Successfully Copied

२०७७ साल माघ महिनाको राशिफल

कुनै कारणवश रोकिएका कामहरूले गति लिनेछन् । समस्याको समाधान हु“दै जानेछ ।

मेष

कुनै कारणवश रोकिएका कामहरूले गति लिनेछन् । समस्याको समाधान हु“दै जानेछ । आफ्नो जोडीबाट तपाईंको भावना बुझी कार्य गर्ने प्रयास हुनेछ । काम गर्ने जा“गर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । सन्तानबाट सन्तोष मिल्नेछ । व्यक्तिगत कामका लागि समय निस्कनेछ । मनमा कुनै नवीन कार्य गर्ने विचार आउनसक्छ । न्यायिक एवं प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । व्यापारिक क्षेत्र फस्टाउ“दै जानेछ ।

वृष

पारिवारिक घुमघाम हुनसक्छ । माइतीपक्षसित भेटघाट गर्ने मौका मिल्नेछ । धार्मिक कार्यप्रति तपाईंको रुचि बढ्नेछ । अनावश्यक खर्च हुने योग भएकाले कुनै कुरामा खर्च एवं लगानी गर्दा सतर्क रहनुहोला । एक–अर्काको मनोभाव बुझी काम गर्ने प्रयास गरे दाम्पत्य जीवन सुखमय रहनेछ । काम गर्दा आकस्मिक समस्या आउनसक्ने भएकाले अति महत्वपूर्ण कार्यलाई बेलैमा गरिहाल्नु उपयुक्त हुनेछ । मौसम परिवर्तनका कारण स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । सकेसम्म स्वास्थ्य र खानपानमा पनि विशेष ध्यान दिनुहोला । कही“–कतैबाट कुनै कुराको लाभ हुनेछ ।

मिथुन

समयलाई आफूअनुकूल बनाउने प्रयास गरिनेछ । कुनै बौद्धिक एवं प्रयोगात्मक कार्यमा मन जानेछ । पुस्तक पठनपाठनतिर रुचि बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यापारिक क्षेत्र फस्टाउ“दै जानेछ । पारिवारिक सुख एवं सहयोग मिल्नेछ । सन्तानबाट सन्तोष मिल्नेछ । आफ्नो इच्छाअनुरूप काम गर्ने मौका जुर्नेछ । व्यक्तिगत खुसीका निमित्त कुनै कुरामा खर्च हुनसक्छ । योजनाबद्ध ढंगले कार्यहरू सम्पन्न हु“दै जानेछन् ।

कर्कट

कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । सबै काम सोचेअनुरूप फत्ते हु“दै जानेछन् । राम्रो गर्दागर्दै पनि अपजस आइलाग्न सक्छ । सकेसम्म धैर्य र लगनका साथ काम गर्नुपर्नेछ । बोल्दा निकै विचार पु¥याउनुपर्नेछ । पेटसम्बन्धी समस्या हुन सक्ने भएकाले ग्यास्ट्राइटिसका बिरामीले अमिलो, पिरो र चिल्लो खा“दा सतर्क हुनुपर्नेछ । स्वास्थ्य र खानपानको राम्रो ख्याल गरेमा मौसमी परिवर्तनको असरबाट बच्न सकिनेछ ।

सिंह

समय एवं परिस्थिति तपाईंअनुकूल हुनेछ । मनमा भएको तनाव हट्न जा“दा मनमा खुसी बढ्नेछ । काम गर्ने उत्साह बढ्न गई शरीर स्वस्थ रहनेछ । रोकिएका कामले गति लिन थाल्नेछन् । विभिन्न व्यक्तिहरूसित भेट्ने मौका जुर्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कुनै नया“ काम गर्ने विचार मनमा आउनसक्छ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदृढ रहनेछन् । कसैबाट कुनै कुराको अपेक्षा नगर्नु नै तपाईंका लागि लाभदायक रहनेछ ।

कन्या

विभिन्न खालका व्यक्तित्वहरूस“ग सम्पर्क एवं भेटघाट हुनेछ । नया“ साथीहरूस“ग मित्रता गा“सिनेछ । मनमा कुनै नवीन कार्य गर्ने इच्छा जागृत हुनेछ । कहिलेकाही“ काममा आकस्मिक बाधा आइलाग्न सक्छन् । समय र परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्नेछ । प्रतिस्पर्धीहरूले तपाईंलाई निचो देखाउने प्रयास गर्नसक्छन् । सकेसम्म आफ्नो कर्तव्यमा तल्लीन रही कार्यक्षेत्रमा सक्रिय रहनु नै उचित हुनेछ । राम्रै गर्दा पनि नराम्रो ठान्ने, बुझ्ने र सुन्ने व्यक्तिहरूसित सम्पर्कमा रह“दा विशेष सतर्कता अपनाउनुपर्नेछ ।

तुला

आफन्त एवं मित्रवर्गसित भेट भइराख्नेछ । परिवारमा कुनै अतिथिको आवागमन हुनसक्छ । कसै–कसैलाई सन्तान लाभ हुनेछ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सबल रहनेछन् । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । सबै काम आफ्नो परिस्थितिअनुसार गर्दा राम्रो हुन्छ । आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइ“’ पनि भन्न सक्नुपर्छ । के कुराले आफूलाई सहज हुन्छ त्यो कुरा पहिल्याई कार्य गर्नसके मनमा तनाव हुनेछैन ।

वृश्चिक

आफ्नो इच्छानुरूप कार्य गर्न पाउ“दा मन प्रसन्न रहनेछ । धेरैपछि काम गर्दा फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । साथीसंगीसित भेटघाट एवं गफगाफ गर्ने समय जुट्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । आफ्नो जोडीबाट अपेक्षित माया, सहयोग एवं समझदारी मिल्नेछ । व्यापारिक कार्यमा सफलता मिल्नेछ । बैंक ब्यालेन्स बढ्नेछ । मनमा भएको तनाव हट्नेछ । सबै कार्य क्रमशः सम्पन्न हु“दै जानेछन् । व्यक्तिगत खुसी एवं स्वास्थ्यका निम्ति समय निस्कनेछ ।

धनु

पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरि“दै जानेछन् । कहिलेकाही“ सानातिना कुराका निम्ति धेरै खट्नुपर्दा धपेडी हुनसक्छ । कामको प्रकृति हेरी अति महत्वपूर्ण र कम महत्वपूर्ण कार्यका लागि त्यसैअनुसार समय छुट्याउन सके धेरै सहज हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । टाउको एवं अँ“खा दुख्ने योग भएकाले झिनामसिना र आ“खालाई भार पर्ने काम नगर्नु नै उचित हुनेछ ।

मकर

कुनै काम विशेषले यात्रा हुनसक्छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । सकेसम्म आफ्नो कार्य आफैं गर्नु राम्रो हुनेछ । वादविवाद हुनसक्ने भएकाले कसैसित सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु नै राम्रो हुनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले कुनै कुरामा खर्च वा लगानी गर्दा राम्ररी सोच्नुपर्ने बेला छ । पेट एवं मुटुका बिरामीले आफ्नो खानपान एवं पथपरहेजको ख्याल गर्नुहोला । केही समय आफ्नो व्यक्तिगत कार्य एवं खुसीका लागि छुट्याउनसके शरीर स्वस्थ रहनेछ ।

कुम्भ

घरका कुनै–कुनै सामग्रीमा हेरफेर हुनसक्छ । आफ्नो इच्छानुसार घर मिलाउने मौका जुर्नेछ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ । समस्या बिस्तारै सल्टि“दै जानेछन् । अधूरा काम पनि सफलतातिर उन्मुख हु“दै जानेछन् । कहिलेकाही“ काम गर्दागर्दै दिक्क लाग्नसक्छ । केही समय आफ्नो मनको खुसी र स्वास्थ्यका निम्ति पनि छुट्याउनुहोला । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ ।

मीन

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै कामविशेषले सानोतिनो यात्रा हुनसक्छ । मनमा भएको तनाव हट्न गई शरीर फुर्तिलो हुनेछ । आफ्नो इच्छानुसार समययापन गर्ने मौका मिल्नेछ । दाम्पत्य जीवनमा एक–अर्काको सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयत्न हुनेछ । प्रतियोगितात्मक एवं न्यायिक कार्यमा सफल भइनेछ । कहिलेकाही“ काम गर्दा केही अप्ठ्यारोको सामना गर्नुपरे पनि तपाईंको वाकपटुता र कार्यदक्षताले सबै कार्य सहज हु“दै जानेछन् । कुनै कुराको लाभ हुनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ हुन गई बैंक ब्यालेन्स बढ्नेछ ।

 Image