामर्श सेवा इन्टरनेट र फोनमार्फत उपलब्ध भइरहेका छन् ।

गर्भावस्थामा डिप्रेसन र सुत्केरी अवस्थामा पोस्टपार्टम डिप्रेसन धेरै महिलामा हुने गर्छ तर बेलैमा पहिचान गरी यसको उपचार गर्न सकिन्छ र यो पूर्णरूपमा निको हुन्छ ।

समग्रमा भन्दा आफ्नो नियन्त्रणमा भएका कुराहरू जस्तै स्व–हेरचाह, शारीरिक दूरी र सहयोग लिने कुरामा ध्यान दिन सक्यौं भने गर्भवती र सुत्केरी अवस्थामा मानसिक अस्वस्थताको लक्षणलाई बेलैमा व्यवस्थापन गर्न सक्छौं ।

(लेखिका मनोपरामर्शविद् हुन्।)

 Image