Successfully Copied

गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक

मंसिर महिनालाई धेरैको विवाह हुने भएकाले विवाहको महिना भन्ने गरिन्छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । विवाहको महिनामा दुई परिवारबीच नयाँ सम्बन्ध स्थापित हुने गर्दछ । विवाहलाई स्मरणीय बनाउन गीत संगीतको भूमिका महत्वपूर्ण हुने गर्छ ।

मंसिर महिनालाई धेरैको विवाह हुने भएकाले विवाहको महिना भन्ने गरिन्छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । विवाहको महिनामा दुई परिवारबीच नयाँ सम्बन्ध स्थापित हुने गर्दछ । विवाहलाई स्मरणीय बनाउन गीत संगीतको भूमिका महत्वपूर्ण हुने गर्छ । महिना सुरु भएपछि विवाहसम्बन्धी गीतहरु सार्वजनिक हुने गरेका छन् ।

गीतकार विनिता खनालको विवाहसम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यो एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् । कार्यक्रममा पाँचवटै गीतका भिडियो समेत एकसाथ सार्वजनिक गरिएको हो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतबार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ । रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक हुनेछन् । विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

 Image