Successfully Copied

२०७७ साल पुस महिनाको राशिफल

पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । घरमा कुनै–कुनै सामग्र्रीमा हेरफेर हुनसक्छ । कतैबाट कुनै कुराको लाभ हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ ।

मेष

 पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । घरमा कुनै–कुनै सामग्र्रीमा हेरफेर हुनसक्छ । कतैबाट कुनै कुराको लाभ हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले किनमेल गर्दा विचार पुर्‍याउनुपर्नेछ । कहिलेकाहीँ कामको थकानले आँखा वा टाउको दुख्न सक्छ । आफूलाई चित्त नबुझेको कुरालाई राम्ररी पहिल्याएर भन्न सके मनमा सन्तोष मिल्नेछ ।

वृष

योजनानुरूप कार्य सफल हुँदै जानेछन् । पारिवारिक सुख मिल्नेछ । छोराछोरीबाट पनि सुख–सन्तोष प्राप्त हुनेछ । व्यक्तिगत खुसीका लागि कुनै कुराको किनमेल हुनेछ । कुनै कुराले गर्दा मनमा दोधारपन हुनसक्छ । आफ्नो जोडीले गरेको कुनै–कुनै कुरा तपाईंलाई चित्त नबुझ्नसक्छ । दिदी–बहिनी एवं भाउजू–बुहारीसित रमाइलो भेटघाट र कुराकानी हुनेछ । सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । मौसमी परिवर्तनका कारण स्वास्थ्य समस्या हुनसक्छ । आफ्नो स्वास्थ्य, खानपान एवं व्यायामको राम्रो ख्याल गर्नुहोला ।

मिथुन

पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत वा अफिसियल कामकाजले सानोतिनो यात्रा हुनसक्छ । महिनाको पूर्वाद्धमा काममा केही व्यस्तता भए पनि उत्तरार्द्ध सामान्य नै रहनेछ । व्यापारिक क्षेत्रमा सुधार आउनेछ । आर्थिक पक्ष पनि सुदृढ रहनेछ । पेट र ग्यास्ट्रिकका बिरामीहरूले खानामा विचार पुर्‍याउनुपर्ने देखिन्छ । केही समय आफ्नो स्वास्थ्य, खुसी र व्यायामका लागि छुट्याउनुहोला । अनपेक्षित विवाद हुनसक्ने भएकाले कसैसित बोल्दा वा व्यवहार गर्दा सजग रहनुहोला ।

कर्कट

गरेको काममा अपेक्षित सफलता मिल्नेछ । मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्रतिस्पर्धीहरू आफैं तर्किएर हिँड्नेछन् । आफ्नो कार्यक्षेत्रमा पनि राम्रो प्रगति हुँदै जानेछ । आर्थिक पक्ष सुदृढ हुनेछ । व्यापारिक क्षेत्रमा सुधार आउनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । केही समय माइती गएर बस्ने मौका मिल्नसक्छ ।

सिंह

आफन्त एवं इष्टमित्रसित भेटघाट हुनेछ । नयाँ एवं पुराना मित्रसित रमाइलो वार्तालाप हुनेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनसक्छ । अभिभावक र छोराछोरीको बीचमा कुनै कुरामा वैचारिक मतभेद हुनसक्छ । आफ्नो विचार स्पष्ट रूपमा बुझाउन सके दुवै पक्षलाई राम्रो हुनेछ । दाम्पत्य जीवनमा पनि एक–अर्काको मनोभाव बुझी काम गर्नसके आपसी सम्बन्धमा बढी प्रगाढता छाउनेछ ।

कन्या

पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै कामले यात्रा हुनसक्छ । कुनै कुराको लाभ हुनेछ । तपाईंको इच्छा र मानको ख्याल गरिनेछ । प्रायः सबै काम योजनानुसार सम्पन्न हुँदै जानेछन् । आफन्त एवं प्रियजनसित भेटघाट गर्ने मौका जुर्नेछ । कहिलेकाहीँ व्यावहारिक कार्य गर्दा वैचारिक मतभेद हुनसक्छ । सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्क संगतरूपले राख्ने प्रयास गरे विचारको उचित कदर हुनेछ । सकेसम्म कम एवं उचित कार्यका लागि मात्र बोल्नु नै लाभदायक रहनेछ ।

तुला

 कुनै बहुप्रतिक्षीत कार्यमा सफलता मिल्नेछ । मनमा भएको तनाव हट्न जाँदा मन हल्का हुनेछ । काम गर्ने उत्साह बढ्न जाँदा शरीर पनि स्वस्थ रहनेछ । कुनै कामका लागि कतै जानुपर्ने हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन् ।

वृश्चिक

दाम्पत्य जीवन सुखमय रहनेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कुनै जिम्मेवारीपूर्ण कार्यले गर्दा निकै व्यस्त भइनेछ । स–साना कुरामा पनि खट्नुपर्दा तनाव हुनसक्छ । सकेसम्म केही समय आफ्नो व्यक्तिगत कार्यका लागि छट्याउनुपर्नेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले किनमेल गर्दा सजग रहनुहोला । सामान हराउने वा छुट्न सक्ने भएकाले जहाँ जाँदा पनि आफ्नो सामानको सुरक्षा गर्नुपर्नेछ । पारिवारिक खुसीका लागि केही खर्च हुनसक्छ ।

धनु

कसै–कसैलाई कामको सिलसिलामा यात्रा गर्नुपर्ला । दाम्पत्य जीवन सुखमय रहनेछ । सोचेअनुसार काममा सफलता पाउन निकै खट्नुपर्नेछ । विभिन्न कुराको जिम्मेवारीले गर्दा केही व्यस्त भइएला । सहयोगी हातहरू पछि हट्नसक्छन् । अनपेक्षित विवाद हुनसक्ने भएकाले सकेसम्म आफ्नो कार्य आफैं गर्नु उत्तम हुनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले किनमेल गर्दा अत्यावश्यक सामग्रीको सूची बनाएर किन्नु वेश हुनेछ । कुनै कुराको लाभ हुनेछ ।

मकर

नयाँ र पुराना मित्रसित भेटघाट र कुराकानी हुनेछ । घरमा कुनै सामग्रीको जोहो हुनेछ । व्यक्तिगत एवं पारिवारिक खुसीका लागि केही किनमेल हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । सबैले तपाईंको इच्छा र आवश्यकतालाई बुझेर कार्य गर्ने प्रयास गर्नेछन् । यात्रा गर्दा वा कतै जाँदा अत्यावश्यक सामानहरू लिएर मात्र जानुहोला । कहिलेकाहीँ कसैले राम्रै नियतले भनेको कुरा पनि आफूलाई चित्त नबुझ्नसक्छ ।

कुम्भ

मनमा काम गर्ने उत्साह बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । इच्छानुरूप सबै कार्य सफल हुँदै जानेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । कुनै काम विशेषले सानोतिनो यात्रा हुनसक्छ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यापारिक क्षेत्र पनि फस्टाउँदै जानेछ । साथीसंगीसित भेटघाट हुनसक्छ । छोराछोरीबाट सन्तोष मिल्नेछ । शत्रुहरू आफैं तर्किनेछन् । तपाईंमा भएको धैर्य, सहनशीलता, कार्यदक्षता र वाकपटुताको सबैले प्रशंसा गर्नेछन् ।

मीन

विविध कारणले रोकिएका कामले गति लिनेछन् । मनमा काम गर्ने उमङ्ग बढ्न जाँदा शरीर पनि स्वस्थ रहनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । सोचेअनुरूप कार्यहरू सहज हुँदै जानेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यक्तिगत कार्य र खुसीका निम्ति समय निस्कनेछ । धेरैजसो काम तपाईंकै चाहनाबमोजिम सम्पन्न हुनेछन् । माइती पक्षसित भेटघाट गरी रमाइलो समय बिताउन सकिन्छ । कसै–कसैलाई सानोतिनो कामका लागि यात्रा गर्नुपर्ला ।

 Image