Successfully Copied

‘असफल हुँदैमा प्रयास छाड्नु हुँदैन’

म भित्रको बलियो इच्छाशक्ति । कतिले पहिला ‘टप–फाइभ’ मा परिसकेको मान्छे फेरि किन गएको, त्यति पनि पुग्न सकिएन भने...? भनेका थिए तर मैले हार मानिन ।

सफलतालाई कसरी उत्सवका रूपमा मनाउनुभयो ?

धैर्यधारण गर्न सके आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सन्देश छर्दै मनाएँ ।

तपार्इंमा भएको कुन कुराले मिस नेपाल’ को टाइटल जित्न सफल हुनुभयो ?

म भित्रको बलियो इच्छाशक्ति । कतिले पहिला ‘टप–फाइभ’ मा परिसकेको मान्छे फेरि किन गएको, त्यति पनि पुग्न सकिएन भने...? भनेका थिए तर मैले हार मानिन ।

तपाईंको नजरमा सुन्दरता के हो ? आफूले आफूलाई कत्तिको सुन्दर ठान्नुहुन्छ ?

सुन्दरता विषयगत कुरा हो । कसैले अरूका लागि केही राम्रो गर्‍यो भने ऊ त्यसै सुन्दर लाग्दै जान्छ । बाहिरी सुन्दरता हेर्ने नजरमा फरक पर्छ ।

क्राउन लगाउँदा सबैभन्दा पहिला के र कसलाई सम्झिनुभयो ?

सबैभन्दा पहिला भगवान्लाई सम्झिएँ, यतिका वर्ष गरेको धैर्यधारण सम्झिएँ, त्यसपछि ममी र परिवारलाई सम्झिएँ ।

मिस नेपालको हैसियतले समाज र राष्ट्रप्रति तपाईंको कस्तो योगदान रहनेछ ?

राष्ट्रप्रति गर्नुपर्ने पहिलो काम भनेको पूर्ण तयारीका साथ ‘मिस वर्ल्ड’ मा प्रतिनिधित्व गरी नेपाललाई अझ अगाडि बढाउनु हो । आफूले पाएको प्लेटफर्म सदुपयोग गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सक्छु भन्ने विश्वास छ ।

मिस वर्ल्डको तयारी कसरी गरिरहनुभएको छ ?    

सुरुका केही दिन आफ्नो जिम्मेवारी बुझ्दै र त्यसैमा शोध गर्दैमा बिते । अहिले ‘ब्युटी विथ पर्पस’ का लागि पृथक् थिममा काम हुँदैछ । त्यसबाहेक आफूलाई अझै ग्रुम गर्नेतर्फ पनि केन्द्रित छु ।

मिस वर्ल्डका लागि प्रतिस्पर्धा गर्न तपाईंका लागि कडा चुनौती के हुनेछ ?

चौतर्फी चुनौती छ । विगतमा ‘टप–टेन’ सम्म पुगेको नेपाललाई कसरी अझै अगाडि बढाउने भन्ने अहिलेको मूल चुनौती हो ।

मिस वर्ल्डमा तपाईं कुन विषयमा बढी केन्द्रित हुने योजना छ ?

सीमान्तकृत समुदायमा आयआर्जनमार्फत आर्थिक विकास र शिक्षा तथा उनीहरूको समग्र वृत्ति विकासलाई मूल विषय बनाउने योजनामा छु ।

नेपाली महिलाको विकास, सशक्तीकरण र खुसी जीवनका लागि तपाईंले आफ्नो ठाउँबाट गर्न सक्ने कुरा केही छन् ?

हौसला बन्न सक्छु भन्ने लाग्छ । सन् २०१६ मा मैले आफूले चाहेको कुरा नपाउँदा म आ होस् अब सक्दिन वा गर्दिन भनेर चुप लागेर बसिनँ । फेरि प्रयास गरें र आज सफल भएँं । यो सबैका लागि उदाहरण हुन सक्छ भन्ने मेरो अपेक्षा हो । त्यसबाहेक मैले अहिले शिक्षणबाहेक जसरी समाजसेवा गरिरहेकी छु, यसैगरी महिला र बालबालिकाका लागि धेरै काम गर्ने सोचमा छु ।

महामारी र प्राकृतिक विपद्बाट बच्न मानिसले के कुरामा बढी सजग हुन जरुरी छ ?

अहिले सामाजिक सञ्जालले गर्दा धेरै कुराका विषयगत ज्ञान हामीमा छ । यस्ता विपद्का बेला के गर्नुपर्छ भन्ने कुरा हामी सबैले बुझेका छौं । आफूले गर्नुपर्ने कामलाई अल्छी वा लापरबाही गर्नु भएन । आफूलाई जानकारी भएका कुरा प्रयोगमा ल्याउने र त्यसको भरपूर सदुपयोग गर्नुपर्छ । महामारी र विपद्लाई सामान्य रूपमा लिनु भएन ।

 Image