Successfully Copied

परिकार

विधि : प्याज र धनियाँलाई मसिनो हुनेगरी काट्ने त्यसपछि सबै सामग्री एकैठाउँमा हालेर राम्रोसँग मोल्ने । मैदाको पीठो मोलेर सानो–सानो साइजमा बेल्दै त्यसभित्र किमा हालेर मःमको आकार दिँदै बनाउने । मःमको डिजाइन आफूलाई मनपर्ने विभिन्न साइजको बनाउन सकिन्छ ।

राम श्रेष्ठ

सेफ, क्रिस्टल फुड क्याफे

चिकेन झोल मःम

सामग्री : मैदा–आधा केजी, कुखुराको मासुको किमा–आधा केजी, मिट मसला–२० ग्राम, चिकेन मसला–२० ग्राम, मःमः मसला–२० ग्राम, गरम मसला–५ ग्राम, जिराको धूलो–५ ग्राम, धनियाँको धूलो–५ ग्राम, अदुवा–लसुनको पेस्ट–२० ग्राम, सुकेको प्याज–५ सय ग्राम, थोरै हरियो प्याज, धनियाँ, स्वादअनुसार नुन, थोरै अजिनो मोटो ।

विधि : प्याज र धनियाँलाई मसिनो हुनेगरी काट्ने त्यसपछि सबै सामग्री एकैठाउँमा हालेर राम्रोसँग मोल्ने । मैदाको पीठो मोलेर सानो–सानो साइजमा बेल्दै त्यसभित्र किमा हालेर मःमको आकार दिँदै बनाउने । मःमको डिजाइन आफूलाई मनपर्ने विभिन्न साइजको बनाउन सकिन्छ ।

झोल मःमको सस

सामग्री : गोलभेंडा–आधा केजी, अदुवा–लसुन–१५ ग्राम, हरियो खुर्सानी–२० ग्राम, जिराको धूलो–१० ग्राम, तिलको धूलो–३० ग्राम, टिम्मुरको धूलो–५ ग्राम, तेल–१० मिलिलिटर, बेसार–एक चिम्टी, हरियो धनियाँ–६ ग्राम र स्वादअनुसार नुन ।

विधि : तेलमा लसुन, अदुवा, खुर्सानी चप गरेर हल्का खैरो रंगको हुन्जेल फ्राई गर्ने । त्यसपछि बेसार, रोगनी मिर्च, जिराको धूलो, नुन र गोलभेंडा हालेर एकछिन पकाउने । पाकिसकेपछि सेलाउन दिने । त्यसपछि ब्लेन्डरमा पिस्ने र टिम्मुरको धूलो, भेनेगर, तिलको धूलो हाल्ने । कत्तिको पातलो खाने हो सोहीअनुसार पानी मिसाउने र माथिबाट काटेको धनियाँ छर्कने ।

ड्राई स्पाइसी फिस

सामग्री : बासा माछा–२ सय ग्राम,

कर्नफ्लोर–१० ग्राम, मैदा–५ ग्राम, अण्डा–१ वटा, चप गरेको अदुवा–लसुन र सेलरी थोरै, तेल–१ कप, स्वादअनुसार नुन, मरिचको धूलो र अजिनो मोटो ।

विधि : माछामा सबै सामग्री एकै ठाउँमा हालेर राम्रोसँग मोली डिप फ्राई गर्ने ।

ससका लागि

ंसामग्री : तेल, जुलेन कट गरेको अदुवा–लसुन, सुकेको खुर्सानी–२ पिस, थोरै सेलरी, टोम्याटो केचप–२० मिलिलिटर, आवश्यकतानुसार हट सस, स्वादअनुसार नुन, मरिचको धूलो, भेनेगर, कर्नफ्लोर, थोरै अजिनो मोटो, एक कप पानी ।

विधि : तेलमा जुलेन (लामो–लामो मसिनो) कट गरेको अदुवा–लसुन हल्का ब्राउन हुने गरी फ्राई गर्ने त्यसपछि हटसस र केचप हालेर एकछिन चलाएर पानी हाल्ने । अब भेनेगर, नुन, थोरै अजिनो मोटो, मरिचको धूलो हालेर एकछिन पकाउने । हल्का बाक्लो बनाउनका लागि पानीमा कर्नफ्लोर मिक्स गरेर पकाउने । एकछिन पकाएपछि अघि फ्राई गरेको माछालाई राम्रोसँग मिक्स गर्ने ।

प्राउन स्टिक

सामग्री : प्राउन–६ पिस, मैदा–एक चिम्टी, रोजमेरी–३–४ टुक्रा, अण्डा–१ वटा,

अदुवा–लसुन–१ ग्राम, स्वादअनुसार–नुन, मरिचको धूलो ।

विधि : प्राउनमा सबै सामग्री हालेर मोल्ने । प्यानमा थोरै तेल हालेर दुईतिर फर्काउँदै ग्रिल गर्ने र पाकेपछि निकाल्ने । आफूलाई मनपर्ने तरकारीले गार्निस गर्ने ।

टाइगर चिकेन

सामग्रीः कुखुराको मासु–२ सय ग्राम, स्वादअनुसार–नुन, भेनेगर, टिम्मुर, सुकेको खुर्सानी–५ पिस, तेजपत्ता–२ वटा, ल्वाङ–सुक्मेल–४–५ पिस, लसुन–४ पिस र थोरै अदुवा, थोरै गाजर, सोया सस–५ मिलिलिटर, थोरै फुड कलर ।

विधि : एउटा भाँडामा पानी उमाल्ने त्यसमा माथि तयार पारेको सबै सामग्री हालेर २० मिनेटसम्म उमाल्ने । त्यसपछि पानीबाट निकालेर तार्ने । मासु रातो रंगको देखिन्छ । त्यसपछि तेलमा डिप फ्राई गर्ने ।

सस

डाइस कट काटेको अदुवा–लसुन, सुकेको खुर्सानी–३ पिस, सोया सस, हट सस, स्वादअनुसार भेनेगर, नुन, मरिचको धूलो, थोरै अजिनोमोटो, टिम्मुरको धूलो, तेल ।

विधि : तेलमा अदुवा, लसुन तथा सुकेको खुर्सानी फ्राई गर्ने । त्यसपछि हटसस हालेर एकछिन पकाउने, नुन, मरिचको धूलो, थोरै अजिनो मोटो, भेनेगर, टिम्मुरको धूलो, फुड कलर, सेलरी हाल्ने । चलाउँदै बिस्तारै पकाउने । बाक्लो बनाउन थोरै कर्नफ्लोरमा पानी मिसाएर पकाउने । बाक्लो हुन्जेलसम्म पाक्न दिने । त्यसपछि अघि तयार गरेको फ्राइड मासु मिसाइदिने ।

 Image