Successfully Copied

सेफ सन्तोषका परिकार

तपाई पूरै हरियो भुइँकटहर प्रयोग गर्दै हुनुहुन्छ भने बोक्रा ताछेर मसला राखी यसलाई उमाल्नुहोस्, वा कलिलो भुइँकटहर प्रयोग गर्दै हुनुहुन्छ भने भान्सामा प्रयोग गरिने तौलियाको सहयोगले यसमा भएको पानी निकाल्नुहोस् ।

भेगन ज्याकफ्रुट स्टिक

सामग्री : ज्याकफ्रुट बोइल र ब्ल्यान्चका लागि

एउटा सानो हरियो रुखकटहर (करिब डेढ किलोदेखि साढे २ किलोसम्मको)

गरम मसला– ५० ग्राम

जरा काटेको ताजा धनियाँ– ५० ग्राम

नुन– स्वादअनुसार

रातो खुर्सानी पाउडर (कस्मिरी वा डिगी मिर्च)– एक चम्चा

बेसार– एक चम्चा

ज्याकफ्रुट मेरिनेटका लागि

अदुवा र लसुनको पेस्ट–दुई चिया चम्चा

धनियाँ पाउडर– एक चम्चा

जिरा पाउडर– १ चम्चा

गरम मसला– १ चम्चा

सर्स्युं पाउडर– ५० ग्राम

ताजा हरियो धनियाँ– ५० ग्राम

कागतीको रस–आधा चम्चा

नुन– स्वादअनुसार

रातो खुर्सानी पाउडर (कस्मिरी वा डिगी मिर्च)– एक चम्चा

हल्दी पाउडर– एक चम्चा

सुख्खा मेथीको पात– एक चम्चा

विधि :

तपाई पूरै हरियो भुइँकटहर प्रयोग गर्दै हुनुहुन्छ भने बोक्रा ताछेर मसला राखी यसलाई उमाल्नुहोस्, वा कलिलो भुइँकटहर प्रयोग गर्दै हुनुहुन्छ भने भान्सामा प्रयोग गरिने तौलियाको सहयोगले यसमा भएको पानी निकाल्नुहोस् । त्यसपछि यसलाई मसला, नुन र बेसारसहित पानीमा पकाउनुहोस् वा ब्ल्यान्च गर्नुहोस् । यसलाई केहीबेर सेलाउन दिनुपर्छ । त्यसपछि सबै मसला, भेजिटेबल वा तोरीको तेल मेरिनेटेडका लागि आवश्यक सामग्रीमा उल्लेख गरिएअनुसार प्रयोग गरी एकदेखि दुई घण्टा फ्रिजमा राख्नुहोस् । जबसम्म चार्जिल्ड हुँदैन खुला आगो वा बार्बिक्युमा पकाउनुहोस् । यदि तपाईं ओभनमा पकाउँदै हुनुहुन्छ भने १७० डिग्री तापक्रममा १८ मिनेट पकाउनुपर्छ । स्याउको चटनी, धनियाँ चटनी वा मनपर्दो चटनीसँग सर्भ गर्नका लागि यो तयार हुन्छ ।

स्पिनाच अन्जिर आलुचप

आलु चप तराईबाट प्रेरित खाना हो । यो गहिरो–फ्राइड मसला प्याटिस स्ट्रिट फुड हो । यो पारम्परिक पकवान तराईको रैथाने खाजा हो ।

पालक, अन्जिर र आलु (१० जनाका लागि)

उसिनेको आलु– ६ सय ग्राम

आधा लामो आकारको मसिनोगरी काटिएको अदुवा,

हरियो खुर्सानी–बियाँसहित ३ वटा

भुटेको जिरा– ५ ग्राम

नुन– १० ग्राम

मकैको पिठो– ३० ग्राम

भर्नका लागि

मसिनो गरी काटिएको फ्रेस पालक–

५ सय ग्राम

घिउ वा तेल– ५० ग्राम

जिरा– ५ ग्राम

एउटा मसिनो गरी काटिएको ठूलो प्याज

लसुनको लौंग बारिक काटियो

आधा लामो आकारको मसिनोगरी काटिएको अदुवा

काटिएको हरियो खुर्सानी– ३ वटा

डायस आकारमा काटिएको सुकेको अन्जिर– १० वटा

नुन– स्वादअनुसार

गार्निसका लागि

गुलियो दही

इमली चटनी

काटिएको तरकारी (सलाद)

अनार

गुलियो स्वादको कुरकुरे आलु

विधि :

आलु केकका लागि सबै सामग्री मिक्स गर्नुहोस् र १० बराबर आकारका बलहरू बनाउनुहोस् ।

भर्नका लागि

तेल वा घिउ राखेर प्यान तताउनुहोस्, जिरा फुराउनुहोस् । लसुन र प्याज सुनौलो रंगको नभएसम्म भुटिराख्नुहोस् ।

अब काटिएको अदुवा, हरियो खुर्सानी र नुन राखी चलाउनुहोस् । त्यसपछि काटिएको पालक, अन्जिर र मसला राख्नुहोस् । तयार भएको स्टफिङलाई चिसो हुनका लागि केहीबेर छोड्नुहोस् । अब आलुका बलहरू हातमा लिनुहोस् र बीच भागमा खाल्डो बनाउनुहोस् । एक टेबल चम्चा भरी (करिब २० ग्राम) स्टफिङका लागि तयार पारिएको सामग्री आलुको बलमा बनाइएको बीचको खाल्डोमा राख्नुहोस् । हत्केलाले भरिएको आलुको बललाई प्रेस गर्नुहोस् र यसलाई प्याटी आकारमा ढाल्नुहोस् । सुनौलो नभएसम्म आलुको बललाई फ्राई गर्नुहोस् । दही, इमलीको चटनी, काटिएको तरकारी, अनार र कुरकुरे आलुका साथ गार्निस गर्नुहोस् । अब यो स्वादिष्ट स्न्याक्स खानका लागि तयार भयो ।

माछाको झोल

तराई–मधेसतिर माछाको झोल विशेषगरी थारू समुदायमा बढी रुचाइन्छ तर अहिले मधेसको स्वाद काठमाडौंलगायत देशैभरि पसिसकेकाले नेपालभर यो खानाको लोकप्रियता बढ्दो छ ।

सामग्री :

डायस आकारमा काटिएको माछाको क्युब– एक किलो

अदुवा– लसुनको पेस्ट–१०० ग्राम

रातो खुर्सानीको धूलो–एक चिया चम्चा

बेसारको धूलो– एक चिया चम्चा

चामलको पिठो– दुई चिया चम्चा

नुन– एक चिया चम्चा

डिप फ्राइका लागि आवश्यकतानुसार तेल

झोल बनाउनका लागि

तोरीको तेल– ७५ मिलि

सर्स्युंका दाना– ७५ ग्राम (यसलाई १०० मिलि सेतो भिनेगरमा रातभरि भिजाएर राख्नुपर्छ । भोलिपल्ट यसमा एक चिया चम्चा नुन, चिनी र बेसार मिसाएर ग्रयान्डरमा राम्ररी पिसेर पेस्ट बनाउनुपर्छ ।)

मध्यम आकारका राता प्याज– तीन वटा

क्वार्टर सेपमा काटेका गोलभेंडा– तीन वटा

लाम्चो आकारमा काटेका हरिया खुर्सानी– ६ वटा

जिरा– दुई चिया चम्चा

खुर्सानीको धूलो– तीन चिया चम्चा

नुन– डेढ चम्चा

फिस स्टक वा फिस वाटर– ४ सय मिलि

चिनी– एक चिम्टी

कोकोनट क्रिम– ५० मिलि

राम्ररी काटेको हरियो धनियाँ– ५० ग्राम

विधि :

सफा माछालाई किचन टाबलले पुछेर सुख्खा बनाउनुपर्छ । त्यसलाई नुन, रातो खुर्सानीको धूलो, अदुवा–लसुनको पेस्ट, चामलको पिठो राखेर मेरिनेट गर्नुपर्छ । यसलाई केहीबेर राखेर कराहीमा तातिरहेको तेलमा ३ देखि ४ मिनेट फ्राई गर्नुपर्छ । तेल तर्किनका लागि केहीबेर झाँझरमा राखेर छोडिदिनुपर्छ । अथवा छुट्टाछुट्टै प्यानमा तोरीको तेल वा भेजिटेबल आयल राखेर मेरिनेट गरिएको माछालाई फ्राई गर्दै निकाल्दै गर्न पनि सकिन्छ । झोलका लागि तातिरहेको गहिरो कराहीमा तेल राखेर तोरीको दाना फुराउने र यसलाई चिसो हुन दिनुपर्छ । आगोलाई बढाएर फेरि तोरीको दाना फुराउने र नपड्किएसम्म यत्तिकै छोडिदिनुपर्छ । त्यसपछि प्याज राखेर मिडियम हिटमा ५ देखि ८ मिनेट भुट्नुपर्छ । मस्टर्ड पेस्ट राखेर ५ मिनेट चलाउनुपर्छ । त्यसैमाथि धूलो जिरा, खुर्सानीको धूलो र नुन राखेर एकछिन भुट्नुपर्छ । त्यसैमा फिस स्टक राखेर २ देखि ३ मिनेट उमाल्नु पर्छ । अब यसको माथि फ्राई गरेर राखिएको माछा हालिदिने सँगैसँगै काटेको गोलभेंडा, हरियो खुर्सानी राखेर ६ देखि ८ मिनेट मन्द आँचमा पकाउनुपर्छ । आवश्यकता परे कोकोनट क्रिम राख्न सकिन्छ । सर्भ गर्ने बेला चप गरेर राखेको धनियाँ माथिबाट छरिदिनुपर्छ । माछाको झोल भातसँग खाँदा मीठो हुन्छ ।

 Image