Successfully Copied

शुभेच्छाको फेसन रहस्य

हेयर केयरका लागि आयल मसाज नै मलाई उत्तम लाग्छ । म हेयरका लागि अत्यधिक मात्रामा हेयर मसाज गर्छु । धेरै मसाज घरमै गर्छु । मसाजका लागि कहिलेकाहीँ पार्लर पनि जान्छु । हेयरका लागि खानपानमा पनि विश्वास गर्छु । हेयर राम्रो बनाउन खानपानमा पनि

मिस नेपाल २०१२ की विजेता हुन्–शुभेच्छा खड्का । मिस नेपालको यात्रासँगै उनी चलचित्र क्षेत्रमा पनि प्रवेश गरिन् । उनले चलचित्र रणबीरमा अभिनय गरेकी छिन् । उनको अर्को परिचय पनि छ, त्यो हो भिजे । उनी रियालिटी सो कार्यक्रम सञ्चालन गर्छिन् । अहिले भने उनले आफ्नै युट्युब च्यानल ॅलेट्स किप इट च्यानल’ सञ्चालनमा ल्याएकी छिन् । यस च्यानलमार्फत रोल मोडलका कथा–व्यथा खोतल्ने गर्छिन् । सेलिब्रेटी भएकीले उनी फेसनप्रति उत्तिकै ध्यान दिनुपर्ने बताउँछिन् । तर, कोरोनाका कारण फेसन, जीवनशैलीदेखि रहनसहनमा प्रभाव परेको उनको अनुभव छ । उनी भन्छिन्, ॅकोरोनाले फेसनमा पनि प्रभाव पारेको छ । पहिलाको जस्तै फेसनेबल भएर हिँड्ने अवस्था छैन ।’ घरमै भए पनि उनी स्किनदेखि हेयर केयरमा त्यत्तिकै ध्यान दिन्छिन् । उनी पहिरनदेखि फिटनेससम्मका लागि के गर्छिन् त ? यहाँ प्रस्तुत छ शुभेच्छाको भनाइ :

पहिरन

कोरोना महामारीपछि पहिरनमा पनि परिवर्तन आएको छ । पहिलेको जस्तो बाहिर निस्कनु नपर्ने भएकाले अहिले सामान्य पहिरनमै हुन्छु । कहिलेकाहीँ काम विशेषले बाहिर निस्कदा क्याजुअल ड्रेसमै हुन्छु । क्याजुअलमा टिसर्ट तथा जिन्स नै बढी लगाउँछु । कोट–पाइन्ट मलाई एकदमै मन पर्ने पहिरन हो । यी पहिरन आफूलाई स्मार्ट र सहज महसुस हुन्छ । कोट साडी–पाइन्ट जेमा पनि मिल्ने भएकाले कोट बढी लगाउँछु । कोट–पाइन्टको कलेक्सन मसँग धेरै छ ।

मेकअप

म सामान्य मेकअप गर्छु । सनक्रिम, मस्कारा, लिप ग्लस सधै प्रयोग गर्छु । आवश्यकतानुसार म फाउन्डेसन पनि प्रयोग गर्छु । क्लिन्जिङ एवं थ्रेडिङका लागि ब्युटिपार्लर जान्छु । इभेन्ट र सुटिङको समयमा हेभी मेकअप हुन्छ । मेकअपका सामान म स्वदेश–विदेश जहाँ पनि किनिरहेकी हुन्छु । अहिले त अनलाइनको समय छ, यसैमार्फत पनि मगाउँछु ।

हेयर केयर

हेयर केयरका लागि आयल मसाज नै मलाई उत्तम लाग्छ । म हेयरका लागि अत्यधिक मात्रामा हेयर मसाज गर्छु । धेरै मसाज घरमै गर्छु । मसाजका लागि कहिलेकाहीँ पार्लर पनि जान्छु । हेयरका लागि खानपानमा पनि विश्वास गर्छु । हेयर राम्रो बनाउन खानपानमा पनि त्यत्तिकै ध्यान दिन्छु ।

फुटवेयर

नेपाली ब्रान्ड म्याजिक फुटवेयरको ब्रान्ड एम्ब्यासडर भएकाले बढी म्याजिक फुटवेयर नै प्रयोग गर्छु । यसका अलावा हाइहिल, स्पोर्ट सुज पनि लगाउँछु । फुटवेयरमा ब्रान्डभन्दा पनि सहज के हुन्छ त्यही फलो गर्छु ।

फिटनेस

कोरोनापछि फिटनेस घरमै सीमित छ । बिहानको समयमा करिब २० मिनेट ध्यान गर्छु । साथै युट्युब च्यानल हेर्दै नाचेर एक्सरसाइज गर्छु ।

शुभेच्छासँगको कुराकानीमा आधारित

 Image