Successfully Copied

महिला स्वास्थ्य र मेरो अनुभव

नेपालको परिवेशमा प्रजनन् स्वास्थ्य नीति र कार्यक्रमहरूले शिशु बाल तथा मातृ मृत्यु एवं अशक्तता दरलाई कम गर्ने राष्ट्रिय उद्देश्य वर्तमान सवालमा त्यति सफल भएको पाइ“दैन ।

मीरा सिलवाल

नेपालको परिवेशमा प्रजनन् स्वास्थ्य नीति र कार्यक्रमहरूले शिशु बाल तथा मातृ मृत्यु एवं अशक्तता दरलाई कम गर्ने राष्ट्रिय उद्देश्य वर्तमान सवालमा त्यति सफल भएको पाइ“दैन । अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न अध्ययनहरूले पनि नेपालमा मातृ मृत्युको अनुपात उल्लेखनीय रूपमा घट्दै गएकोमा हाल सेवा, पहु“च तथा उपलब्धताको अभावले राष्ट्रिय सहस्राब्दी लक्ष्यको भविष्य के होला ? गम्भीर चिन्ताको विषय  भएको छ ।

मेरो कामको सिलसिलामा भोगेका कुरा यहा“ उल्लेख गर्न चाहन्छु । विना योजना अचानक एउटी १५ वर्षीया युवती गर्भवती हुन्छिन् । अपरिपक्व शारीरिक एवं मानसिक अवस्था तथा शिक्षाको कमी र वर्तमान विषम परिस्थितिले युवती ७ महिना कट्न लाग्दा स्वास्थ्यचौकीमा ज“चाउन आउ“छिन् । यो अवस्थासम्म पनि ती युवती अत्यावश्यक सेवाबाट पूर्णरूपमा वञ्चित छिन् । जा“चको क्रममा शारीरिक बच्चाको तौल एवं उचाइ हुनुपर्ने भन्दा पनि निकै कम र अरु जा“च पनि खासै चित्तबुझ्दो थिएन । संस्थाबाट प्रदान हुने टिटानस खोप पहिलो मात्रा र आइरन चक्की, क्याल्सियम तथा जुकाको औषधि एक मात्रा दि“दै औषधि खाने तरिका र पोषण शिक्षाको महत्व बारे बुझाउ“दै पुनः अर्को महिना आउन आग्रह गर्दै पठाए पनि यी महिला आइनन्  । तिनै महिलालाई करिब दुई महिनापछि उनका आफन्तले एक्कासि डोकोमा बोकेर स्वास्थ्य चौकीमा ल्याए । ती युवतीलाई दुई दिनदेखि प्रसव व्यथा लागेर सुत्केरी हुन नसकेपछि ल्याइएको रहेछ । वर्थिङमा लगेर परीक्षण गरी प्रसवको तयारी गरियो र करिब २ घण्टापछि प्रसव गराइयो । बच्चा निस्सासिएको र अवस्था एकदम नाजुक थियो । पहिलो १ मिनेट जसलाई सुनौलो मिनेट पनि भनिन्छ, यो अवधिमा शिशुले राम्रोस“ग सास फेर्न सकेको छैन, रोएको छैन भने सक्सनद्वारा श्वासनली सफा गर्दै कृत्रिम श्वास दिनुपर्छ । यसलाई बेगान मास्क भनिन्छ र यहीअनुसार सेवा प्रदान गरेपछि केही क्षणमा शिशुको स्वास्थ्यमा हल्का सुधार हु“दै आयो र शिशुलाई न्यानो बनाएर बेबी वार्मरमा राखियो । तर यता सुत्केरीको अवस्था पनि नाजुक हु“दै गएको थियो । पहिले नै रक्तअल्पता तथा कमजोर भएका कारणले २ सय मिलिलिटर जति रगत खेर जानेबित्तिकै सकको लक्षण देखा पर्न लाग्यो र हतार–हतार सकको उपचार गर्दै रगतको कारण पत्ता लगाएर रगत रोक्ने काम गरें । यही क्रमलाई निरन्तरता दि“दा केही हदसम्म स्वास्थ्यमा सुधार हु“दै आयो । मनमा हल्का खुसीको रेखा त कोरियो तर पनि केही भन्न सक्ने अवस्था थिएन । तैपनि आफूले गर्न सक्ने र दिनुपर्ने सम्पूर्ण सेवा उपलब्ध गराएपछि क्रमशः स्वास्थ्यमा सुधार हु“दै आयो । मनमा हल्का खुसीको आशा कोरियो । २४ घण्टासम्म स्वास्थ्य चौकीमा राखी त्यसपछि आमा तथा शिशुमा हुन सक्ने जटिलताबारे पोषण खोप, परिवार नियोजन, स्तनपान तथा सरसफाइका बारेमा परिवार तथा सुत्केरीलाई स्वास्थ्य शिक्षा दि“दै बीसीजी खोप लगाएर ६ हप्तापछि खोपका लागि फेरि आउन भनी घर पठाइयो । यतिबेला एउटी महिला र शिशुको ज्यान बचाउन पाएकोमा धेरै खुसी लाग्यो ।

ती युवती ६ हप्तापछि शिशुलाई लिएर खोप लगाउन स्वास्थ्य चौकीमा आइन् । शिशुको वृद्धि राम्रोस“ग नभएको देखेर स्तनपानका बारेमा सोधियो । स्तनपान नगराएको थाहा भयो । स्तनपान, पोषण र परिवार नियोजनका बारेमा समेत जानकारी दिइयो । त्यसपछि अर्को खोप लगाउन १० हप्ता पूरा भएपछि स्वास्थ्यचौकी आउन सल्लाह दिइयो ।

अर्को महिना युवती एउटा गम्भीर समस्याका साथ बच्चा लिएर स्वास्थ्य चौकी आइन् । समस्या के भनी केलाउ“दा त उनी फेरि गर्भवती भएको पो रहिछिन् । हे, भगवान् यो अवस्थालाई के नाम दिऊ“ लाचारीपन, लापरबाही वा विवशता म आफैं उकुसमुकुस हुने थालें । मानांै, यो पीडा स्वयं मलाई नै भएजस्तो महसुस भयो । अब के गर्छौ भनेर प्रश्न गर्दा खै के गर्ने, मह खायो भने जान्छ रे नि सिस्टर । उनको कुरा सुनेर मलाई त थाहा छैन वैज्ञानिक र चिकित्सा शास्त्रले पुष्टि नगरेको कुरा कसरी भन्नु ? मेरो यो अभिव्यक्तिले युवतीले चिन्तित हु“दै आ“खाभरि आ“सु पार्दै सिस्टर केही उपाय भए गर्दिनू न भनिन् । त्यसपछि मैले तिम्रा श्रीमान् वा घरका कोही सदस्य लिएर आऊ खाने औषधिबाट ९ हप्तासम्मको गर्भपतन गर्न मिल्छ । तर तिमी भर्खरकी सुत्केरी र कमजोर पनि छौ । त्यसैले जे पनि हुन सक्छ भनें तर युवतीले घरकाले साथ दि“दैनन् । अहिले छोरी भएका कारणले घरमा सबै असन्तुष्ट छन् । यो बच्चा फाल्न दि“दैनन् । त्यसैले सिस्टर गोप्य रूपमा तपाईंले जे गर्न सक्नुहुन्छ गरिदिनुप¥यो भन्दै मलाई धर्म संकटमा पारिन् । नगरिदिऊ“ काखमा अबोध बालिका, आमाको कमजोर अवस्था । त्यसै पनि म एक स्वयं मेडिकल एबोर्सन गराउने कानुनी मान्यता प्राप्त व्यक्ति भएको नाताले र युवतीको स्वयं निर्णय गर्ने अधिकार पनि भएकाले मैले उनकै मञ्जुरीका आधारमा एमए सेवा प्रदान गरेर साथै तीन महिने सुई लगाइदिए“ र गोप्यता कायम गर्ने बचन दिए“ । एमएको जटिलताबारे सबै कुराको जानकारी दिए“ र केही समस्या परेमा फोन गरेर बुझ्न र स्वास्थ्य चौकी आउने सल्लाहका साथ घर पठाइदिए“ ।

(मीरा सिलवाल सुनखानी स्वास्थ्यचौकीमा कार्यरत छिन् )

 Image